द ब्रिटिस कलेजका २२५ जना विद्यार्थी दीक्षित

काठमाडौँ । ब्रिटिस कलेजले आयोजना गरेको चौथो दीक्षान्त समारोहमा २२५ जना विद्यार्थीहरु दीक्षित भएका छन् । बौद्धस्थित रहेको हायत रिजेन्सीमा दीक्षात कार्यक्रममा विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

 

दीक्षित हुनेमा ६० जना बिबिए (हन्स)का ६० जना विद्यार्थी, बिजनेस एण्ड म्यानेजमेन्ट, ३० जना एमएस्सी इन्टरनेशनल बिजनेस म्यानेजमेन्ट (द युनिभर्सिर्टी अफ द वेस्ट अफ इंग्ल्याण्ड, ब्रिस्टल), १२३ जना बिएस्सी (हन्स) कम्प्युटिङका विद्यार्थी, १२ जना एमबिए (एक्जीक्युटिभ) (लिड्स बेक्केट युनिभर्सिटी) विद्यार्थीहरु रहेका थिए । 

 

यो हालसम्मकै सबैभन्दा धेरै विद्यार्थीहरु दीक्षित भएको वर्ष रहेको र यसले कलेजको सफलताको पक्षलाई दर्साएको हो । 

 

यस दीक्षान्त कार्यक्रममा दीक्षित हुने विद्यार्थीहरु, एकेडेमिसियनहरु, विशिष्ट अतिथिहरुको उपस्थिति रहेको थियो । गेस्ट अफ अनर तथा मुख्य अतिथि माइकल रटल्याण्ड ओबिइ (भुटानका लागि ब्रिटिस अनरी काउन्सेल तथा द ब्रिटिस कलेजका सल्लाहाकार), द ब्रिटिस कलेजका सिइओ तथा संस्थापक राजन कडँेल, पाउल क्लिभेस (इटोन कलेजका पुर्व भुगोल प्रमुख तथा द ब्रिटिस कलेजका सल्लाहाकार), डाक्टर चिरन थापा (मान्यताप्राप्त शिक्षाविद् तथा द ब्रिटिस कलेजका सल्लाहाकार), एच. ही रिचार्ड मोरिस ( नेपालका लागि राजदुत), राजेन्द्र खेतान (खेतान ग्रुपका कार्यकारी निर्देशक), केशव अधिकारी ( शिक्षा मन्त्रालय), अनुबन्ध प्राप्त विश्वविद्यालयका प्रतिनिधिहरु डोना वाइटहेड (प्रो भाइस चान्सलर र कार्यकारी डिन, ब्रिस्टल बिजनेस स्कुल एण्ड ब्रिस्टल ल स्कुल, युडब्लुइ), लेस्ली अर्ली (प्रिन्सिपल अफ लिड्स बेक्केट) को उपस्थिति रहेको थियो । 

 

कार्यक्रम सुरुवातमा ‘द ब्रिटिस कलेज’का  प्रिन्सिपल डा. जोन व्याटम्यानले सम्बोधन गरेका थिए । 

 

‘द ब्रिटिस कलेज’का सिइओ तथा संस्थापक राजन कडेँलले कलेजको नयाँ योजना तथा दुवई र लण्डनमा गरिएको विस्तारबारे प्रष्ट पारेका थिए ।

 

उनले अन्तराष्ट्रिय डिग्रीको महत्वबारे चर्चा गर्दै ‘अण्डरग्रयाजुएट’ विद्यार्थीहरुलाई स्नाकोत्तर लेभलको अध्ययन गर्न प्रोत्साहन गरेका थिए । 

 

उनले दीक्षित भएका विद्यार्थीहरुलाई बधाइ तथा शुभकामना दिएका थिए । 

 

त्यस्तै नेपालका लागि राजदुत रिचार्ड मोरिसले २०० वर्ष पुरानो नेपाल–ब्रिटेन सम्बन्धबारे चर्चा गरेका थिए । उनले अन्तराष्ट्रिय शिक्षाको महत्व दर्शाउँदै गरिबी निवारणमा आफ्नो शिक्षाको सही तवरले उपयोग गर्न बताए । उनले ‘ब्रिटिस कलेज’ले प्रदान गर्दै आइरहेको गुणस्तीय शिक्षाको तारिफ गरे । 

 

नेपाल ब्रिटेन च्याम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र खेतानले दीक्षित विद्यार्थीहरुलाई धन्यवाद दिए । उनले विद्यार्थीहरुले कर्पोरेट बजारमा भोग्नु पर्ने चुनौतीहरुबारे चर्चा गरेका थिए । 

 

द एमस्सी इन्टरनेशन बिजनेश म्यानेजमेन्ट एण्ड बिबिए (हन्स) बिजनेस एण्ड म्यानेजमेन्ट सम्मेलनलाई प्रोफेसर डोना वाइटहेड (भाइस चान्सलर एण्ड एक्जीक्युटिभ डिन डोना, ब्रिस्टल बिजनेस स्कुल एण्ड ब्रिस्टल ल स्कुल युडब्लुइ) ले सम्बोधन गरेकी थिइन् । त्यस्तै एमबिए (एक्जीक्युटिभ) र बिएएस्सी (हन्स) कम्प्युटिङ) लाई लिस्ले अर्ली (प्रिन्सिपल लेक्चरर अफ लिड्स बेक्केट) ले सम्बोधन गरेकी थिइन् । 

 

बिएएस्सी (हन्स) तर्फबाट दीक्षित भएकी जोसुवा शाक्यले द ब्रिटिस कलेजले दिएको अवसर र अनुभवलाई धन्यावाद दिइन् । 

 

प्रमुख अतिथी रुटल्याण्डले ‘परिवर्तन’ शब्दको वर्णन गरेका थिए । उनले भौतिक परिवर्तन भन्दा पनि दिमाग र हृदयमा हुने परिवर्तनलाई बुझन् आवश्यक रहेको बताएका थिए । उनले दीक्षित भएका विद्यार्थीहरु योद्धा र उनीहरुका परिवारहरु ‘हिरो’ भएको बताए । उनले ब्रिटिस कलेजलाई यो स्थानमा पुर्याउन सफल भएको भन्दै राजन कडेँललाई बधाइ समेत दिए । 

 

कार्यक्रमको अन्तमा टिबिसी परिवारले दीक्षित भएका विद्यार्थीहरुलाई बधाइ दिदै सफल भविष्यको कामना गरेको थियो । 

 

 


थप समाचार

सातौं बिग आइकन सुबास लण्डनमा, पहिलो कार्यक्रम शनिबार माया पबमा

  • 2 hours ago
सातौं बिग आइकन सुबास लण्डनमा, पहिलो कार्यक्रम शनिबार माया पबमा

लण्डन । पोखरास्थित बिग एफएमले हरेक वर्ष आयोजना गर्ने गायन प्रतिस्पर्धा बिग आइकनको सातौं संस्करणका विजेता सुबास गुरुङ लण्डन आइपुगेका छन् । बेलायतका विभिन्न स्थानमा प्रस्तुति गर्न बिग आइकन सुबास बिग एफए

रश्मोरका काउन्सिल लिडरले भने, 'नेपालीबाट बेलायतीले धेरै सिक्न सक्छन्'

  • 3 hours ago
रश्मोरका काउन्सिल लिडरले भने, 'नेपालीबाट बेलायतीले धेरै सिक्न सक्छन्'

ग्रेटर रश्मोर नेपाली कम्युनिटीले विहिबार अल्डरसटमा आयोजना गरेको इन्फरमेसन डे कार्यक्रममा काउन्सिल लिडर डेभिड क्लिफोर्डले स्थानीय नेपालीहरुको प्रशंसा गरेका हुन् ।

बेलायतमा खेतीमा काम गर्न गैरयुरोपेली कामदार ल्याइने

  • 8 hours ago
बेलायतमा खेतीमा काम गर्न गैरयुरोपेली कामदार ल्याइने

बेलायतले २ वर्षे पाइलट कार्यक्रम घोषणा गर्दै २५ सय गैरयुरोपेली कामदारहरुलाई बेलायतमा तरकारी तथा फलफूल खेतीको कामका लागि ल्याउने योजना सार्वजनिक गरेको हो ।



भिडियो

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

हार्ट अट्याक कार्डियक एरेस्ट हार्ट फेलियरमा के भिन्नता छ ? मुटु कसरी स्वस्थ राख्ने ?

हार्ट अट्याक कार्डियक एरेस्ट हार्ट फेलियरमा के भिन्नता छ ? मुटु कसरी स्वस्थ राख्ने ?

हार्ट फेलियरको बारेमा आमधारणा यो छ कि यसमा मुटुले एकैचोटी काम गर्न छोड्छ तर यो पुर्णरुपमा साँचो हैन । हार्ट फेलियर भएमा मुटुको रगत पम्प गर्ने क्षमता कमजोर हँदै जान्छ ।

विचित्र विश्व

एउटा अजबगजबको होटल !

एउटा अजबगजबको होटल  !

दुबईमा धेरै होटलहरु रहेका छन् । ती होटलहरुमा सबै सुविधा त छदैछन् र चर्चा पनि उत्तिकै हुनेगर्छ । तर, एउटा अजबगजबको होटल साउदी अरबमा बन्न लागेको छ ।