IIMS College

ISMT

HUB Education

‘असहिष्णु भारत’ भन्दै आलेख छापिएपछि विवादमा पर्‍याे 'द इकाेनाेमिष्ट' म्यागेजिन

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

काठमाडाैँ । लण्डनबाट प्रकाशन हुने चर्चित साप्ताहिक म्यागेजिन पत्रिका ‘द इकोनोमिष्ट’ पछिल्लो आवरण र समाचारका कारण भारतमा नयाँ विवादको सुरुवात भएको छ । 

 

पत्रिकाले नरेन्द्र मोदी नेतृत्वको सरकारले पछिल्लो पटक ल्याएको नागरिकता संशोधन विधेयक (सीएए) र राष्ट्रिय नागरिक पञ्जी (एनआरसी) लिएर भारतमा भइरहेको विरोध प्रदर्शनलाई देखाउँदै सरकारमाथि प्रश्न उठाएपछि नयाँ विवादको विजारोपण भएको हो ।

 

पत्रिकाको आवरण पृष्ठमा काँडेतारबीच भारतीय जनता पार्टी (भाजपा)को चुनाव चिह्न कमलको फूल देखाइएको छ । त्यसमाथि लेखिएको छ– ‘असहिष्णु भारत’, त्यसभन्दा मुनि सबटाइटल लेखिएको छ– ‘मोदी कसरी सबैभन्दा ठूलो लोकतन्त्रलाई खतरामा पार्दैछन् ।’

 

आवरण आलेखमा प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वको सबैभन्दा ठूलो लोकतन्त्रमा विभाजनकारी भूमिका खेलेको आरोप लगाइएको छ । ‘भारतका २० करोड मुसलमान त्रसित छन्, किनकी प्रधानमन्त्री मोदी राष्ट्र निर्माणमा जुटेका छन्,’ आलेखमा भनिएको छ ।

 

बिहीबारको संस्करणमा प्रकाशित आलेखमा भारतीय जनता पार्टी सन् १९८० को दशकमा राम मन्दीरको लागि भएको आन्दोलनका कारण चर्चामा आएको उल्लेख गर्दै प्रधानमन्त्री मोदी र भाजपालाई धर्म र राष्ट्रियताका आधारमा भइरहेको विभाजले फाइदा पुगेको तर्क दिइएको छ ।

 

 

‘अवैध शरणार्थीको पहिचान गर्दै वास्तविक भारतीयको सूची तयार गर्ने प्रक्रियाका कारण १ सय ३० करोड भारतीय प्रभावित हुनेछन्,’ एनआरसी मुद्दामाथि आलेखमा चर्चा गर्दै लेखिएको छ, ‘यो प्रक्रिया आगामी थुप्रै वर्षसम्म चल्नेछ । त्यसपछि सूचीलाई अद्यावधिक गर्ने सिलसिला चल्नेछ ।’

 

यस्तो मुद्दालाई अगाडि ल्याएर सरकारले अर्थव्यवस्था लगायतका मुल मुद्दाहरूबाट जनताको ध्यान मोड्न खोजेको दाबी आलेखमा गरिएको छ । निर्वाचनमा भाजपाको विजयपश्चात् भारतको अर्थव्यवस्था चुनौतिहरूसँग जुधिरहेको समेत आलेखमा बताइएको छ ।

 

द इकोनोमिष्टको उक्त आवरण र आलेखप्रति भाजपाका थुप्रै नेताहरूले आलोचना गरेका छन् । भाजपाका एक नेता विजय चौथाइवालेले सो म्यागेजिनलाई अहंकारी र औपनिवेशिक मानसिकताबाट ग्रस्त भएकाे आरोप लगाएका छन् । 

 

‘द इकोनोमिष्ट’ समूहको ‘इकोनोमिक इन्टेलिजेन्स युनिट (इआईयू)’ले यसै हप्ता ‘ग्लोबल डेमाक्रेसी इन्डेक्स’ सूची सार्वजनिक गरेको थियो । उक्त सूचीमा भारत १० स्थान तल झर्दै ५१ औँ स्थानमा देखाइएको छ । (एजेन्सीकाे सहयाेगमा)


थप समाचार

फेवातालमा डुंगा पल्टिँदा बेपत्ता भएका २७ वर्षीय लुइँटेल मृत फेला

  • 2 hours ago
फेवातालमा  डुंगा पल्टिँदा बेपत्ता भएका २७ वर्षीय लुइँटेल मृत फेला

पोखरा । सोमबार फेवातालमा डुंगा पल्टिँदा बेपत्ता भएका एकजनाको शव फेला परेको छ । उनी काठमाडौँ १० कपन निबासी २७ वर्षीय राम शरण लुइँटेल मृत फेला परेका हुन् ।

सलमान खानको अत्यन्त निकट छिन् कटरिना !

  • 2 hours ago
सलमान खानको अत्यन्त निकट छिन् कटरिना !

एजेन्सी । बलिउडमा पछिल्लो समय सलमान खान र कटरिनाको अफयेरबारे पुनः हल्ला चल्न थालेको छ । एकपछि अर्को फिल्ममा कटरिना कैफ र सलमान खान देखिन थालेपछि बलिउडमा उनीहरुको अफयेर फेरि सुरु भएको हल्ला चल्न थालेक

सोल्टीमा कमेडी च्याम्पियनको ग्राण्ड फिनाले

  • 3 hours ago
सोल्टीमा कमेडी च्याम्पियनको ग्राण्ड फिनाले

काठमाडौँ । कमेडी रियालिटी सो कमेडी च्याम्पियनको फाइनल चैत १ गते हुने भएको छ । कान्तिपुर टेलिभिजनबाट साताको दुई दिन प्रशारण भइरहेको कमेडी च्याम्पियनको उत्कृष्ट तीनमा पर्ने प्रतिस्पर्धीहरु छानिएपछि ग्रा



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

हाम्रो शरीरलाई दैनिक कति मात्रामा क्याल्सियम आवश्यक पर्छ ?

हाम्रो शरीरलाई दैनिक कति मात्रामा क्याल्सियम आवश्यक पर्छ ?

काठमाडौं । विशेषगरि क्याल्सियम हाम्रो शरीरका हड्डीमा पाइन्छ । यसको मुख्य कामहड्डीलाई मजबूत पार्नु हो । क्याल्सियमको कारणले गर्दा नै मुटु, मांसपेशी, रगत तथा स्नायुकोषहरुले पनि शरीरमा स्वस्थ रुपमा काम गरिरहेका हुन्छन् ।

विचित्र विश्व

जन्मिए लगत्तै रिसाएकी यी बच्ची

जन्मिए लगत्तै रिसाएकी यी बच्ची

एजेन्सी । सामाजिक सञ्जालमा एउटा भर्खर जन्मिएको बच्चीको तस्बिर भाइरल भइराखेको छ । कारण उनले जन्मिए लगत्तै देखाएको रिस । उनको यही रिस देखाएको तस्बिर विश्वभर भाइरल भएको छ ।