के यो तेस्रो विश्वयुद्धको संकेत हो ?

Education Park

के यो तेस्रो विश्वयुद्धको घण्टी हो ? इरानसँग अमेरिकाको एकपछि अर्को घटनाले दुश्मनी निम्त्याइरहेको छ भने युद्धको घण्टी पनि बज्न थालेको विश्लेषकहरुले बताएका छन् । इरानको डिफेंस नेटवर्कमा साइबर अट्याक गरेको खबर पनि आइरहेको छ । अन्तराष्ट्रिय राजनीतिमा यसले ठुलो असर पार्ने अनुमान गरिरहँदा तेस्रो विश्वयुद्धको छनक पनि देखिएको बताइएको छ । 

 

अमेरिका र इरानबीचको तनाव कतिबेला तेस्रो विश्वयुद्धमा परिणत हुने हो त्यो भने कसैले भन्ने अवस्था रहेको छैन । कतिखेर एटम युद्धको आवाज गुन्जिने हो विश्व डराइरहेको अवस्था छ । 

 

इरानको तेल आयातलाई ध्वस्त पार्न र आर्थिक रुपमा लाचार बनाउन अमेरिका लागि परेको छ । गएको नोभेम्बरमा अमेरिकाले इरानमाथि प्रतिबन्ध लगाएको थियो । सन् २०१९ को मे २ सम्म चीन, जापान, भारत, इटाली, टर्की, दक्षिण कोरिया, ताईवान, युनानलाई दिइएको थियो । उक्त समय अब सकिएको छ । अब यी देशहरुले इरानसँग तेल लिन पाउने छैनन् । यदी लिएमा अमेरिकाबाट व्यापारिक प्रतिबन्धको सामना गर्नुपर्नेछ । 

 

अमेरिकाका गृह सचिव माइक पोम्पियोले भनेका छन्,‘अब छुट दिएको समय सकिएको छ । हामी इरानको तेल आयातलाई ठप्प पारिदिन्छौँ ।’ 

 

इरानको अर्थव्यवस्था तेलमा निर्भर रहेको छ । पहिला पनि अमेरिकाले इरानलाई विभिन्न बाहनामा प्रतिबन्ध लगाउँदै आइरहेको थियो । प्रतिबन्ध लगाउनुको एकमात्र कारण इरानको परमाणु कार्यक्रमलाई बन्द गराउनु हो । अमेरिकाले इरानसामु १२ वटा सर्त राखेको छ । जसमा परमाणु कार्यक्रम निरिक्षण, परिष्कृत युरेनियममा प्रतिबन्ध लगाउनु, परमाणु मिसाइलमा प्रतिबन्ध लगाउनु, सिरियाको मुद्धामा दख्खल नदिनु र हिजबूलला तथा हमासलाई समर्थन नुगर्नु रहेको छ । 

 

पहिला पनि इरानमा आयतुल्लाह खामेनईको शासन सक्काउन ठुलाठुला कोशिस भएका थिए । तर, इरानलाई चीन र रुसको साथ थियो । जसका कारण इरानलाई खासै फरक परेन । तर, यसपटक इरानलाई कठिन हुने अनुमान गरिएकोछ  । प्रतिबन्धका कारण महँगाई बढ्ने र जनतामा इरानी शासकप्रति असन्तुष्टि बढ्ने सम्भावना बलियो रहेको छ ।

 

इरानको अर्थव्यवस्थामा गएको साल ६ प्रतिशतले कमी आएको थियो । डलरको तुलनामा रियाल धेरै तल पुगेको थियो । इरानको यो प्रतिबन्धको पछाडि साउदी अरब र इजरायलको ठुलो हात रहेको बताइन्छ । फिलिस्तीनको मुद्धामा इरान सरकारद्वारा हमास, हिजबुल्लाह र अन्य संगठनलाइए समर्थन गरेका कारण इजरायल रिसाउँदै आइराखेको छ । 

 

इरानी नेताहरुले कैयौँपटक इजरायललाई विश्वमानचित्रबाट हटाइदिने धम्की पनि दिदै आइरहेका थिए । इजरायल समर्थक अमेरिकासँग लामोदेखि देखि सम्बन्धबिस्तार गर्दै आइरहेका थिए । उनीहरुले दिएको समर्थनका कारण पनि इरानमाथि प्रतिबन्ध लगाउन अमेरिकालाई सहज भएको हो । अर्को कारण साउदी अरेबिया । साउदी अरब र इरानबीच शत्रुता रहेको छ । यसको कारण साम्प्रदायिक र नस्ली दुवै रहेका छन् । इरानमा शिया मुस्लिम सम्प्रदायको बाहुल्यता बढी छ भने साउदी अरबमा सुन्नियोको बाहुल्यता बढी छ । साउदी अरब अरबाँेको देश हो भने इरान आर्य बंशको । 

 

त्यस्तै मिडल इस्ट र इस्लामिक वल्र्डमा लिडरका लागि पनि संघर्ष चल्दै आइरहेको छ । यस मुद्धामा पनि साउदी अरबमाथि इरान भारी देखिएको छ । इरान एक क्षेत्रिय शक्ति हो । इराकसँग १० वर्ष लडिसकेको छ । इरानमा धार्मिक शासन छ । साउदीमा भने राजशाही । सन् १९७९ मा इरानमा इस्लामिक क्रान्ति भयो तब साउदी अरबले उक्त क्रान्तिदेखि डराएको थियो । उक्त क्रान्ति  ध्वस्त पार्न ठुलो रकम साउदीले फण्डिङ गरेको थियो । जसका कारण पाकिस्तान, अफगानिस्तानमा ठुलो संख्यामा अतिवादीको जन्म हुन पुग्यो जसका कारण एशियामा ठुलो आतंक मच्चिन थाल्यो । 

 

साउदीलाई डर थियो कि इरानको क्रान्तिले कतै शाही शासन त जाने होइन । यही आरोपका कारण सद्धाम हुुसेनलाई ४० अर्ब डलर दिएर इरानसँग युद्धमा भुलाउने काम साउदी अरबले गरेको थियो । केही दिन अगाडि अमेरिकाले इरानी सेनाको दस्तालाई इस्लामिक रेबोल्युशनरी गार्डसलाई आतंकवादी संगठन घोषित गरिदिएको छ । यो घोषणापछि अमेरिकालाई ईरानमा हमला गर्न सिनेटको अनुमति नचाहिने भएको छ । 

 

मध्यपूर्वमा चुलियो तनाव, एक लाख २० हजार सेना उतार्दै अमेरिका– अमेरिका र इरानबीचको तनाव उच्च बिन्दुमा पुगेको छ । इरानमाथि कडा आर्थिक प्रतिबन्ध लगाएपछि अब सैन्य दबाब दिन अमेरिकाले मध्यपूर्वमा आफ्ना एक लाख २० हजार सैनिक उतार्ने भएको छ।

 

साउदीका २ वटा तेल बोकेका जहाज ध्वस्त बनाएको केही दिनमै अमेरिकाले यस्तो कदम चाल्ने निर्णय नजिक पुगेको हो। गत बिहीबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शीर्ष राष्ट्रिय सुरक्षा सल्लाहकारसँगको बैठकमा आफ्नो सैन्य योजना पेश गरेका छन्।

 

प्रशासनिक अधिकारीका अनुसार यदि इरानले अमेरिकी सेनामाथि हमलाको कोशिश गरेमा या आफ्नो परमाणु कार्यक्रम अघि बढाएमा जवाफ दिने पुरा तयारीका लागि यति धेरै संख्यामा सेना उतार्न लागिएको थियो ।

 

ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले यो सैन्य योजना पेश गरेका थिए । इरानलाई लिएर अमेरिकी सैनिकको योजनामा पुरै परिवर्तन आएको थियो । यही परिवर्तनकै नतिजा अमेरिकाले लाखौँ सैनिक मध्यपूर्वमा उतार्ने भएको हो । बोल्टनले सुरुबाटै तेहरानसँग युद्ध गर्नुपर्ने मत राख्दै आएका थिए ।

 

 

अमेरिकाले सिरिया र अफगानिस्ताबाट आफ्ना सैनिक फिर्ता गरिरहेका बेला इरानलाई लक्षित गरी ठुलो संख्यामा सैनिक उतार्ने निर्णय गरेको हो । मध्य पूर्वी एसियामा यति धेरै संख्यामा अमेरिकी सैनिक उतार्ने निर्णयले पुरै विश्व चकित भएको थियो ।

 

केही विश्लेषकहरुले भने अमेरिकाले यो कदम इरानलाई तर्साउन उठाएको बताएका छन्। यति धेरै ठुलो फौज मध्यपूर्वमा उतार्ने अमेरिकी निर्णयले ट्रम्पकै सुरक्षा सदस्य पनि चकित भएका छन्। एक लाख २० हजार सैनिक अमेरिकाले यसअघि सन् २००३ मा इराक हमलाका क्रममा उतारेको थियो ।

 

वायु सेना, थल सेना र नौसेनाको यति ठुलो संख्यामा मध्यपूर्वमा तैनाथीलाई तेहरानमाथिको हमलाको तयारीका रुपमा विश्लेषकहरुले अनुमान गरेका छन्। यसका अलावा मध्य(पूर्व एसियादेखि अमेरिकी सेनाको फिर्ताी प्रक्रिया उल्टो दिशामा फर्किन सक्नेछ। सन् २०११ मा पूर्व राष्ट्रपति बाराक ओबामाको कार्यकालमा इराकबाट सेना हटाउन थालिएको थियो ।

 

तर पनि अमेरिकी राष्ट्रिय सुरक्षा अधिकारीले भने ट्रम्पले तेहरानका केही नेताहरुलाई आफू युद्धको पक्षमा नरहेको भनेर विश्वस्त बनाएको बताएका छन्। सोमवार युएईको समुद्री तटमा तेल बोकेका दुई जहाजमा आक्रमण भएको थियो। फारसको खाडीको समुद्री यातायात संघर्षको अघिल्लो क्षेत्र बन्ने अनुमान गरिएको छ। ट्रम्पले यसबारेमा उत्तर दिँदै भनेका छन्, ‘यदि कुनै गडबड भयो भने इरानका लागि धेरै ठुलो संकटको अवस्था आउनेछ।’

 


थप समाचार

अमेरिकालाई इरानको जबाफ !

  • 11 minutes ago
अमेरिकालाई इरानको जबाफ !

एजेन्सी । अमेरिकाले इरानको मानवरहित विमान (ड्रोन) खसालेको भनी गरेको दाबी इरानको सशस्त्र बलले अस्विकार गरेको छ । सबै ड्रोन शिवीरमा सुरक्षित रुपमा फर्केको यहाँको समाचार समितिले जानकारी दिएको छ ।

अमेरिकी संसदले न्यूनतम ज्याला १५ डलर तोक्यो, सिनेट भने विपक्षमा

  • 16 minutes ago
अमेरिकी संसदले न्यूनतम ज्याला १५ डलर तोक्यो, सिनेट भने विपक्षमा

वासिङ्टन । डेमोक्र्याटिक पार्टीको बर्चश्व रहेको अमेरिकी तल्लो सदन “हाउस अफ रिप्रिजेन्टेटिभ्स” ले संघीय न्यूनतम ज्याला सन् २०२५ सम्ममा प्रतिघण्टा १५ अमेरिकी डलर बनाउने सम्बन्धी विधेयक पारित गरेको छ ।

अमेरिकामा बेरोजगारी दर सामान्य बढ्यो

  • 18 minutes ago
अमेरिकामा बेरोजगारी दर सामान्य बढ्यो

वासिङ्टन । संयुक्तराज्य अमेरिकामा गत साताको बेरोजगारी दरमा सामान्य बृद्धि भएको अमेरिकी श्रम विभागले जनाएको छ ।



प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

१२० वर्षीय बाबा शिवानन्द: चिल्लो भोजनबाहेक बाबा सेक्सदेखि पनि परै रहन्छन्

१२० वर्षीय बाबा शिवानन्द: चिल्लो भोजनबाहेक बाबा सेक्सदेखि पनि परै रहन्छन्

एजेन्सी । बनारसमा बस्दै आइरहेका १२० वर्षीय बाबा शिवानन्दको देखेर लाग्छ कि यति लामो पनि सम्भव रहेको छ । बाबा शिवानन्द तीन बजे बिहान उठ्ने गर्छन् । उठेर उनी स्नान गर्छन् र ध्यान बस्छन् । त्यसपछि एकधण्टासम्म योग गर्ने काम गर्छन् ।