IIMS College

ISMT

HUB Education

कुनै पनि व्यक्ति वा संस्थाको स्थानीय टेलिफोन नम्बर थाहा पाउन यसो गर्नुहोस्

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

काठमाडौँ । नेपाल टेलिकमको वेबसाइटबाटै आवश्यकताबमोजिम कुनै पनि व्यक्ति तथा संस्थाको स्थानीय टेलिफोन नम्बर थाहा पाउन सकिने भएको छ ।

 

थाहा नभएका तर सम्पर्क गर्नुपर्ने टेलिफोन नम्बर पत्ता लगाउन हालसम्म १९७ मा फोन गरेर सोध्नुपर्ने व्यवस्था रहेकामा अब कम्पनीको वेबसाइटबाट पनि हेर्न मिल्ने गरी सुविधा उपलब्ध गराइएको टेलिकमले विज्ञप्तिमार्फत जनाएको हो । नेपाल टेलिकमको वेब पेजमार्फत यस प्रकारको पिएसटीएन टेलिफोन सोधपुछ प्रणाली सञ्चालनमा ल्याइएको छ । त्यसका लागि कम्पनीको वेबसाइट https://www.ntc.net.np/pstn मा लगअन गर्नुपर्छ । 

 

त्यहाँ दिइएको ‘टेलिफोन इन्क्वाइरी’मा आफूलाई चाहिएको व्यक्ति वा संस्थाको नम्बर खोज्न सकिन्छ । व्यक्तिगत ग्राहकका हकमा व्यक्तिको नामका साथै ठेगाना र जिल्ला लेखेर नम्बर पत्ता लगाउन सकिन्छ । त्यसैगरी संस्थागत ग्राहकका हकमा कम्पनीको नाम, ठेगाना र जिल्लाअनुसार टेलिफोन नम्बर प्राप्त गर्न सकिन्छ । 

 

विगतमा पनि पिएसटीएन टेलिफोन नम्बर खोज्नका लागि कम्पनीको मुख्य वेब पेजमार्फत वेबमा आधारित इन्क्वायरी सिष्टम सञ्चालनमा रहेको थियो । हाल सोही सेवालाई पुनःपरिमार्जितरुपमा सञ्चालनमा ल्याइएको हो । कम्पनीका डाटा प्रयोगकर्ताको सङ्ख्यामा उल्लेख्य वृद्धि भएका कारणले गर्दा पनि ग्राहकलाई वैकल्पिकमाध्यमबाट बिनाझण्झट जुनसुकैबेला सेवा उपलब्ध गराउन यो व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।


थप समाचार

छाडा कुकुरलाई रेविज विरुद्धको ‘भ्याक्सिङ’

  • 4 minutes ago
छाडा कुकुरलाई रेविज विरुद्धको ‘भ्याक्सिङ’

टोखा । टोखा नगरपालिकाले ३०० घरपालुवा तथा छाडा कुकुरलाई रेविज विरुद्धको ‘भ्याक्सिङ’ दिइएको छ ।

रोनाल्डोको घरमा बस्दै आएका रामोसले १२ मिलियन खर्चेर बनाए घर

  • 5 minutes ago
रोनाल्डोको घरमा बस्दै आएका रामोसले १२ मिलियन खर्चेर बनाए घर

एजेन्सी । स्पेनिस राष्ट्रिय टिम तथा रियल मड्रिडका कप्तान सर्जियो रामोसले १२ मिलियन युराे खर्चेर घर बनाएका छन् । रामोस तथा उनकी श्रीमती पिलार रुवियोले मड्रिडमा शानदार घर बनाएका हुन् । उनीहरुले १५ सय वर

यसरी पशुपति क्षेत्रमा राखिएका फूलमाला झिकेर अँगालाका अँगाला ओसारिए

  • 10 minutes ago
यसरी पशुपति क्षेत्रमा राखिएका फूलमाला झिकेर अँगालाका अँगाला ओसारिए

काठमाडौँ । महाशिवरात्रिमा पशुपति क्षेत्रको सजावटमा राखिएको फूलमाला चोरी हुन थालेको छ । पशुपति क्षेत्र विकास कोषको पहलमा भक्तजनकै सहयोगमा यस वर्ष करिब रु दुई करोड बराबरको फूलमालाले पशुपति क्षेत्र सजावट



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

किन खुल्छ मध्यरातिमा निन्द्रा ? यी हुन् ५ कारण

किन खुल्छ मध्यरातिमा निन्द्रा ? यी हुन् ५ कारण

एजेन्सी । के तपाई राति सुतेपछि हरेक दिन एउटै समयमा ब्युझिने गर्नुहुन्छ रु चाइनिज मान्यता अनुसार यो कुनै अदृश्य शक्तिको इशारा हुनसक्छ । वा कुनै शक्तिको प्रभाव हुनसक्छ । कुनै – कुनै मानिसले हरेक राति एउटै समयमा ब्यूझिँने नियम बनाएका हुन्छन् भने त्यसलाई सामान्य मान्न सकिन्छ ।

विचित्र विश्व

कोरोना भाइरसः हङकङमा रहेको एउटा सुपर मार्केटबाट लुटेराहरले चोरे सबै ट्वाइलेट पेपर्स

कोरोना भाइरसः हङकङमा रहेको एउटा सुपर मार्केटबाट लुटेराहरले चोरे सबै ट्वाइलेट पेपर्स

एजेन्सीः कोरोना भाइरसका कारण हालसम्म झण्डै साढे २४ सयजना भन्दा बढीको मृत्यु भइसकेको छ भने संक्रमितहरुको संख्या ७८ हजारभन्दा बढी रहेका छन् । चीनभर यो भाइरस नियन्त्रणका लागि प्रयास जारी रहेको छ । वैज्ञानिकहरु यो भाइरस नियन्त्रणका लागि भ्याक्सिन बनाउन संघर्षरत रहेका छन् ।