नियमित औषधिले निको हुन्छ रोग थाइराइड

  • शुक्रबार, ११ जेष्ठ, २०७५
  • 1 year ago
  • नेपाल
Education Park

चितवन  । नियमित औषधि सेवनले थाइराइड रोग निको र नियन्त्रण हुने चिकित्सकले बताएका छन् । 

 

विश्व थाइराइड दिवसका अवसरमा आज चितवनको भरतपुरमा पुष्पाञ्जलि अस्पतालद्वारा आयोजित अन्तक्र्रिया तथा थाइराइड सम्बन्धीको सचेतनामूलक कार्यक्रममा उनीहरुले यो रोगको नियन्त्रणका लागि आवश्यक सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरे । 

 

नयाँ थाइराइड रोगी धर्मराज पौडेललाई औषधि खुवाएर शुरु भएको उक्त कार्यक्रममा अस्पतालका मेडिकल निर्देशक तथा फिजिसियन डा भोजराज अधिकारीले चेतनाको अभावका कारण आएका बिरामीमध्ये ५० देखि ६० प्रतिशत बिरामीलाई थाइराइड रोग लागेको भनेर जानकारी नहुने गरेको बताए । 

 

स्वास्थ परीक्षणबाट प्रमाणित भएपछि मात्रै आफूलाई थाइराइड भएको जानकारी पाउने गरेको भन्दै डा अधिकारीले शरीरमा कुनै असरबिना नै असजिलो महसुस भयो भने स्वास्थ्य परीक्षण जरुरी रहेको बताए । 

 

डा अधिकारीका अनुसार थाइराइडमा प्रत्यक्ष रुपमा तीन चार वटा समस्या देखिन्छ । एउटा थाइराइड ग्रन्थीले निकाल्ने रस कम हुने रोग ‘हाइपो थाइरोडिजम’ हो । अर्को हर्मोनको मात्रा बढी निस्कने ‘हाइपर थाइरोडिजम’ हो । तेस्रो, थाइराइड हर्मन सुनिने हुन्छ भने चांैथो थाइराइड क्यान्सर हुनसक्छ । 

 

स्त्रीरोग विशेषज्ञ डा हेमनाथ सुवेदीले महिलामा बढी थाइराइड देखिने गरेको उल्लेख गर्दै नियमित औषधि सेवनले बच्चा र आमालाई कुनै पनि असर नगर्ने बताए । 

 

बालरोग विशेषज्ञ डा युवानिधि बस्यौलाले जन्मेदेखिनै बच्चामा यो रोग देखिन सक्ने बताउँदै प्रति तीन, चार हजार बच्चामध्ये एक, दुई जनामा यो रोग देखिन सक्ने धारणा व्यक्त गरे । 

 

‘आमालाई रोग देखिए गर्भको बच्चामा पनि सर्न सक्छ, डा बस्यौलाले भने, “औषधी नियमित सेवन गरें केही हुन्न, तर बच्चालाई दुई वर्षसम्म उपचार नगरे सुस्त हुनसक्छ ।” 

 

प्राकृतिक चिकित्सक डा हेमराज कोइरालाले पछिल्लो समयमा थाइराइड रोग बढ्दो क्रममा रहेको बताउँदै यसप्रति सचेत रहन सबैमा आग्रह गरे । 

 

चिकित्सकका अनुसार थाइराइड ग्रन्थीले शरीरको मोटोपन हुने अथवा दुब्लोपन हुने, तापक्रम मिलाउने, भित्रको आन्तरिक व्यवस्थापन मिलाउने काम गर्छ । 

 

यसले शरीरमा हुने अनावश्यक झोलपदार्थ वा सुख्खापन अथवा कमलोपनलाई नियन्त्रण गर्ने गर्छ । त्यो हर्मन बढी भयो भने पनि र कम भयो भने पनि शरीरलाई असर गर्छ । त्यही नै थाइराइड रोग हो । 

 

प्रति १० जनाको परीक्षणमा नौजना महिलालाई यो रोग लाग्ने चिकित्सकले बताएका छन् । 

 

अनावश्यक रुपमा तौल बढ्ने, आवाजमा धोद्रोपन आउने, गोडा सुनिने, प्रेसर कम भएर जाने, कमजोर मनोबल देखिने हुन्छ । कतिपय अवस्थामा नियमित औषधि सेवन गर्दा यो रोग निको हुने र कतिपय अवस्थामा जीवनभर नै औषधि खानुपर्ने हुन्छ । 

 

चितवनमा गरिएको अध्ययनमा सामान्य मान्छेलाई जचाउँदा १२ प्रतिशतमा थाइराइड देखिएको र सुगरका बिरामीमा चेक गर्दा २४ प्रतिशतमा थाइराइड देखिएको डा अधिकारीले जानकारी दिए। 

 

अस्पतालका अध्यक्ष गौरीश्वर सापकोटाले रोग लाग्नु अगाडि नै उपचार गर्नसके स्वस्थ्य जीवन जिउन सकिने बताए । 

 

सो क्रममा अस्पतालमा भएको थाइराइड सम्बन्धीको स्वास्थ्य परीक्षण शिविरमा एक हजार बढीले परीक्षण गराएका थिए । 

 


थप समाचार

सुन्दर युवतीका क्रुर श्रीमान !

  • 2 hours ago
सुन्दर युवतीका क्रुर श्रीमान !

काठमाडौँ । सुन्दरता बढाउनका लागि मानिस हरसम्भव प्रयास गर्छ । विशेषत महिलाहरु आफ्नो सुन्दरतालाई लिएर धेरै नै चिन्तित हुन्छन् । हर लोग्ने मानिसहरुको इच्छा पनि आफ्नी श्रीमति सुन्दर होस् भन्ने चाहाना हुन्

रेखाबारेको त्यो तितो सत्य !

  • 2 hours ago
रेखाबारेको त्यो तितो सत्य !

एजेन्सी । बलिउडमा विनोद मेहेराले आफ्नो सहज अभिनयका कारण ७०–८० को दशकमा एक अलग्गै पहिचान बनाउन सफल भएका छन् । मेहेराको जन्मदिनको अवसरमा उनका जीवनका केहि राजहरुको बारेमा गरिएका यहाँ चर्चा गरिएको छ ।

श्रीमान्–श्रीमतीबीच सम्बन्ध बिग्रिरहेको छ ? कतै यस्तो भएर त हैन ?

  • 2 hours ago
श्रीमान्–श्रीमतीबीच सम्बन्ध बिग्रिरहेको छ ? कतै यस्तो भएर त हैन ?

एजेन्सी । यदी श्रीमान श्रीमतीबीचको सम्बन्धमा तनाव छ भने यसमा तपाईहरुबीचको सम्बन्धले मात्र काम गरेको हुदैन ।



प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

तातोपानीमा मह र कागती मिसाएर खानुहोस्

तातोपानीमा मह र कागती मिसाएर खानुहोस्

एजेन्सी । हामी दैनिक जीवनयापनमा यति व्यस्थ हुँदै गइरहेका छौ कि हामीलाई आफ्नो स्वास्थ्यको बारेमा समेत सोच्ने फुर्सदनै हुँदैन । तर यसले हाम्रो शरीरमा नकारात्मक असर पारिरहेको हुन्छ ।

विचित्र विश्व

सुन्दर युवतीका क्रुर श्रीमान !

सुन्दर युवतीका क्रुर श्रीमान !

काठमाडौँ । सुन्दरता बढाउनका लागि मानिस हरसम्भव प्रयास गर्छ । विशेषत महिलाहरु आफ्नो सुन्दरतालाई लिएर धेरै नै चिन्तित हुन्छन् । हर लोग्ने मानिसहरुको इच्छा पनि आफ्नी श्रीमति सुन्दर होस् भन्ने चाहाना हुन्छ ।