अस्ट्रेलियामा दीप नारायण चौधरीको अध्यक्षतामा थारु समाज गठन

सिड्नी । नेपालको बिभिन्न स्थानबाट आएर अष्ट्रेलियामा बसोवास गर्दै आएका आदिवासी थारुहरुले  ‘थारु सोसाइटी अष्ट्रेलिया’ संस्था गठन गरेका छन् । विश्व आदिवासी दिवसको अवसर पारेर संस्था गठनको घोषणा भएको थियो ।

 

हालै  सिड्नीमा भएको प्रथम भेलाले दीपनारायण चौधरीको अध्यक्षतामा संस्था गठन भएको हो । जसको उपाध्यक्षमा साइमान चौधरी र निमेष लेखी रहेका छन् ।  महासचिवमा पृथ्वी चौधरी, सहसचिवमा सोपिया चौधरी, कोषाध्यक्षमा रिन्कु चौधरी र सहकोषाध्यक्षमा शिशिर चौधरी छन् । 

 

त्यस्तै कार्यसमिति सदस्यहरुमा रितु चौधरी, मुक्ति नारायण चौधरी, सुमन चौधरी, सन्तोष चौधरी, मधुकर चौधरी, रञ्जना चौधरी, अविनाश चौधरी रहेका छन् ।

 

त्यस्तै संस्थाले महिला सहभागिता बढाउनको लागि संयोजकमा मिश्रा कुमारी चौधरी  र सहसंयोजकमा सुनिता चौधरी, जन सम्पर्क अधिकारीमा अरुण चौधरी, साँस्कृतिक सचिवमा मनोरमा चौधरी, खेलकुद सचिवमा बिनय चौधरी र  सुचना प्रविधि संयोजकमा उमेश चौधरी  चयन गरेको छ ।

 

यस्तै बरिष्ट सल्लाहकार रामेश्वर चौधरी र सल्लाहकारमा सुकई चौधरी रहेका छन् । अस्ट्रेलियामा नेपाली भाषा, संस्कृति र परम्परालाई प्रवद्र्धन गर्ने प्रमुख लक्ष्य लिएर संस्था गठन गरिएको अध्यक्ष चौधरीले नेपालीपत्रलाई बताए । 

 

संस्थाले पहिलो कार्यक्रमको रुपमा आगामी नोभेम्बर ४ आइतवार टेम्पे पार्कमा भेटघाट तथा बार्बेक्यु कार्यत्रम राखेको अध्यक्ष चौधरीले जानकारी दिए । भेलामा  थारुहरुको महान पर्व माघि अस्ट्रेलियामा कसरी मनाउने भन्ने बारेमा छलफल हुने बताईएको छ । 

 


थप समाचार

बैतडीमा अण्डर–१९ क्रिकेट प्रतियोगिता हुने

  • 24 minutes ago
बैतडीमा अण्डर–१९ क्रिकेट प्रतियोगिता हुने

बैतडी । दशरथचन्द नगरपालिकामा अगामी जेठ तेस्रो साताबाट अण्डर–१९ मेयर कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिता सञ्चालन गरिने भएको छ । जेठ १५ बाट उक्त प्रतियोगिता शुरु गरिने भएको हो ।

बलिउड अभिनेता सन्नी देवल भाजपामा प्रवेश

  • 28 minutes ago
बलिउड अभिनेता सन्नी देवल भाजपामा प्रवेश

एजेन्सी । बलिउडका चर्चीत अभिनेता सन्नी देवल पनि राजनीतिमा होमिएका छन् । भारतीय जनता पार्टीका अध्यक्ष अमित शाहसँग भएको भेटपछि उनी चुनावमा

ग्रेटर नेपालका अभियन्ता फणीन्द्र नेपाल पक्राउ

  • 28 minutes ago
ग्रेटर नेपालका अभियन्ता फणीन्द्र नेपाल पक्राउ

काठमाडौं । काठमाडौँ प्रहरी परिसर, टेकुले ग्रेटर नेपाल अभियानका अभियन्ता फणीन्द्र नेपाललाई पक्राउ गरेको छ ।



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

आज मंगलबार, यस्ता कामहरु गर्नुहोस् फलिफाप हुन्छ

आज मंगलबार, यस्ता कामहरु गर्नुहोस् फलिफाप हुन्छ

एजेन्सी । आज मंगलबारको दिन । मान्यताका अनुसार मंगलबारको सम्बन्ध मंगल ग्रहसँग हुन्छ । यस दिनलाई हनुमान जीको दिन पनि भनिन्छ । यस दिनलाई मंगलको उर्जा पनि मानिन्नछ । संकटको समयमा मानिसको उर्जा हानी हुने गर्छ । मान्यताका अनुसार यस दिन हनुमानलाई प्रशन्न पार्ने काम गरिन्छ ।