ISMT

HUB Education

तिमल्सेना एनआरएन युरोप क्षेत्रीय उपसंयोजकमा उम्मेदवार

  • शुक्रबार, २४ साउन, २०७६
  • 2 weeks ago
  • युके
Education Park

 

Kathmandu Trade Show

 

 

लण्डन । गैरआवासीय नेपाली संघ ( एनआरएनए ) को युरोप क्षेत्रीय उपसंयोजकमा  बेलायतका अभियन्ता कृष्ण तिमल्सेनाले उम्मेदवारी दिने भएका छन् । 

 

बेलायतका एक सफल व्यवसायी, सक्रिय सामाजिक अभियन्ता र एनआरएनका अगुवा तिमल्सेना आउँदो अक्टोबरमा काठमाडौंमा हुने विश्व सम्मेलनमा उम्मेदवार बन्ने घोषणा गरेका हुन् । 

 

लामो समय एनआरएन अभियानमा विभिन्न नेतृत्वदायी भूमिकामा रहने क्रममा हासिल गरेको अनुभवलाई सदुपयोग गर्ने योजनाका साथ आफूले सो पदमा उम्मेदवारी दिन लागेको तिमल्सेनाले बताए । 

 

देश निर्माणमा एनआरएनको काँधमा पनि ठूलो जिम्मेवारी आएको सन्दर्भमा युरोपमा रहेका नेपालीलाई पनि अझ संगठित गर्दै देश निर्माणमा लाग्न प्रेरित गर्नुपर्नेमा उनको जोड छ । 

 

युरोपमा युरोपियन युनियन लगायत यहाँका संघ संस्था व्यवसायीलाई नेपालमा सहयोग तथा लगानी गर्न प्रेरित गर्न,  युरोपमा एनआरएन  एनसीसीलाई थप विस्तार  गर्न, अहिले युरोपमा सकृय  राष्ट्रिय समन्वय परिषदलाई अझ संस्थागत, दीगो र एनआरएन आइसीसीप्रति उत्तरदायी बनाउन, युरोपमा बसेका नेपालीहरुको साझा समस्याहरु पहिचान गरी त्यसको निराकरणमा प्रयास गर्न, युरोपमा जन्मे हुर्केका नेपाली बाल बच्चाहरुलाई एनआरएनमा समाहित गर्दै देश, भाषा र हाम्रो संस्कृतिप्रति रुची जगाउन पहल गर्ने जस्ता कार्ययोजना समेत तिमल्सेनाले अघि सारेका छन् । 

 

सन् २००७ देखि एनआरएन अभियानमा होमिएका तिमल्सेना यसअघि सन् २०११ देखि २०१३ मा एनआरएन युकेको कार्यसमिति सदस्य चयन भएका थिए । यस्तै सन् २०१३ देखि ०१५ मा एनआरएन युकेकै उपाध्यक्ष बनेका उनी सन् २०१७ देखि १९ को कार्यकालका लागि अध्यक्षको प्रत्यासी बनेका थिए। 

 

सोअघि  शेष घलेको कार्यकाल (सन् २०१५ देखि ०१७) मा केन्द्रीय सदस्य बनेर काम गरेको अनुभव सँगालिसकेका उनको एनआरएनका सबै पूर्वअध्यक्षहरुसँग राम्रो सम्बन्ध रहेको छ । 

 

एनआरएनले सञ्चालन गर्दै आएका सम्पूर्ण अभियानमा सक्रियतापूर्वक सहभागिता जनाउँदै आएका तिमल्सेनाले सबैको सहसल्लाहमा आफूले उपसंयोजक पदमा उम्मेदवारी दिने निधो गरेको र विजयी हुनेमा पनि ढुक्क रहेको बताए । 

 

हाल एनआरएन युकेको सल्लाहकारको भूमिकामा रहेका तिमल्सेनाको युरोप क्षेत्रका एनआरएन नेपालीसँग व्यक्तिगत सम्पर्क समेत राम्रो छ । 

 

विशेषतः युरोप क्षेत्रका समग्र सुख दुःखमा गैरआवासीय नेपालीसँगै हिँड्ने उनको प्रतिबद्धता रहेको छ । 

 

करिब १८ वर्षदेखि बेलायतमा रहँदै आएका उनी यूकेमा समाजसेवीको रूपमा परिचित छन् । विभिन्न च्यारिटीको कामदेखि अनेकन समाजसेवाका गतिविधिमा उनी अग्रपंक्तिमा रहेर सक्रिय रहँदै आएका छन् ।

 

यस्तै उनले नेपालमा विद्यालय, वृद्धाश्रम, मन्दिर निर्माणदेखि अन्य विभिन्न सामाजिक काममा व्यक्तिगत रुपमा समेत निरन्तर सहयोग गर्दै आएका छन् । 

 

मूलतः सेफ पृष्ठभूमिबाट आएका उनका नेपाल तथा यूकेमा विभिन्न व्यवसाय सञ्चालनमा छन् ।

 


थप समाचार

पश्चिमा मुलुकहरुमा बौद्ध धर्मावलम्वीहरुको संख्या बढ्दो: स्वामी अरुण 

  • 6 hours ago
पश्चिमा मुलुकहरुमा बौद्ध धर्मावलम्वीहरुको संख्या बढ्दो: स्वामी अरुण 

बुधबार अल्डरशटस्थित शिव सांस्कृतिक तथा सामुदायिक केन्द्रमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै स्वामी अरुणले अहिले नेपाल संसारमै सबै भन्दा बढी इसाई धर्मावलम्वीहरुको संख्या बढ्दै गएको मुलुक बन्न पुगेक

मतदाता आकर्षित गर्दै रोजिना 

  • 6 hours ago
मतदाता आकर्षित गर्दै रोजिना 

एनआरएनए यूके निर्वाचनमा महिला उपाध्यक्षकी सशक्त उम्मेदवार रोजिनाको बोलीमा मिठास र सौन्दर्यले मात्र होइन, आफ्नो भिजन, लगाव र एजेन्डाले पनि मतदाता आकर्षित भइरहेका छन् ।

आचार्य बालकृष्णलाई हृदयघात

  • 6 hours ago
आचार्य बालकृष्णलाई हृदयघात

एजेन्सी । पतञ्जली आयुर्वेदका प्रबन्ध निर्देशक आचार्य बालकृष्णलाई हृदयघात भएको बताइएको छ । मिडिया रिपोर्टका अनुसार उनलाई ऋषिकेशस्थित एम्समा भर्ना गरिएको छ ।



प्रेम र यौन

महिलाहरुको लागि हस्तमैथुनले कस्तो भूमिका खेल्छ ?

महिलाहरुको लागि हस्तमैथुनले कस्तो भूमिका खेल्छ ?

एजेन्सी । यौनको कमि, साथीसँगको नराम्रो सम्बन्ध तथा आत्मविश्वासको कमि जस्ता कुराहरुले महिलाको स्वस्थ्यमा असर पुग्ने देखिन्छ । लाइफस्ट्याल कोच ‘लुक कुटिनो’ का अनुसार एक महिलाले जीवनमा यी तीन चीजको कमि रहेमा राम्रो सोच्न नसक्ने बताउँछन् । यौनको असन्तुष्टीलाई मेटाउने एक मात्र विकल्पको रुपमा हस्तमैथुन रहेको छ । यसै हस्तमैथुन किन महिलाको लागि फाइदाजनक छ भनेर चर्चा गरौं ।

जीवनशैली/स्वास्थ्य

त्यसैले नियमित नेलपोलिस गर्नु हानिकारक

त्यसैले नियमित नेलपोलिस गर्नु हानिकारक

एजेन्सी । नेलपोलिस महिलाको मेकअपमा अनिवार्यजस्तै बनेको छ । तर, नेलपोलिसले नङलाई जति सुन्दर बनाउँछ, यसको अत्यधिक प्रयोगले त्यति नै कुरूप पनि । त्यसैले नियमित नेलपोलिस गर्नु हानिकारक हुन्छ ।

विचित्र विश्व

कार भाडामा लिँदा यतिधेरै फाइदाहरु

कार भाडामा लिँदा यतिधेरै फाइदाहरु

एजेन्सी । विज्ञान तथा प्रविधिको नयाँ–नयाँ आविस्कारमा जापान अगाडी नै आउने गर्छ । लगभग विश्वको आधाभन्दा बढि कारहरु जापानमा नै बन्ने गर्छ । यससँगै जापानमा कार भाडामा लिने चलन एकदमै बढेको छ । कार भाडामा लिएर आफूलाई जहाँ जान मन लाग्छ पुग्न सकिन्छ तर त्यहाँ भने फरक रहेको छ ।