Techie IT
२०८१ वैशाख ७, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिनक्कली भूटानी शरणार्थी प्रकरण: सरकारी वकिलको थुनछेक बहस सकियो

नक्कली भूटानी शरणार्थी प्रकरण: सरकारी वकिलको थुनछेक बहस सकियो


काठमाडौँ । नक्कली भूटानी शरणार्थी प्रकरणमा जारी थुनछेक बहसमा सरकारी वकिलका तर्फको बहस आज सकिएको छ ।

सरकारी वकिलका तर्फको बहस सकिएसँगै अब प्रतिवादीतर्फबाट कानुन व्यवसायीले बहस सुरु गर्ने जिल्ला अदालत काठमाडौँका सूचना अधिकारी दीपक दाहालले जानकारी दिए ।

उनले भने, “सरकारी वकिलतर्फको बहस सकिएको छ, अब प्रतिवादीतर्फबाट कानुन व्यवसायीले बहस गर्नु हुन्छ ।” जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा जारी बहसमा यस प्रकरणका प्रतिवादीलाई थुनामुक्त गरे प्रमाण नष्ट हुनसक्ने तथा जाहेरीकर्ताको सुरक्षामा खतरा हुनसक्ने भन्दै थुनामा राखेर नै मुद्दाको पुर्पक्ष गर्नुपर्ने दलिल सरकारी वकिलले प्रस्तुत गरेका थिए ।

नक्कली भूटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित १८ जनालाई थुनछेक बहसका लागि उपस्थित गराइएको छ । सो थुनछेक बहस यही जेठ ३१ गतेसम्म जारी रहने र त्यसपछि पुर्पक्षका लागि थुनामा पठाउने कि नपठाउने भन्नेबारेमा निर्णय लिइने बताइएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले पक्राउ परेका १८ जनासहित फरार रहेका ३० जनालाई सङ्गठित अपराध, कीर्ते, ठगी तथा राज्य विरुद्धको आरोप गरी चारवटा मुद्दा लगाउँदै रु २७ करोड ५० लाख बिगो माग दाबीसहित जिल्ला अदालत काठमाडौँमा यही जेठ १० गते मुद्दा दायर गरिएको थियो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

प्रतिपक्षमा पुगेपछि कांग्रेस बर्बराउन थालेको छः रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गृहमन्त्री रवि लामिछानेले नेपाली कांग्रेस प्रतिपक्षमा पुगेपछि बर्बराउन थालेको आरोप लगाएका छन् ।

माथिल्लो अरुणको वित्तीय व्यवस्थापन विश्व बैंकले गर्ने सहमति

काठमाडौँ । संखुवासभामा निर्माण हुने १ हजार ६३ मेगावाटको माथिल्लो अरुण अर्धजलाशययुक्त जलविद्युत् आयोजनामा वित्तीय व्यवस्थापन विषयमा सैद्धान्तिक सहमति जुटेको

कोशी प्रदेशसभाबाट विपक्षी गठबन्धनले पेस गरेको संकल्प प्रस्ताव पारित

काठमाडौँ । कोशी प्रदेश सभामाको बैठकबाट नेकपा एमालेसहित विपक्षी गठबन्धनले पेस गरेको संकल्प प्रस्ताव बहुमतले पारित भएको छ । ध्वनी

वर्तमान सत्ता गठबन्धन छिटै पतन हुन्छ: कांग्रेस

काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले वर्तमान सत्ता गठबन्धन अविश्वासको बोझले छिटै पतन हुने बताएका छन् । शुक्रबार

सांसद हसिना खानद्वारा शपथ ग्रहण

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)बाट समानुपातिक सांसद बनेकी हसिना खानले प्रतिनिधि सभा सदस्यको पद तथा गोपनीयताको शपथ लिएकी छन्

एसीसी प्रिमियर कपकाे सेमिफाइनलमा नेपाल यूएईसँग ६ विकेटले पराजित

काठमाडाैँ । एसीसी प्रिमियर कप क्रिकेटकाे सेमिफाइनलमा नेपाल यूएईसँग पराजित भएकाे छ । आज भएकाे खेलमा यूएईले नेपाललाई ६ विकेटले

Techie IT