ISMT

HUB Education

संसदमा विश्वासको मत जित्दै जोगाइन् बेलायती प्रधानमन्त्रीले कुर्सी

  • बिहीबार, ३ माघ, २०७५
  • 7 months ago
  • युके
Education Park

 

Kathmandu Trade Show

 

 

लण्डन । बेलायती प्रधानमन्त्री टेरेसा मेले संसदमा विश्वासको मत जित्दै आफ्नो नेतृत्वलाई सुरक्षित गरेकी छन् । 

 

बुधबार सांझ हाउस अफ कमन्समा मतदान हुँदा प्रधानमन्त्री मेको पक्षमा ३ सय २५ मत परेको छ भने विपक्षमा ३ सय ६ मत खस्यो । 

 

मंगलबार प्रधानमन्त्रीको ब्रेक्जिट सम्झौताको प्रस्तावका विरुद्ध मत दिने उनकै दल कञ्जरभेटिभका सांसदहरु र डियुपीका सांसदहरु समेतले आज भने प्रधानमन्त्रीको साथ दिएका छन्  ।

 

संसदले ब्रेक्जिट सम्झौतालाई भारी मतले अस्वीकृत गरेलगत्तै प्रधानमन्त्रीविरुद्ध विपक्षी लेबर पार्टीले मंगलबार अविश्वासको प्रस्ताव दर्ता गरेको थियो । लेबरको यो प्रस्तावलाई एसएनपी, लिबरल डेमोक्रयाट् लगायतका सबै विपक्षी पार्टीहरुले सघाएका थिए । 

 

विश्वासको मत जितेपछि प्रधानमन्त्री मेले प्रतिक्रिया दिंदै भनिन्, 'यो नतिजाले देखाउँछ कि सरकारमाथि सरकारको विश्वास कायम छ ।' 

 

जनमत संग्रहमार्फत बेलायती जनताले दिएको ब्रेक्जिटको म्याण्डेट पूरा गर्ने आफ्नो संकल्पलाई तार्किक निश्कर्ष दिने प्रयासलाई जारी राख्ने उनले प्रतिबद्धता गरिन्।आउँदो साता उनले संसदसमक्ष ब्रेक्जिट सम्झौताको नयाँ प्रस्ताव पेश गर्ने अपेक्षा छ । 

 

त्यसअघि प्रधानमन्त्रीले सबै राजनीतिक दलका नेताहरुसँग व्यक्तिगत रुपमा भेटेर ब्रेक्जिट सम्झौताको गाँठो फुकाउने कोशिस गर्दैछिन् । बुधबार साँझदेखि नै भेटघाट थाल्ने उनले अन्य दलका नेताहरुबाट समस्या समाधानको लागि रचनात्मक सरसल्लाहको अपेक्षा गरेको बताएकी छन् । 

  

यसअघि मंगलबार संसदमा भएको मतदानमा उनको ब्रेक्जिट सम्झौतासम्बन्धी प्रस्ताव २ सय २ का विरुद्ध ४ सय ३२ मतको भारी अन्तरबाट अस्वीकृत भएको थियो । सम्झौता संसदबाट अस्वीकृत भएपछि मार्च २९ को लागि तोकिएको ब्रेक्जिटको प्रक्रिया थप जटिल बनेको छ ।  

 


थप समाचार

रवि लामिछाने बचाउँ संघर्ष समितिका अध्यक्ष सरोज घिमिरेले किन दिए राजीनामा ?

  • 1 hour ago
रवि लामिछाने बचाउँ संघर्ष समितिका अध्यक्ष सरोज घिमिरेले किन दिए राजीनामा ?

काठमाडौँ । शान्तिपूर्ण कार्यक्रमका लागि समिति गठन गरिए पनि व्यक्ति विशेषले आन्दोलनलाई विथोल्ने प्रयास गरेको भन्ददै रवि लामिछाने बचाउँ संघर्ष समितिका अध्यक्ष सरोज घिमिरेले राजीनामा दिएका छन् ।

बसीरद्वारा साउदी अरबसँगबाट नौ करोड डलर लिएको स्वीकार

  • 5 hours ago
बसीरद्वारा साउदी अरबसँगबाट नौ करोड डलर लिएको स्वीकार

एजेन्सी । केही महिना पहिले अपदस्थ गरिएका सुडानका पूर्व सैनिक शासक अमेमार अल–बसीरले साउदी अरबका राजकुमारबाट नौँ करोड अमेरिकी डलर नगद लिएको अनुसन्धानका क्रममा स्वीकार गरेका बताइएको छ ।

खोइ मुक्त हलिया वस्तीमा सेवा सुविधा ?

  • 5 hours ago
खोइ मुक्त हलिया वस्तीमा सेवा सुविधा ?

कञ्चनपुर । कञ्चनपुको पुनर्वास नगरपालिका– ९ मोतियापुरमा रहेको मुक्त हलिया वस्ती । वस्तीमा आधारभूत सेवा सुविधा नहुँदा मुक्त हलिया परिवार कष्टकर जीवन बिताउनु बाध्य छन् ।



प्रेम र यौन

महिलाहरुको लागि हस्तमैथुनले कस्तो भूमिका खेल्छ ?

महिलाहरुको लागि हस्तमैथुनले कस्तो भूमिका खेल्छ ?

एजेन्सी । यौनको कमि, साथीसँगको नराम्रो सम्बन्ध तथा आत्मविश्वासको कमि जस्ता कुराहरुले महिलाको स्वस्थ्यमा असर पुग्ने देखिन्छ । लाइफस्ट्याल कोच ‘लुक कुटिनो’ का अनुसार एक महिलाले जीवनमा यी तीन चीजको कमि रहेमा राम्रो सोच्न नसक्ने बताउँछन् । यौनको असन्तुष्टीलाई मेटाउने एक मात्र विकल्पको रुपमा हस्तमैथुन रहेको छ । यसै हस्तमैथुन किन महिलाको लागि फाइदाजनक छ भनेर चर्चा गरौं ।

जीवनशैली/स्वास्थ्य

यस्ता ब्लड ग्रुप भएका व्यक्तिलाई हर्ट अट्याक हुने सम्भावना बलियो हुन्छ

यस्ता ब्लड ग्रुप भएका व्यक्तिलाई हर्ट अट्याक हुने सम्भावना बलियो हुन्छ

एजेन्सी । बदलिदो लाइफस्टाइलका कारण स्वास्थ्यमा नराम्रो असर पर्न थालेको छ । यसैका कारण मानिस विभिन्न रोगको शिकार हुन थालेको हो । पछिल्लो समय मुटुका रोगीहरु उच्च संख्यामा बढिरहेका छन् ।

विचित्र विश्व

स्वार्थी मानिस कसरी चिन्ने, यस्ता उपायहरु लगाउनुहोस्

स्वार्थी मानिस कसरी चिन्ने, यस्ता उपायहरु लगाउनुहोस्

एजेन्सी–कुनै पनि स्वार्थी मानिससँग जीवन काट्न एकदमै गाह्रो काम हो । जो मान्छे आफ्नो बारेमा मात्र सोच्छ र अरुको वास्था नै गर्दैन त्यस्ता मानिसहरुका कारण जीवनमा धेरै समस्याहरु आइपर्ने गर्छन् ।