IIMS College

ISMT

HUB Education

राजिनामाको मिति तोक्ने तयारीमा बेलायती प्रधानमन्त्री

  • शनिबार, २८ बैशाख, २०७६
  • 4 months ago
  • युके
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

 

लण्डन । दबाब बढ्दै गएपछि बेलायती प्रधानमन्त्री टेरिसा मे आफ्नो राजिनामाको मिति तय गर्ने तयारीमा जुटेकी छन् । 

 

उनले आउँदो साताभित्रै आफुले पदबाट राजिनामा दिने यकिन मिति सार्वजनिक गर्न सक्ने जानकारी उनकै दल कञ्जरभेटिभका ब्याकबेन्चर सांसदहरुको समितिका अध्यक्षले गराएका छन् । 

 

१९२२ कमिटी अध्यक्ष सर ग्राहम ब्राडीले आउँदो बुधबार हुने प्रधानमन्त्रीसंगको बैठकमा यसबारेमा आफुहरुले स्पष्ट रुपमा बुझ्ने अपेक्षा व्यक्त गरेका छन् । 

 

पार्टीका ब्याकबेन्चरहरुको उक्त समितिसंग बुधबार प्रधानमन्त्रीको बैठक निर्धारित छ । सोहि बैठकमा उनले आफ्नो राजिनामाको स्पष्ट मिति तोक्ने अपेक्षा छ । 

 

प्रधानमन्त्री मेले यसअघि पनि आफ्नो ब्रेक्जिट सम्झौता संसदबाट अनुमोदन भएको अवस्थामा पद छोड्ने वचनबद्धता गरेकी थिइन् । तर सम्झौता पास नभएको खण्डमा कति समयसम्म पदमा रहिरहने भन्ने विषयमा उनले केहि जनाएकी थिइनन् । 

 

मेको पहिलो साता सम्पन्न स्थानीय निर्वाचनमा कञ्जरभेटिभ दलले हासिल गरेको निराशजनक नतिजापछि पनि उनीमाथि राजिनामाको दबाब बढेको थियो । मे २३ मा तय युरोपेली संसदको निर्वाचन पनि कञ्जरभेटिभ पार्टीको पक्षमा जाने देखिंदैन जसले गर्दा उनीमाथिको दबाब थप बढाउने निश्चित छ । 

 

यसअघि प्रधानमन्त्री मेले युरोपेली संघसंग सहमति गरेको ब्रेक्जिट सम्झौता बेलायती संसदबाट तीनपटकसम्म अस्वीकृत बनेपछि ब्रेक्जिटमा ठूलो गतिरोध उत्पन्न भएको छ । मार्च २९ को लागि निर्धारित ब्रेक्जिटको समयसीमा दुई पटक लम्ब्याएर अहिले अक्टोबर ३१ सम्म पुर्याइएको छ । 

 


थप समाचार

वास्तिवक तर पत्याउन गाह्रो ! यी कलाकारहरुको छ समान उमेर

  • 11 minutes ago
वास्तिवक तर पत्याउन गाह्रो ! यी कलाकारहरुको छ समान उमेर

एजेन्सी । बलिउडमा लामो समय आफ्नो कला देखाइसकेका अभिनेता तथा अभिनेत्रीहरुले बलिउडमा आफ्नो एउटा परिचय बनाइसकेका छन् । बलिउडमा केही यस्ता अभिनेता तथा अभिनेत्रीहरु रहेका छन् जसको उमेर एउटै रहेको छ ।

अस्पताल पुगेका प्रचण्डलाई चिकित्सकले दिए दाँत निकाल्नुपर्ने सुझाव

  • 15 minutes ago
अस्पताल पुगेका प्रचण्डलाई चिकित्सकले दिए दाँत निकाल्नुपर्ने सुझाव

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वास्थ्य उपचारको लागि अस्पताल पुगेका छन् । उनी दाँतको उपचार गर्न ललितपुरस्थित मेडिसिटी अस्पताल पुगेका हुन् ।

महिनावारीको समयमा महिलाले आफ्नो हेरचाह कसरी गर्ने ?

  • 16 minutes ago
महिनावारीको समयमा महिलाले आफ्नो हेरचाह कसरी गर्ने ?

एजेन्सी । महिनावारी महिलाहरुको शरीरमा हुने नियमित जैविक प्रक्रिया हो । परम्परागत हिन्दु धार्मिक मान्यताले यस महिनावारीको समयलाई अछूतका रुपमा व्यवहार गरेको पाइन्छ । महिनावारी एक प्रक्रिया रहेसँगै यस सम



प्रेम र यौन

सेक्स गर्दा नै निकाे हुन्छन् केही राेगहरू

सेक्स गर्दा नै निकाे हुन्छन् केही राेगहरू

एजेन्सी । मानिसमा शारीरिक सम्बन्धको बारेमा विभिन्न धारण रहेको हुन्छ । कसैले यसलाई राम्रो रुपमा लिन्छन् भने कसैले यसलाई निजी र गोप्य राख्न चाहान्छन् ।

जीवनशैली/स्वास्थ्य

महिनावारीको समयमा महिलाले आफ्नो हेरचाह कसरी गर्ने ?

महिनावारीको समयमा महिलाले आफ्नो हेरचाह कसरी गर्ने ?

एजेन्सी । महिनावारी महिलाहरुको शरीरमा हुने नियमित जैविक प्रक्रिया हो । परम्परागत हिन्दु धार्मिक मान्यताले यस महिनावारीको समयलाई अछूतका रुपमा व्यवहार गरेको पाइन्छ । महिनावारी एक प्रक्रिया रहेसँगै यस समयमा महिलाले आफ्नो शरीरको विशेष ध्यान पुर्याउनु जरुरी हुन्छ । यसका लागि महिलाले विभिन्न उपायहरु अपनाउन सक्छन् ।

विचित्र विश्व

यस्ता व्यक्ति जो कहिल्यै हेलमेट लगाउँदैनन्, तर प्रहरीले पनि जरिवाना लिँदैनन्

यस्ता व्यक्ति जो कहिल्यै हेलमेट लगाउँदैनन्, तर प्रहरीले पनि जरिवाना लिँदैनन्

एजेन्सी । भारतमा सवारी साधन सम्बन्धी नयाँ कानून लागु भएको छ । यसका साथै हेलमेट नलगाउने मानिस देखि लिएर सीट बेल्ट नलगाउने मानिससम्म तोकिएको जरिवाना लाग्ने डरले मानिस सुरक्षाको लागि भन्दा पनि जरिवानाको डरले हेलमेट लगाउन थालेका छन् ।