पाटे बाघको संख्या चितवनमा घट्यो, बर्दियामा बढ्यो

काठमाडौं । नेपालमा पाटे बाघको संख्या बढेको छ, विगत ५ वर्षको अवधिमा नेपालमा ३७ वटा बाघ थपिएका छन् । संख्या बढेसँगै मुलुकका प्राकृतिक बासस्थानमा बाघको संख्या २ सय ३५ पुगेको छ ।

 

५ वर्ष अघिको गणनामा बयस्क बाघको संख्या १ सय ९८ थियो । यसपटक चितवन, पर्सा, बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा गणना गर्दा संख्या बढेको पाइएको हो । राष्ट्रिय संरक्षण दिवसको अवसर पारेर वन तथा वातावरण मन्त्रालयले बाघको नयाँ तथ्यांक सार्वजनिक गरेको हो ।

 

पछिल्लो गणनाअनुसार चितवनमा सबैभन्दा धेरै ९३, बर्दियामा ८७, बाँकेमा २१, पर्सामा १८ र शुक्लाफाँटामा १६ वटा वयस्क बाघ अभिलेख भएका हुन् । बाघको मुख्य बासस्थान मानिने चितवनमा भने यसपटक २७ वटा बाघ घटेका छन्, ५ वर्ष अघि त्यहाँ १ सय २० बाघ रहेका थिए । यसपटक बर्दियामा बाघको संख्या निकै बढेको पाइएको छ, अघिल्लो गणनामा त्यहाँ ५० बाघ मात्रै थिए । पछिल्लो गणनाअनुसार चितवनमा सबैभन्दा धेरै ९३, बर्दियामा ८७, बाँकेमा २१, पर्सामा १८ र शुक्लाफाँटामा १६ वटा वयस्क बाघ अभिलेख भएका हुन् ।

 

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उप–महानिर्देशक एवं यसपटकको गणनाको प्राविधिक समितिका संयोजक गोपालप्रसाद भट्टराईका गोपाल प्रकाश भट्टराईका अनुसार पोथी बाघ धेरै छन् । ‘२ सय ३५ मध्ये २ सय ९ को लिङ्ग पहिचान भएको छ, २६ वटाको लिङ्ग पहिचान भएको छैन, पहिचान भएकामा धेरै पोथी छन्’ –उहाँले भन्नुभयो ।

 

लिङ्ग पहिचान भए अनुसार पर्सामा ५ भाले १० पोथी, चितवनमा ३० भाले ५० पोथी, बाँकेमा ६ भाले, १० पोथी, बर्दियामा ३० भाले, ४३ पोथी र शुक्लाफाँटामा ९ भाले र ६ पोथी छन् । ५ वटा निकुञ्ज सहित सामुदायिक वन र आसपासका भेगको २२ हजार वर्गकिलोमिटर क्षेत्रफलमा बाघ गणना गरिएको थियो । क्यामेरा ट्यापिङ, हात्तीमार्फत र स्थलगत अनुगमन गरिएको थियो । यसक्रममा ४ हजार ५ सय भन्दा बढी तस्वीर कैद भएकोमा पटकपटक तस्वीरलाई परीक्षण र विश्लेषण गरेर संख्या र लिङ्ग पहिचान गरिएको भट्टराईले जानकारी दिनुभयो । आजको नेपाल समाचारपत्रबाट ।


थप समाचार

Greenwich University pupils raised funds for a children hospice

  • 47 minutes ago
Greenwich University pupils raised funds for a children hospice

A group of Students from Greenwich University in London has raised funds for a children hospice in south east London.

पहिलो 'द भोइस अफ नेपाल' बने सिडी विजय अधिकारी 

  • 3 hours ago
पहिलो 'द भोइस अफ नेपाल' बने सिडी विजय अधिकारी 

काठमाडौं ।  नेपालको चर्चित गायन रियालिटी शो ‘द भोइस अफ नेपाल’ को पहिलो संस्करणमा   सिडी विजय अधिकारी विजेता    बनेका छन् ।

नुवाकोटमा मिनी-ट्रक दुर्घटना : १६ जनाको शव भेटियो, मृतकको संख्या बढ्न सक्ने

  • 8 hours ago
नुवाकोटमा मिनी-ट्रक दुर्घटना : १६ जनाको शव भेटियो,  मृतकको संख्या बढ्न सक्ने

र्घटनामा मृत्यु भएका १६ जनाको शव फेला परिसकेकोे प्रहरीले जनाएको छ । ५ जना घाइतेहरुलाई थप उपचारको लागि पठाइएको छ ।उद्धार कार्य जारी रहेकाले घाइते र मृतकको संख्या बढ्न सक्ने प्रहरीको भनाइ छ ।



प्रेम र यौन

महिनावारीको बेलामा यौन सम्पर्क गर्न हुन्छ कि हुँदैन ?

महिनावारीको बेलामा यौन सम्पर्क गर्न हुन्छ कि हुँदैन ?

एजेन्सी । महिनावारी भएको बेला यौन सम्पर्क गर्न हुन्छ ? या हुँदैन यो प्रश्नले धेरै जोडीहरुले सोध्ने गरेका छन् । यस्तो बेला यौन सम्पर्क गर्ने कुरा इच्छामा भर पर्छ । तर, हाम्रो समाजको चलनचल्तीको कुरा गर्ने हो भने महिनावारीको बेला सम्पर्क गर्नुलाई राम्रो मानिँदैन ।

विचित्र विश्व

अजबगजबका १० देश जसबारे कमैलाई थाहा छ

अजबगजबका १० देश जसबारे कमैलाई थाहा छ

एजेन्सी– विश्वमा केही यस्ता देशहरु रहेका छन् जसकाबारेमा कमैलाई थाहा छ । आज हामी तिनै देशबारे तपाईहरुलाई जानकारी दिदै छौ ।