‘हैट ! के सारो चिसो, तापक्रम माइनसमै पुग्यो कि क्या हो ?’

  • मंगलबार, ३ पुष, २०७५
  • 6 months ago
  • नेपाल
Education Park

काठमाडौँ । ‘हैट ! के सारो चिसो, चिसो त अचाक्ली पो बढ्यो त, तापक्रम माइनसमै पुग्यो कि क्या हो’ –सोमबार दिनभरजसो काठमाडौंका अधिकांश भेगमा यस्तै चर्चा सुनियो।

 

आम सर्वधारणले चासो लिएझैं सोमबार काठमाडौंमा यस वर्षकै सबैभन्दा चिसो दिन हो । सोमबार बिहान उपत्यकाको न्यूनतम तापक्रम २ दशमलव ५ डिग्री सेल्सियस मापन भएको छ।

 

जल तथा मौसम पूर्वानुमान महाशाखाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरको स्टेसनलाई आधार मानेर तापक्रमको खबर सार्वजनिक गरेको हो।

 

महाशाखाले हरेक दिन बिहान पौने ९ र बेलुका ६ बजे विमानस्थलको विवरणलाई आधार मानेर मौसमी विवरण सार्वजनिक गर्दै आएको छ। सोही विवरण सञ्चारमाध्यमबाट सार्वजनिक हुँदा धेरैका लागि पत्यार लाग्दैन, अनि फेरि स्वाभाविक प्रश्न दोहोरिन्छ–‘हैन होला, कहाँ साढे दुई मात्रै हुनु, चिसो यति धेरै बढ्या छ तुसारो र शीतले छपक्कै छोप्न थाल्या छ।’

 

विमानस्थलको स्टेसनले काठमाडौं उपत्यकाभरको मौसमी विवरण अद्यावधिक गर्दैन, त्यसैले तापक्रमको खबरमा शंका गर्ने ठाउँ पर्याप्त रहन्छ।

 

काठमाडौंको मध्य भेग, खुला चौर, गल्छी, पहाड आसपासका वस्ती र अन्यत्रको तापक्रम फरक हुने मौसमविद्हरु स्वीर्काछन् । एउटा स्टेसनको मौसमी विवरण समग्र उपत्यकाका लागि व्यावहारिक हुन्छ र भन्ने प्रश्नमा महाशाखा प्रमुख सरजुकुमार वैद्य भन्नुहुन्छ– ‘पक्कै पनि व्यावहारिक होइन, हामीले अन्तर्राष्ट्रिय प्रचलनलाई अभ्यास गर्दै औसत विवरण सार्वजनिक गर्दै आएका छौं।’

 

जल तथा मौसम विज्ञान विभाग मातहत देशभर ५ सयभन्दा बढी वर्षा मापन स्टेसन छन् भने १ सय ४० का हाराहारीमा तापक्रम अद्यावधिक गर्ने केन्द्र छन्।

 

काठमाडौंमा विमानस्थलसहित पानीपोखरी, थानकोट, ललितपुरको खुमलटार र गोदावरी, भक्तपुरको नगरकोट र भक्तपुरमा तापक्रम अद्यावधिक गर्ने स्टेसन छन्।

 

मौसम विभागका अनुसार त्रिभुवन विमानस्थलको स्टेसन १ हजार ३ सय २६ मिटरको उचाइमा छ । उपत्यकाको भौगोलिक अवस्थिति फरक भएकाले स्वभाविक रुपमा तापक्रमको विवरण फरक हुने विज्ञहरु बताउँछन्।

 

हरेक एक सय मिटर उचाइको अन्तरमा तापक्रम शून्य दशमलव ६५ डिग्रीले घट्ने भएकाले विमानस्थलको स्टेसनले दिने सूचनासँग मिल्दो नहुने उनीहरुको तर्क छ।

 

‘काठमाडौंको न्यूनतम तापक्रम २ दशमलव ५ डिग्री रहँदै गर्दा स्वाभाविक रुपमा नगरकोट, फूलचोकी, चन्द्रागिरीजस्ता पहाड र आसपासको तापक्रम शून्य वा सोभन्दा कम हुन्छ’ –एक मौसमविद्ले भने।

 

पश्चिमी वायुको प्रभावले धेरै ठाउँको तापक्रम घटेको छ । महाशाखाका अनुसार जुम्लाको न्यूनतम तापक्रम माइनस ६ पुगेको छ भने दिपायलको २ दशमलव ४, वीरेन्द्रनगरको ४, डडेलधुराको ४ दशमलव २ पुगेको छ। आजको समाचारपत्र दैनिकबाट ।

 

 


थप समाचार

‘दबंग ३’ मा यी अभिनेत्रीसँग रोमान्स गर्दैछन् सलमान खान

  • 1 hour ago
‘दबंग ३’ मा यी अभिनेत्रीसँग रोमान्स गर्दैछन् सलमान खान

एजेन्सी । फिल्म ‘भारत’ को सफलतासँगै सलमान खान फिल्म ‘दबंग ३’ को तयारीमा जुटिरहेका छन् । उक्त फिल्मको फ्ल्याशब्याक सीनको लागि उनले ७ किलो तौल कम गर्न परेपछि उनी खाली समयमा आफ्नो फिटनेसमा ध्यान दिईरहेका

आँप खानुका फाइदैफाइदा

  • 1 hour ago
आँप खानुका फाइदैफाइदा

एजेन्सी । आँपमा फाइबरका साथै भिटामिन सी पाइने हुनाले शरीरमा कोलेस्ट्रेरोलको लेवल कम गर्न मद्दत गर्छ । साथै मुटु सम्बन्धी समस्याबाट मुक्ति मिल्छ ।

फिल्म ‘साहो’ को शुटिङ सकियो

  • 2 hours ago
फिल्म ‘साहो’ को शुटिङ सकियो

एजेन्सी । बाहुबली स्टार प्रभास १५ अगस्टमा रिलिज हुने फिल्म ‘साहो’ को लागि एकदमै उत्साहित छन् । उनले फिल्म ‘साहो’ सँग सम्बन्धित खबरहरु आफ्नो सामाजिक सञ्जालमा शेयर गरेका हुन्छन् ।



प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

आँप खानुका फाइदैफाइदा

आँप खानुका फाइदैफाइदा

एजेन्सी । आँपमा फाइबरका साथै भिटामिन सी पाइने हुनाले शरीरमा कोलेस्ट्रेरोलको लेवल कम गर्न मद्दत गर्छ । साथै मुटु सम्बन्धी समस्याबाट मुक्ति मिल्छ ।