IIMS College

ISMT

HUB Education

थाइरोइड हर्मोनमा गढबढी आए गलगाँड ! यस्ता छन् कारण, लक्षण र रोकथाम तथा उपचार

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

गलगाँडलाई सामान्यतया थाइरोइड पनि भन्ने गरिन्छ, जो सास फेर्ने नलीको बाहिरपट्टी हुन्छ । पुतली आकारमा हुने गलगाँडले थाइरोइड नामक हर्मोन उत्पादन गर्छ । सामान्यतया हर्मोनको मात्रामा गडबडी आएर ग्रन्थी फुल्नुलाई गलगाँड भनिन्छ ।

 

थाइरोइडमा विभिन्न गाँठागुठी देखिन सक्छन्, हर्मोनमा आउने सामान्य परिवर्तनका कारण यस्तो हुन्छ । यिनीहरुमध्ये करिब पाँच प्रतिशत मात्रै पछि गएर क्यान्सरका कारण बन्छन् । पुरुषको तुलनामा महिलामा गलगाँडको समस्या बढी देखा पर्छ । 

 

किशोरावास्थामा हर्मोनमा अत्यधिक बृद्धि हुने गर्नाले यो वेला गलगाँडको समस्या देखिन्छ । तर, निश्चित उमेरपछि यो विस्तारै आफै निको हुन्छ ।

 

कारणः

– थाइरोइड ग्रन्थीले थाइरोइड हर्मोन आवश्यकता भन्दा बढी उत्पादन गरेमा घाँटीमा डल्लो देखापर्छ । थाइरोइडले उत्पादन गर्ने टिथ्री टिफोर नामक हर्मोन अत्यधिक बृद्धि हुँदा गलगाँड हुनेगर्छ । जसलाई चिकित्सकीय भाषामा हाइपर थाइराडिजम भनिन्छ ।

 

– शरीरमा आयोडिनको कमीका कारण थाइरोइड हुने गर्छ । यसबाहेक टिएसएच नामक हर्मोनको अत्यधिक वृद्धिबाट समेत यो समस्या देखिन्छ । यसलाई हाइपोथाइराडिजम भनिन्छ ।

 

– थाइरोइडमा पलाउने ट्युमरबाट गलगाँड हुनेगर्छ । अनावश्यक रुपमा यसरी पलाउने गिर्खा क्यान्सर र विनाय गरी दुई किसिमका हुन्छन् । विनाय पानीका फोका हुन्, जसबाट क्यान्सर हुँदैन ।

 

लक्षणः 

– गलगाँड हुँदा सामान्यतया घाँटीमा गाँड देखापर्छ । हेर्दा प्रस्ट देखिने यस्तो गिर्खा ठूलो हुँदै गएमा विभिन्न समस्या देखा पर्न थाल्छ ।

 

– स्वरमा समस्या देखापर्नु, विभिन्न ग्रन्थीमा समस्या देखिनु, मानिस दुब्लाएर जानु, पसिना आउनु, मुटुको धड्कन बढ्नु, रक्तचाप बृद्धि, भोक लाग्नु तथा खाना बढी खान मन लागेपनि नपच्ने जस्ता लक्षण देखिन्छन् ।

 

रोकथाम तथा उपचारः

– गलगाँड हुनुको मुख्य कारण आयोडिनको कमी हो । त्यसैले आयोडिन खानुपर्छ ।

– न्युक्लियर र रेडिएशनको सम्पर्कमा रहने मानिसलाई थाइरोइडको समस्या हुने भएकाले एक्सरे, रेडियो वा लाइट आदिमा काम गर्ने मानिसले ध्यान दिनुपर्छ ।

– रगतको जाँच, भिडियो एक्सरे, रेडियो एक्टिभ विधिबाट गरिने थाइरोइड स्क्यान, सिटी स्क्यान तथा एमआरआई विधिबाट गलगाँड कुन अवस्थामा छ भन्ने पत्ता लगाउन सकिन्छ । 

– सामान्यतया एक सेन्टिमिटर भन्दा मूनिका गिर्खाले खासै असर गर्दैन । करिब ६ महिानदेखि एक वर्षको अन्तरालमा गिर्खा बढेको पत्ता लगाउन जाँच गर्नुपर्ने हुन्छ ।

–औषधिको प्रयोगले गलगाँड निको पार्न सकिन्छ । ट्युमरको उपचार शल्यक्रियाको माध्यमबाट गर्न सकिन्छ ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 


थप समाचार

रुखसँग बिहे गर्ने महिला

  • 52 minutes ago
रुखसँग बिहे गर्ने महिला

एजेन्सी । रुख–बिरुवाप्रति जागरुकता पैदा गर्न र त्यसको संरक्षणको लागि शनिबार पर्यावरण संरक्षक तथा समाजसेवी केट कङ्निंघमले एल्डर प्रजातिको एक रुखसँग बिहे गरेकी छिन् ।

काठले मात्र निर्मित २४ तले भवन कहाँ छ ? उक्त भवनबारे अनौठा तथ्यहरु

  • 56 minutes ago
काठले मात्र निर्मित २४ तले भवन कहाँ छ ? उक्त भवनबारे अनौठा तथ्यहरु

एजेन्सी । कुनैपनि घर निर्माण गर्नका लागि सिमेन्ट, ईटा, ढुङ्गा, बालुवा लगायतका विभिन्न सामानहरु आवश्यक पर्दछ । तर एक यस्तो भवन निर्माण भएको छ जसलाई निर्माण गर्न त्यसको पिल्लरलाई छाडेर अन्य सबै प्रयोग क

सबैभन्दा बढी डिभोर्स हुने राष्ट्रहरु

  • 59 minutes ago
सबैभन्दा बढी डिभोर्स हुने राष्ट्रहरु

एजेन्सी । पछिल्लो समय डिभोर्स हुने जोडीहरुको सख्ंया अत्याधिक बढेको छ । नेपालमा पनि दैनिक रुपमा सयौँ श्रीमान श्रीमतीहरु डिभोर्स लिइराखेको खबर बाहिर आइरहेको छ ।



प्रेम र यौन

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

आजकल जिन्दगीमा सेक्स यस्तो रोमाञ्चक विषय बनेको छ कि जोकोही यसको बारेमा खुलेर जान्न चाहान्छ । सेक्सलाई लिएर मनमा धेरै नकारात्मक कुराहरु पनि हुने गर्छन् । जुनका कारण पनि मानिसहरु जिन्दगीमा खुसी देखिदैनन् ।

जीवनशैली/स्वास्थ्य

उच्च रक्तचापको समस्या भएमा केरा अमृत समान, यस्ता छन् फाइदाहरु

उच्च रक्तचापको समस्या भएमा केरा अमृत समान, यस्ता छन् फाइदाहरु

केरा एउटा यस्तो फल हो, जुन केवल खानमा मात्र स्वादिष्ट नभइ सस्तो र स्वास्थ्यको लागि पनि फाइदाजनक छ । एक अनुसन्धानले आफ्नो डाइटमा केराको सेवन गर्दा उच्च रक्तचाप अथवा हाइपरटेनसका बिरामीका लागि फाइदा पुग्ने देखाएको छ ।

विचित्र विश्व

रुखसँग बिहे गर्ने महिला

रुखसँग बिहे गर्ने महिला

एजेन्सी । रुख–बिरुवाप्रति जागरुकता पैदा गर्न र त्यसको संरक्षणको लागि शनिबार पर्यावरण संरक्षक तथा समाजसेवी केट कङ्निंघमले एल्डर प्रजातिको एक रुखसँग बिहे गरेकी छिन् ।