थाइराइडका रोगीले यस्ता खानेकुराहरु खानुहुँदैन

काठमाडौँ । थाइराइड एक प्रकारको हर्मोन हो । हाम्रो थाइराइड ग्रन्थीले शरिरबाट आयोडिन लिएर यसलाई बनाउँछ । यो हार्मोन हाम्रो मेटाबोलिजमलाई कायम राखिराख्नका लागि आवश्यक हुन्छ । जब यो ग्रन्थीले कुनै कारणवश धेरै हर्मोन बनाउन थाल्छ, त्यतिबेला थाइराइड बढ्ने गर्दछ ।

 

थाइराइड बढ्दा विभिन्न समस्याको सामना गर्नुपर्छ । महिलाहरुमा यो रोग बढि देखिन्छ । यो रोग लागेपछि छटपटी हुनु, राम्रोसँग निन्द्रा नलाग्नु, महिनावारी गडबडी, मुटुको धड्कन बढ्नुजस्ता समस्या देखापर्न थाल्छ ।

 

यसको तत्काल उपचार आवश्यक छ । समयमा नै उपचार गरी यो रोगलाई नियन्त्रणमा लिन सकिन्छ । यसका साथै, यो रोग लागेपछि के खाने के नखाने भन्ने कुराको पनि विशेष ध्यान दिनुपर्छ । आज हामी तपाईंलाई थाइराइड रोगी कस्ता खानेकुरा खानुहुँदैन भन्ने बारे जानकारी दिन्छौं ।

 

हुन त क्याफिनले थाइराइडलाई प्रत्यक्ष रुपमा बढाउँदैन तर यसले ती समस्यालाई बढाउँछ जुन थाइराइडका कारण उब्जिएको छ । उदाहरणको लागि छटपटी र अनिन्द्रा । यसकारण तपाईं क्याफेनयुक्त– कफी, चकलेटलगायतका खानेकुराबाट टाढा बस्दा नै राम्रो ।

 

थाइराइड ग्रन्थीले हाम्रो शरिरबाट आयोडिन लिएर थाइराइड हर्मोनलाई पैदा गर्ने गर्दछ । त्यसकारण यो रोग लागेकाहरुले धेरै आयोडिन भएको खानेकुरा खानु हुँदैन । समुन्द्रि खाना र आयोडिन भएको नुन नखानुहोस् ।

 

थाइराइडका बिरामी मद्यपानबाट निकै टाढा बस्नुपर्छ । रक्सीजन्य पदार्थले शरिरको ऊर्जाको स्तरलाई प्रभावित गर्ने गर्दछ । यसले थाइराइड रोगीलाई अनिन्द्राले सताउने गर्दछ ।

 

यसका साथै यसले ओस्टियोपोरोसिसको खतरा पनि निम्त्याउँछ । यद्यपी, रक्सीजन्य पदार्थ कसैका लागि पनि राम्रो मानिँदैन । यसका कारण मोटोपना बढ्छ ।

 

बोलीचालीको भाषामा यसलाई डाल्डा घ्यू भनिन्छ । यो घ्यू मिठाईलगायतका विभिन्न पसलमा प्रयोग गरिन्छ । यसले नराम्रो कोलेस्ट्रोललाई नष्ट गरेर खराब कोलेस्ट्रोललाई बढाउँछ ।

 

थाइराइड बढेकाहरुले डाल्ड घ्यूको प्रयोग गरी बनाइएको खानेकुराको सेवन गरे यसले थप समस्या निम्त्याउने गर्दछ ।

 

रातो मासुमा कोलेस्ट्रोल र स्याचुरेटेड फ्याट अत्यधिक हुने गर्दछ । यसले तीब्र रुपमा तौल बढाउने गर्दछ । थाइराइड रोगीले रातो मासु खाँदा शरिर पोल्ने समस्या निम्तिन सक्छ ।

 

रातो मासुको सट्टा तपाईं कुखुराको मासु खान सक्नुहुन्छ । कुखुराको छातीको मासुमा राम्रो प्रोटिन हुन्छ र यसले शरिरमा बोसो बढ्न दिँदैन ।


थप समाचार

माेटरसाइकलमा दुई हेल्मेट नियम तत्काल कार्यान्वयन नहुने

  • 1 hour ago
माेटरसाइकलमा दुई हेल्मेट नियम तत्काल कार्यान्वयन नहुने

काठमाडौं । मोटरसाइकलमा यात्रा गर्दा पछाडी बस्ने यात्रुले पनि अनिवार्य हेल्मेट लगाउनुपर्ने नियम तत्काल कार्यान्वयन नहुने भएको छ ।

प्रतिमा केसीको कवितासंग्रह ‘पानीको विद्रोह’ प्रकाशित

  • 1 hour ago
प्रतिमा केसीको कवितासंग्रह ‘पानीको विद्रोह’ प्रकाशित

बेलायतमा रहेर निरन्तर नेपाली साहित्यमा सक्रिय साहित्यकार प्रतिमा केसीको पहिलो कविता संग्रह 'पानीको विद्रोह' हालै प्रकाशित भएको छ ।

तीन प्रशिक्षक परिवर्तन गर्दा पनि रियल मड्रिडकाे ‘झुर रेकर्ड’

  • 1 hour ago
तीन प्रशिक्षक परिवर्तन गर्दा पनि रियल मड्रिडकाे ‘झुर रेकर्ड’

एजेन्सी । स्पेनिस क्लब रियल मड्रिडले आफ्नो झुर सिजन सकेको छ । सिजन २०१८–१९ को अन्तिम खेलमा पनि घरेलु मैदान सान्टियागो बेर्नाबेउमा रियल बेटिससँग २–० गोलको हार ब्यहोर्दै रियलले सिजनका सबै खेल सकेको हो ।



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

महिनावारीका बेला पेट दुखेमा...

महिनावारीका बेला पेट दुखेमा...

महिनावारीका समयमा महिलामा सामान्य ढाड वा पेट दुख्ने, थकान महसुस हुने आदिजस्ता समस्या हुनुलाई स्वाभाविकै मानिन्छ । तर, कतिपय किशोरीमा सहनै नसक्ने गरी तल्लो पेट दुख्ने गर्छ । यो भने समस्या हो ।