‘थारु समुदायको संस्कार र संस्कृतिलाई पर्यटन र उद्योगसँग जोड्न आवश्यक’

खस्यौली । प्रदेश नं ५ का उपसभामुख कृष्णी चौधरीले थारु समुदायको संस्कार र संस्कृतिलाई पर्यटन र उद्योगसँग जोड्न आवश्यक भएको बताएका छन् । 

 

रुपन्देही सैनामैना नगरपालिका–४ स्थित मुर्गियामा शनिबार आयोजना भएको तीन दिने ‘खिचडी महोत्सव’मा उनले भने, “थारु समुदायलाई आर्थिकरुपमा सशक्त बनाउन पर्यटन र उद्योग बलियो आधार हो ।” 

 

उपसभामुख चौधरीले थारु समुदायको संस्कार र संस्कृति मौलिक भएको उल्लेख गर्दै थारु समुदायको संस्कारको जर्गेना गर्नुपर्ने आवश्यकमाथि जोड दिए । 

 

 

प्रदेशसभा सदस्यद्वय पुष्पा चौधरी र कमला विश्वकर्मा, सैनामैना नगरपालिकाका उपप्रमुख विना राना, थारु कल्याणकारी सभाका पूर्वअध्यक्ष खुशीराम चौधरी, सभाका सचिव चन्द्रमान चौधरीलगायतले थारु सुमदायको संस्कार र संस्कृतिको संरक्षण आवश्यक भएको बताए । 

 

उक्त महोत्सवमा थारु संस्कृतिसँग सम्बन्धित झुमरा नाच, डबवा नाच, लठ्ठी नाच प्रदर्शन हुनुका साथै विभिन्न थारु परिकारको उपभोग गरिएको थियो । 

 

माघेसङ्क्रान्ति सखिय हो माघिक पिली गुरी जाँरु भन्ने गीत सबैको मुखमा झुण्डिएको हुन्छ । माघीमा गाइने गीतलाई ‘धुमारु’ भनिन्छ । माघको दोस्रो दिन खिचडी खाने चलन छ, त्यसलाई ‘खिचरिहवा’ भनिन्छ । 


थप समाचार

संसदमा विश्वासको मत जित्दै जोगाइन् बेलायती प्रधानमन्त्रीले कुर्सी

  • 1 hour ago
संसदमा विश्वासको मत जित्दै जोगाइन् बेलायती प्रधानमन्त्रीले कुर्सी

बुधबार सांझ हाउस अफ कमन्समा मतदान हुँदा प्रधानमन्त्री मेको पक्षमा ३ सय २५ मत परेको छ भने विपक्षमा ३ सय ६ मत खस्यो ।

बेलायती प्रधानमन्त्रीविरुद्धको अविश्वास प्रस्तावमाथि संसदमा मतदान हुँदै

  • 3 hours ago
बेलायती प्रधानमन्त्रीविरुद्धको अविश्वास प्रस्तावमाथि संसदमा मतदान हुँदै

लण्डन । बेलायती प्रधानमन्त्री टेरेसा मेविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि बुधबार सांझ बेलायती संसद (हाउस अफ कमन्स) मा मतदान हुंदैछ ।

मानव बेचबिखनमा दाेषी ठहर गर्दै बीस वर्ष जेल सजायँ

  • 7 hours ago
मानव बेचबिखनमा दाेषी ठहर गर्दै बीस वर्ष जेल सजायँ

नुवाकोट । युवतीलाई ललाइफकाइ भारतमा बिक्री गरेको कसुरमा दोषी ठहर गर्दै एक जनालाई अदालतले २० वर्ष कैद सजायको फैसला सुनाएको छ ।



जीवनशैली/स्वास्थ्य

कागती पानीको फाइदा र बेफाइदा दुवै ? विस्तृत जानकारीको लागि पूरा पढ्नुहोस्

कागती पानीको फाइदा र बेफाइदा दुवै ? विस्तृत जानकारीको लागि पूरा पढ्नुहोस्

काठमाडौं । भिटामिन ‘सी’ पर्याप्त हुने भएकाले कागती खाने गरेमा हाम्रो छाला स्वस्थ र चम्किलो भई शरीरमा स्पूmर्ति बढ्छ । कागती पानी पिउनुको मुख्य फाइदा के हो भने यसले तौल घटाउन ठूलो सहयोग पु¥याउँछ ।