Techie IT
२०८१ वैशाख ७, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिज्ञानेन्द्र शाहीको प्रश्नः देशमा सरकार छ कि सरकारको कुर्सीमात्रै ?

ज्ञानेन्द्र शाहीको प्रश्नः देशमा सरकार छ कि सरकारको कुर्सीमात्रै ?


काठमाडौँ । प्रतिनिधि सभाका सांसद ज्ञानेन्द्र शाहीले देशमा सरकार छ कि सरकारको कुर्सीमात्रै छ भनेर प्रश्न गरेका छन् । बिहीबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद शाहीले नेपालमा सरकार भए रुसमा अलपत्र परेका पाँच जना नेपालीले भारतसँग उद्धारका लागि अनुरोध किन गर्नुपर्‍यो भनेर प्रश्न गरेका हुन् ।

‘यदि सरकार छ भने रसियामा अलपत्र परेका पाँच जना नेपालीले छिमेकी राष्ट्र भारतसँग उद्धार गरिदिनुपर्‍यो भनेर माग गरिरहनुभएको छ’, शाहीले भने, ‘के यसले नेपाल देशमा सरकार छ भन्ने बुझाउँछ ? कहिले वारी कहिले पारी, वारी जमुना पारि जमुना ।’

उनले रसियामा रहेका गोरखाका एक नेपालीको अवस्थाबारे चर्चा गर्दै गोरखाबाट प्रधानमन्त्री र परराष्ट्रमन्त्री भए पनि तर आफ्नै निर्वाचन क्षेत्रका प्रधानमन्त्री र परराष्ट्रमन्त्रीले देशका सबै जनताको उद्धार गर्नुहुन्छ भनेर कसरी विश्वास गर्ने भन्दै प्रश्न गरे ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

‘फर्की फर्की’को ट्रेलर सार्वजनिक

काठमाडौँ । नेपाली कथानक चलचित्र ‘फर्की फर्की’को ट्रेलर सार्वजनिक भएको छ । आज सार्वजनिक गरिएको ट्रेलर अनमोल केसीमा केन्द्रित छ

निवर्तमान श्रममन्त्री भण्डारीका विवादास्पद निर्णय खारेज

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पूर्वप्रस्थान अभिमुखीकरण तालिम सञ्चालन कार्यविधि २०७६ को पहिलो शंसोधन खारेज गरेको छ।

मोरङमा अर्को सूचना जारी नभएसम्म भेला, सम्मेलन, र्‍यालीलगायतमा रोक

मोरङ । जिल्ला प्रशासन कार्यालय मोरङले अर्को सूचना जारी नभएसम्मको लागि जिल्लामा सभा, सम्मेलन, र्‍याली, भेला, प्रदर्शन गर्न रोक लगाएको

शेयर बजार साढे १९ अङ्कले घट्यो

काठमाडौँ । शेयर बजार आज पनि दोहोरो अङ्कले घटेको छ । पछिल्ला पाँच वटा कारोबार दिनदेखि शेयर बजार ओरालो लागिरहेको

सुदूरपश्चिमको मुख्यमन्त्रीमा दीर्घ सोडारीको दाबी पेस

काठमाडौँ । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा एकीकृत समाजवादीका दीर्घ सोडारीले दाबी पेस गरेका छन् । एकीकृत समाजवादी सुदूरपश्चिम संसदीय दलका नेता

मुक्तिनाथ विकास बैंक र फाइनान्स फ्रेन्डबीच समझदारी

काठमाडौँ । मुक्तिनाथ विकास बैंक लिमिटेड र र फाइनान्स फ्रेन्डबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीपत्रमा बैंकका सहायक नायाव प्रमुख

Techie IT