Techie IT
२०८१ वैशाख १३, बिहीबार
NepaliPatra logo
गृहपृष्ठखेलयू–१९ विश्वकपः आज अफगानिस्तानलाई हराउनैपर्ने दबाबमा नेपाल

यू–१९ विश्वकपः आज अफगानिस्तानलाई हराउनैपर्ने दबाबमा नेपाल


काठमाडौँ । आइसिसी यू–१९ विश्वकप क्रिकेटमा समूह चरणको अन्तिम खेलमा नेपालमाथि अफगानिस्तानलाई हराउनै पर्ने दबाब रहेको छ । यो खेल आज दिउँसो १ बजेर ४५ मिनेटमा दक्षिण अफ्रिकाको इस्ट लन्डनस्थित बफेलो पार्क क्रिकेट मैदान सुरु हुनेछ ।

दुई खेलमा लगातार पराजित नेपालका लागि समूह चरणको तेस्रो खेल चुनौतीपूर्ण बनेको हो । नेपाललाई अघिल्लो चरण प्रवेश गर्न अफगानिस्तानलाई पराजित गर्नैपर्ने चुनौती छ । उता अफगानिस्तानसमेत अघिल्लो चरणमा प्रवेशका लागि नेपाललाई हराउनुपर्ने दबाबमा छ । समूह चरणकै खेल भए पनि नेपाल र अफगानिस्तानबिचको आजको खेल नकआउट समान छ ।

यू–१९ विश्वकपको समूह ‘डी’ मा रहेको नेपाल पहिलो खेलमा न्युजिल्यान्डसँग ६४ रनले हारेको थियो भने दोस्रो खेलमा पाकिस्तानसँग पाँच विकेटले पराजित भयो । समूह ‘डी’मा लगातार दुई जित निकालेको पाकिस्तान र न्युजिल्यान्ड चार चार अङ्क जोड्दै सुपर सिक्समा पुगिसकेका छन् । नेपाल र अफगानिस्तान अङ्कविहीन छ । आजको खेल जुन टिमले जिते पनि अघिल्लो चरण प्रवेश गर्नेछ ।

दक्षिण अफ्रिकामा सुरु भएको १५ औँ संस्करणको यू–१९ विश्वकपमा नेपालसहित विश्वका १६ राष्ट्र सहभागी छन् । १६ देशलाई चार समूहमा विभाजन गरिएको छ । नेपाल समूह ‘डी’ मा छ। यो समूहमा पाकिस्तान, अफगानिस्तान र न्युजिल्यान्ड छन् ।

यस्तै, समूह ‘ए’ मा अमेरिका, बंगलादेश, भारत र आयरल्याण्ड छन् भने समुह ‘बी’ मा स्कटल्याण्ड, दक्षिण अफ्रिका, वेस्टइन्डिज र इंग्ल्याण्ड रहेका छन् । यसैगरी, समूह ‘सी’ मा जिम्बाबे, नामिबिया, अस्ट्रेलिया र श्रीलंका रहेका छन् ।

समूह चरणमा एक अर्कासँग खेलेपछि हरेक समूहबाट शीर्ष तीन टिम अर्को चरणमा प्रवेश गर्ने छन् । अर्को चरणमा पुग्ने १२ देशलाई दुई समूहमा विभाजन गरेर सुपर सिक्सका खेल हुने छन्। सुपर सिक्समा एक टिमले केवल दुई खेल खेल्ने छ । अन्त्यमा दुवै समूहका शीर्ष दुई टिम सेमिफाइनलमा पुग्ने छन् ।

अहिलेसम्म भारतले सर्वाधिक ५ पटक यू–१९ विश्वकपको उपाधि जित्दा अष्ट्रेलियाले तीन पटक जितेको छ । पाकिस्तानले दुई तथा बंगलादेश, दक्षिण अफ्रिका, वेस्ट इन्डिज र इंग्ल्याण्डले एक९एक पटक उपाधि जितेका छन् । यू–१९ विश्वकपमा नेपालले यसअघि सात पटक सहभागिता जनाइसकेको छ । यसपटक नेपाल आठ वर्षपछि प्रतियोगितामा सहभागी भएको हो । नेपालले गत वर्षको फागुनमा भएको यू–१९ एसिया छनोटमा संयुक्त अरब इमिरेट्स (युएई)लाई फाइनलमा हराउँदै विश्वकपमा स्थान बनाएको थियो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

वेस्ट इन्डिज ‘ए’ सँगको टी–२० क्रिकेट शृङ्खलाका लागि नेपाली टोली…

काठमाडौँ । वेस्ट इन्डिज ‘ए’ टोलीसँगको पाँच खेलको टी–२० क्रिकेट शृङ्खलाका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ ।

वेष्टइण्डिज ‘ए’ टोली नेपाल आईपुग्यो

काठमाडौँ । टी–२० सिरिज खेल्न वेष्ट इण्डिज ‘ए’ टोली नेपाल आइपुगेको छ । घरेलु टोलीसँग ५ खेलको टी–२० सिरिज खेल्न

नेपाल भ्रमणमा आउने वेस्ट इन्डिज ‘ए’ टिमको घोषणा

काठमाडौँ । नेपाल भ्रमणमा आउने वेस्ट इन्डिज ‘ए’ टिमको घोषणा भएको छ । वेस्ट इन्डिज क्रिकेट बोर्डले ३२ वर्षीय रोस्टन

एसीसी प्रिमियर कपकाे सेमिफाइनलमा नेपाल यूएईसँग ६ विकेटले पराजित

काठमाडाैँ । एसीसी प्रिमियर कप क्रिकेटकाे सेमिफाइनलमा नेपाल यूएईसँग पराजित भएकाे छ । आज भएकाे खेलमा यूएईले नेपाललाई ६ विकेटले

एसीसी प्रिमियर कपमा यूएईसँग टस हारेपछि ब्याटिङ गर्दै नेपाल

काठमाडौँ । एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा नेपालले टस हार्दै ब्याटिङ गरेको छ । ओमानको अल अमिरातमा यूएईका कप्तानले बलिङ

एसीसी प्रिमियर कपमा नेपाल र युएई भिड्दै

काठमाडौँ । ओमानमा जारी एसिसि प्रिमियर कपअन्तर्गत आज सेमिफाइनल हुँदैछ । जसअन्तर्गत नेपाल र युएईबीच प्रतिष्पर्धा हुँदैछ । दुई देश

Techie IT