दर खाँदा ३७९ जना बिरामी

काभ्रेपलाञ्चोक । तीजको अवसरमा गाउँकै सहकारीले आयोजना गरेको कार्यक्रममा दर खाने ३७९ जना बिरामी परेका छन् । शनिबार साँझसम्म अस्पतालमा उपचार गराउन ल्याएकामध्ये २४४ जना उपचारपछि घर फर्किका छन् भने १३५ जनाको अस्पतालमै उपचार भइरहेको छ ।

 

शुक्रबार काभ्रेको पाँचखाल नगरपालिका–१२ काँसकोटमा रहेको ग्रामीण स्वावलम्बन बहुउद्देश्यीय सहकारीको महिला समितिले प्रदेशसभा सांसद गोमा भुर्तेलको प्रमुख आतिथ्यमा तीजको दर खाने कार्यक्रम आयोजना गरेको थियो । दिनभर काँसकोटका ४ सयभन्दा धेरै स्थानीय सहकारीको तीज कार्यक्रममा सहभागी भएका थिए ।

 

गाउँकै सहकारी संस्थाले आयोजना गरेको सांस्कृतिक कार्यक्रम साँझ ४ बजेपछि सहभागीहरूलाई दरस्वरूप पुलाउ, तरकारी र अचार खुवाइएको थियो । दर खाइसकेपछि सांसद भुर्तेलसमेत बिरामी भइन् । उनी उपचारका लागि शिर मेमोरियल अस्पताल बनेपामा भर्ना भएकी छन् ।

 

दर खानेहरू घर नपुग्दै समस्या आएको पाँचखाल–९ भेटवालथोककी देवकुमारी भेटवालले जानकारी दिइन् । ‘पखाला लागिरहन्छ, बान्ता पनि भयो, ज्वरो १०३ डिग्रीसम्म पुगेपछि आफन्तले अस्पताल ल्याए,’ भेटवालले भनिन् । दर तयार पार्न आफू पनि सहभागी भएको उनले बताइन् ।

 

प्रदेश सभाका सदस्य लक्ष्मण लम्साल बिरामी परेकाहरूको अवस्था बुझ्न पाँचखाल पुगेका थिए । आफ्नो निर्वाचन क्षेत्रका जनताको उपचार तत्कालै गराउने उद्देश्यले स्वास्थ्य विभागका महानिर्देशक गुणराज लोहनीलाई समेत सांसद लम्सालले पाँचखालमा लगेका छन् ।

 

पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले गाउँमा सहकारी आयोजना गरेको तिजको दर खाँदा गाउँभरिका मानिसहरू विरामी परेको र उपचारको लागि स्वाथ्य शिविर खडा गरी उपचार गराइरहेको बताए । खरेलका अनुसार पाँचखाल प्राथमिक स्वास्थ्य केन्द्रबाट बिहान ८ बजेदेखि स्वास्थ्य शिविर सञ्चालन गरेर त्यहाँका जनभावना प्राथमिक विद्यालयको प्रांगणमा उपचार गराएका थिए ।

 

तीजको कार्यक्रममा दर खाँदा गाउँलेहरू सिकिस्त बिरामी परेको खबर सुन्नेबित्तिकै पाँचखालका युवा समाजसेवी कञ्चन अधिकारीले धुलिखेल अस्पताल, बनेपा अस्पतालमा पुगेर बिरामीको सरल उपचारका निम्ति सहजीकरण गरेका थिए ।

 

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख प्रहरी उपरीक्षक रविराज खड्काका अनुसार धुलिखेल सामुदायिक अस्पतालमा ८५ जना, शिर मेमोरियल अस्पताल बनेपामा ५२ जना, बनेपा हस्पिटलमा चारजना, अष्टनारायण मेडिकलमा ६ जना, प्राथमिक स्वास्थ्य केन्द्र पाँचखाल दुलालथोकमा ४९ जना, पाँचखाल गौतम मेडिकल १७ जना, पाँचखाल सुदीप मेडिकलमा १७ जना, विभिन्न अस्पतालमा पुगेर १५० जना बिरामीले उपचार गराएको बताए । उनले वृद्ध र बालबालिका झाडापखाला र ज्वरोको कारण सिकिस्त बनेको बताए । ‘फुड पोइजन’कै कारण स्थानीयहरू बिरामी परेको बताइएको छ ।

 

काभ्रेका प्रजिअ कृष्णबहादुर राउतले स्वास्थ्य विभागसँग समन्वय गरेर बिरामी हुनुको कारण सूक्ष्म रूपमा अनुसन्धान थालेको बताए । अस्पतालमा उपचार गराईरहेका बिरामीहरूको अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएको छ । आजको राजधानी दैनिकबाट । 


थप समाचार

क्रुर शासक गद्धाफी सरकारले जनतालाई दिएको थियो यस्ता आश्चर्य लाग्दा सुविधाहरु

  • 3 hours ago
क्रुर शासक गद्धाफी सरकारले जनतालाई दिएको थियो यस्ता आश्चर्य लाग्दा सुविधाहरु

एजेन्सी–लिबियाका पुर्व शासक जनरल मुअम्मर गद्धाफीको अन्त भएको ५ वर्ष बितिसकेको छ । तर, आज पनि उनको चर्चा हुने गरेको छ ।

कति पैसा बोकेर हिड्छन् मुकेश अम्बानी ?

  • 4 hours ago
कति पैसा बोकेर हिड्छन् मुकेश अम्बानी ?

एजेन्सी । धीरूभाई अम्बानीका ठूला छोरा मुकेश अम्बानी ‘अलिबाबा’का संस्थापक ज्याक पछिका सबैभन्दा धनि व्यक्तिको सूचिमा रहेका छन् ।

याद गर्नु भएको छ ? घडीको विज्ञापनमा सँधै किन बजेको हुन्छ १०ः१० ?

  • 4 hours ago
याद गर्नु भएको छ ? घडीको विज्ञापनमा सँधै किन बजेको हुन्छ १०ः१० ?

एजेन्सी । घडी लगाउनमा हामीमध्ये सवै सौखिन नै हुन्छौ । नयाँ – नयाँ प्रविधिसँगै बजारमा धेरै थरिका घडी पनि पाइन्छन् । हामी घडी किन्छौ लगाउँछौ । र छिनछिनमै समयपनि हेर्छौ ।



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

कति पैसा बोकेर हिड्छन् मुकेश अम्बानी ?

कति पैसा बोकेर हिड्छन् मुकेश अम्बानी ?

एजेन्सी । धीरूभाई अम्बानीका ठूला छोरा मुकेश अम्बानी ‘अलिबाबा’का संस्थापक ज्याक पछिका सबैभन्दा धनि व्यक्तिको सूचिमा रहेका छन् ।

विचित्र विश्व

याद गर्नु भएको छ ? घडीको विज्ञापनमा सँधै किन बजेको हुन्छ १०ः१० ?

याद गर्नु भएको छ ? घडीको विज्ञापनमा सँधै किन बजेको हुन्छ १०ः१० ?

एजेन्सी । घडी लगाउनमा हामीमध्ये सवै सौखिन नै हुन्छौ । नयाँ – नयाँ प्रविधिसँगै बजारमा धेरै थरिका घडी पनि पाइन्छन् । हामी घडी किन्छौ लगाउँछौ । र छिनछिनमै समयपनि हेर्छौ ।