IIMS College

ISMT

HUB Education

स्वस्थ दाँतको लागि राम्रो टुथ ब्रस छान्ने ५ टिप्स

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

दाँतको सफाइको लागि सधैं ब्रस गरेर मात्रै हुँदैन । ब्रसको प्रकार र त्यसको प्रयोग गर्ने तरिकापनि दाँतको सफाइ र सुरक्षामा धेरै महत्वपूर्ण हुन्छ ।

 

सफा चमकदार र स्वस्थ मुस्कानको लागि लागि कस्तो प्रकारको ब्रस प्रयोग गर्ने भन्ने बारेमा थाहा पाइराख्न हामीलाई जरुरी हुन्छ । यी हुन राम्रो टुथ ब्रस छान्ने ५ टिप्स

 

१. टुथब्रस किन्ने समयमा ख्याल गर्नुपर्ने सबैभन्दा महत्वपूर्ण कुरा हो ब्रस नरम छ कि छैन् । नरम ब्रिसल्स भएको ब्रसले राम्रोसँग सफाइ गर्छ र गिजामा नोक्सान पनि पुर्याउँदैन् । तर, कडा ब्रिसल्स भएको ब्रसले गिजामा नोक्सान पुर्याउँछ ।

 

२. सकेसम्म सानो गोलो टाउको भएको ब्रस किन्नुहोस । यसले सजिलै कुना कुनासम्म पुगेर दाँतको सफाइ गर्न सक्छ । तर, टाउको भएको ब्रसले मुखको कुनामा पुगेर सफाई गर्न असमर्थ हुन्छ ।

 

३.यदी तपाईको गिजा संवेदनशिल छ भने तपाईले सेन्सेटिभ टुथब्रसको प्रयोग गर्नुपर्ने हुन्छ, जुन सजिलै सँग बजारमा पाइन्छ । यसले गिजामा नोक्सान पुर्याउँदैन ।

 

४. यदी तपाईको दाँतको लहर एकै लाइनमा नभएर टेढो मेढो छ भने तपाईको लागि जिकज्याक ब्रिसल्स भएको ब्रस धेरै नै राम्रो हुन्छ । सामान्य र सपाट ब्रसले यसखालको दाँतको राम्रो सफाइ गर्न सक्दैन ।

 

५. सजिलोसँग ब्रस गर्नको लागि तपाईले यस कुरामा ध्यानमा दिनुपर्छ कि ब्रसको ह्यान्डलको लम्बाई कम नहोस । ब्रसको ह्यान्डल छोटो भएमा तपाईलेसजिलोसँग ब्रस गर्न पाउनुहुदैँन । यसैगरी ब्रस किन्ने समयमा यसको क्याप पनि किन्नुहोस र ब्रस सुकेपछि त्यसमा सधैं क्याप लगाएर राख्नुहोस ।

 


थप समाचार

बङ्गलादेशका राष्ट्र्रपतिबाट भक्तपुर भ्रमण

  • 8 hours ago
बङ्गलादेशका राष्ट्र्रपतिबाट भक्तपुर भ्रमण

काठमाडौँ । नेपालको औपचारिक सद्भावना भ्रमणमा आएका बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले आज अपराह्न भक्तपुर दरबार स्क्वायरको भ्रमण गरेका छन् ।

अष्ट्रेलियामा डरलाग्दो डढेलो, अझै नियन्त्रणमा आउन सकेन (तस्बिरहरु)

  • 8 hours ago
अष्ट्रेलियामा डरलाग्दो डढेलो, अझै नियन्त्रणमा आउन सकेन (तस्बिरहरु)

सिड्नी । अष्ट्रेलियाको पूर्वी क्षेत्रमा बाक्लो वस्ती नजिक झाडीबाट सल्किएको डढेलो नियन्त्रण बाहिर पुगेको छ ।

कालापानीलगायत भूभाग फिर्ता लिन उच्चस्तरीय कूटनीतिक पहल गर्नुपर्छः काङ्ग्रेस

  • 9 hours ago
कालापानीलगायत भूभाग फिर्ता लिन उच्चस्तरीय कूटनीतिक पहल गर्नुपर्छः काङ्ग्रेस

काठमाडाैँ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले मुलुकको उत्तर–पश्चिम सिमानाको कालापानीलगायत भूभाग फिर्ता लिन सरकारले उच्चस्तरीय कुटनीतिक र राजनीतिक पहल गर्नुपर्ने जनाएको छ ।



प्रेम र यौन

यौन सम्पर्कबाट नै निको हुन्छन् यस्ता रोगहरु

यौन सम्पर्कबाट नै निको हुन्छन् यस्ता रोगहरु

एजेन्सी । मानिसमा शारीरिक सम्बन्धको बारेमा विभिन्न धारण रहेको हुन्छ । कसैले यसलाई राम्रो रुपमा लिन्छन् भने कसैले यसलाई निजि र गोप्य रुपमा राख्न चाहान्छन् ।

जीवनशैली/स्वास्थ्य

दिनमा कति कप चिया पिउनु हुन्छ ?

दिनमा कति कप चिया पिउनु हुन्छ ?

एजेन्सी । चियामा कैफिन र टैनिन पाइन्छ जसले शरीरलाई उर्जा दिन्छ । चियामा दूध मिसाउदा चियामा पाइने एण्टिअक्सिडेन्ट नष्ट हुन्छ ।

विचित्र विश्व

दुर्लभ विश्व रेकर्ड !

दुर्लभ विश्व रेकर्ड  !

एजेन्सी । मानिसको इच्छा कहाँसम्म पुग्छ, यसको बारेमा कसैलाई थाहा हुँदैन । मानिसका अनौठा आकाङ्छाहरु हुन्छन् । यस्तै इच्छा, आकाङ्छा भएका एक व्यक्तिले अनौठो रेकर्ड राख्न सफल भएका छन् । उनी हुन् इंग्ल्यान्डको ब्रिस्टल शहरका निक बटर ।