Techie IT
२०८१ वैशाख ८, शनिबार
NepaliPatra logo
गृहपृष्ठखेलचेल्सी र म्यान्चेस्टर सिटीको रोमाञ्चक बराबरी

चेल्सी र म्यान्चेस्टर सिटीको रोमाञ्चक बराबरी


एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत चेल्सी र म्यान्चेस्टर सिटीले बराबरी खेलेका छन् ।

गएराति भएको खेलमा दुबै टिमले ४-४ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् । चेल्सीको घरेलु मैदान स्टाम्फोर्ड ब्रिजमा भएको खेलमा सुरुवाती अग्रता भने सिटीले एर्लिंग हालाण्डको पेनाल्टी गोलबाट लिएको थियो । उनले खेलको २५ औं मिनेटमा पेनाल्टीमार्फत गोल गरेका हुन् ।

यता, २९ औं मिनेटमा थियागो सिल्भाले गोल गर्दै चेल्सीलाई १-१ गोलको बराबरीमा ल्याए । ३७ औं मिनेटमा रहिम स्टर्लिंगले गोल गर्दै चेल्सीलाई २ १ गोलले अघि बढाए । तर, पहिलो हाफको इन्जुरी समयमा म्यानुएल अकान्जीले गोल गर्दै सिटीलाई २-२ गोलको बराबरीमा ल्याए ।

यस्तै, दोस्रो हाफको सुरुवातमै अर्थात् ४७ औं मिनेटमा हालाण्डले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल थप्दै सिटीलाई ३-२ गोलले अघि बढाए ।

यस्तै, यता ६७ औं मिनेटमा निकोलास ज्याक्सनले गोल गर्दै चेल्सीलाई ३-३ गोलको बराबरीमा ल्याए । ८६ औं मिनेटमा रोड्रीले गोल गर्दै सिटीलाई ४-३ गोलले अघि बढाए । खेल सकिनै लाग्दा कोल पाल्मेरले ९०+५ औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै चेल्सीलाई हारबाट जोगाए र खेल ४-४ गोलको बराबरीमा सकियो ।

यो नतिजासँगै सिटी १२ खेलबाट २८ अंकका साथ तालिकाको शीर्षस्थानमा यथावत छ भने चेल्सी समान खेलबाट १६ अंकका सात १० औं स्थानमा छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

एसीसी प्रिमियर कपकाे सेमिफाइनलमा नेपाल यूएईसँग ६ विकेटले पराजित

काठमाडाैँ । एसीसी प्रिमियर कप क्रिकेटकाे सेमिफाइनलमा नेपाल यूएईसँग पराजित भएकाे छ । आज भएकाे खेलमा यूएईले नेपाललाई ६ विकेटले

एसीसी प्रिमियर कपमा यूएईसँग टस हारेपछि ब्याटिङ गर्दै नेपाल

काठमाडौँ । एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा नेपालले टस हार्दै ब्याटिङ गरेको छ । ओमानको अल अमिरातमा यूएईका कप्तानले बलिङ

एसीसी प्रिमियर कपमा नेपाल र युएई भिड्दै

काठमाडौँ । ओमानमा जारी एसिसि प्रिमियर कपअन्तर्गत आज सेमिफाइनल हुँदैछ । जसअन्तर्गत नेपाल र युएईबीच प्रतिष्पर्धा हुँदैछ । दुई देश

एन्फा उपाध्यक्ष दावा लामा छुटे

काठमाडौँ । लागू औषध मुद्दामा फरार रहेको भन्दै पक्राउ परेका अखिल नेपाल फुटबल संघ (एन्फा) उपाध्यक्ष दावा लामा छुटेका छन्

अपराजित रहँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

काठमाडौँ । नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको छ । साउदी अरेवियालाई ६ विकेटले हराउँदै नेपालले सेमिफाइनलमा स्थान बनाएको

एन्फा उपाध्यक्ष दावा लामा पक्राउ

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन् । लामा बुधवार पक्राउ परेका हुन्

Techie IT