तीजको दरले सुर्खेतमा नौ बिरामी

सुर्खेत । तीजको दर खाँदा आइतबार बेलुका सुर्खेतमा नौ जना बिरामी परेका छन् । 

 

वीरेन्द्रनगर नगरपालिका–२ दौलतपुर सुर्खेत निवासी डिलमाया सुनारको घरमा दर खान बोलाइएका नौ जना आफन्त बिरामी परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता श्यामसिंह चौधरीले जानकारी दिए । 

 

प्रवक्ता चौधरीका अनुसार बिरामी पर्नेमा ३० वर्षीय प्रदीप सुनार, ११ वर्षीय मिलन सुनार, नौ वर्षीय आशीष सुनार, २७ वर्षीय पदम सुनार, ३० वर्षीया चन्दा सुनार, ४५ वर्षीया चन्द्रकला सुनार, ४९ वर्षीय नरबहादुर सुनार, २० वर्षीया रीता सुनार र नौ वर्षीय अमित सुनार रहेका छन् । 

 

बिरामी सबैको उपचारको लागि मध्यपश्चिम क्षेत्रीय अस्पताल सुर्खेतमा लगिएको उहाँले जनाउनुभयो । टाउको दुख्ने, वान्ता हुने, रिङ्गटा चल्ने समस्या भएको र त्यो अवस्था अहिलेसम्म सुधारमा नआएको बिरामीका आफन्त पूजा सुनारले जानकारी दिए । 

 

क्षेत्रीय अस्पतालका डा नमोबुद्ध शाक्यले फुड प्वाइजनका कारण यो समस्या आएको जानकारी दिए । बिरामी सबैको उपचार भइरहेको छ । 


थप समाचार

सेनामा रथी बढुवाको खेल

  • 20 minutes ago
सेनामा रथी बढुवाको खेल

काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाले सेनाभित्र नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी जागिर खानेहरुको छानबिन गर्ने भएका छन् । उनले सेनाभित्रको नक्कली प्रमाणपत्र पेश गर्नेहरुको विवरण मागिसक

मुलुककै अग्ला पुल हेर्न पर्यटकको घुइँचो

  • 22 minutes ago
मुलुककै अग्ला पुल हेर्न पर्यटकको घुइँचो

पर्वत । जिल्लामा रहेका मुलुककै लामा र अग्ला झोलुङ्गे पुलमा घुम्न आउने आन्तरिकसँगै बाह्य पर्यटकको घुइँचो लाग्न थालेको छ ।

‘कसौटी जिन्दगी -२’की कोमोलिका अचानक शोबाट किन गायब !

  • 32 minutes ago
‘कसौटी जिन्दगी -२’की कोमोलिका अचानक शोबाट किन गायब !

एजेन्सी । पछिल्लो समय एकता कपूरको चर्चित सिरियल ‘कसौटी जिन्दगी २’ का कारण हिना खान चर्चामा छन् । कोमलिकाको भुमिका निभाइरहेकी हिना खानले यस शोमा ग्राण्ड इन्ट्री गरेकी थिइन् ।



भिडियो

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

मंगलबार जन्मनेहरुको स्वभाव कस्तो ?

मंगलबार जन्मनेहरुको स्वभाव कस्तो ?

मंगलबार जन्मेका व्यक्तिहरु निकै बहादुर, स्मार्ट र एक्टिभ हुने गर्दछन् । यी व्यक्तिहरु अरु मानिसहरुलाई सहयोग गर्न सधैँ तत्पर रहन्छन्, उनीहरुको स्वभाव परोपकारी किसिमको हुने गर्दछ । यी व्यक्तिहरु आफ्नो हरेक काम निकै गम्भीरताका साथ गर्ने गर्दछन् ।

विचित्र विश्व

दुबईबारे अजबगजबका कुराहरु

दुबईबारे अजबगजबका कुराहरु

एजेन्सी–बितेका केही वर्षमा एसियाका केही देशहरुले उल्लेख्य मात्रामा विकास गरेका छन् । केही देशहरुले विकास नै गर्न नसकिने ठाउँमा पनि अकल्पनिय विकास गरेर