IIMS College

ISMT

HUB Education

टोखारोड बन्द हुँदा उत्तरी क्षेत्र टोखा, झोर, शिवपुरी र त्रिशूली जाने लाखौँ यात्रुलाई सास्ती

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

काठमाडौँ । मुलुककै राजधानीको रुपमा रहेको काठमाडौँमा एक महीनादेखि मोटरबाटो बन्द हुँदा यात्रुले ठूलो सास्ती ब्यहोर्र्नु परेको छ । 

 

सामाखुशीदेखि ग्रीनल्याण्ड चोकसम्मको मोटरबाटो बन्द हुँदा यात्रुलाई समस्या परेको हो । टोखा नगरपालिका खरीबोट बस्ने रमा न्यौपाने बागबजार जानका लागि सामाखुशी चोक आएर बस चढ्नुपर्ने बाध्यता भएको बताउँछिन् । “लामो समयसम्म बाटो बन्द हुँदा साह्रै गाह्रो भएको छ”, उनी भन्छिन् । 

 

यस्तै, टोखा नगरपालिकाकै माधवटार हाइट बस्ने इन्द्रविलास घिमिरे पनि बाटो बन्द हुँदा आवतजावत गर्न अप्ठ्यारो भएको बताउँछन् । “चाँडो सक्नुपर्ने काम ढिलो गरेर सक्दा हामीजस्ता यात्रुलाई समस्या परेको छ”, उनी भन्छन् । 

 

यी त केवल प्रतिनिधि पात्रमात्र हुन् । सामाखुशीदेखि ग्रीनल्याण्डसम्म सवारी साधन चल्न नपाउँदा धेरै यात्रु समस्यामा परेका छन् । उक्त बाटोमा सामाखुशी यातायात, शिवपुरी, झोर टोखा हुँदै सामाखुशी चल्ने यातायात र माइक्रो सञ्चालन हुँदै आएका थिए । 

 

काठमाडौँको उत्तरी क्षेत्र टोखा, झोर, शिवपुरी र नुवाकोटको त्रिशूली जाने बाटो बन्द हुँदा लाखौँ यात्रुलाई समस्या परेको हो । सामाखुशी ग्रीनल्याण्डको बाटो बन्द हुँदा सवारी साधन सामाखुशी चोकदेखि वसुन्धरा चौकी धापासी हाइट हुँदै ग्रीनल्याण्ड जानुपर्ने बाध्यता रहेको छ । 

 

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका सरोज सिटौला ग्राण्डीजस्तो महत्वपूर्ण अस्पतालमा जाने मुख्य बाटो अवरुद्ध हुँदा सयौँ बिरामीलाई गाह्रो परेको बताउँछन् । “सरकारले पूर्वाधार निर्माणमा ढिला हुँदा लाखौँ जनताले दुःख पाएका छन्”, उनी भन्छन् । 

 

महानगरीय ट्राफिक प्रहरी वृत्त नयाँ बसपार्कका प्रमुख झलक थापामगर सामाखुशी चोकदेखि ग्रीनल्याण्ड चोकसम्म बाटो मर्मत गर्दा ट्राफिक व्यवस्थापनमा समेत समस्या परेको बताउँछन् । “ट्राफिक डाइभर्सन गर्दा साँघुरो बाटो र ठूला गाडी हुँदा धेरै जाम हुने अवस्था आउने गरेको छ”, उनी भन्छन् । 

 

टोखा नगरपालिकाका उपप्रमुख ज्ञानमाया डङ्गोल ढल निर्माण गर्दा बाटो बन्द गर्नुपरेको बताउँछिन् । “टोखा नगरपालिकाले बाटो कालोपत्रे तथा ढल निर्माण गर्नका लागि बाटो बन्द गरेको हो”, उनी भन्छिन् । बाटो फराकिलो र ढल निर्माण भइसक्न अझै एक महीना लाग्ने उनको भनाइ छ ।


थप समाचार

मड्रिडका मार्सेलो सोमबार अदालत धाए

  • 6 minutes ago
मड्रिडका मार्सेलो सोमबार अदालत धाए

एजेन्सी । स्पेनिस क्लब रियल मड्रिडका डिफेन्डर मार्सेलो सोमबार स्पेनिस अदालत उपस्थित भएका छन् । आफ्नो ड्राइभिङ लाइसेन्समा अंक नै नभए पनि गाडी कुदाइरहँदा उनीविरुद्ध मुद्दा दायर भएको थियो ।

भण्डारीको पहलमा स्कटल्याण्डमा नेपाल भ्रमण वर्ष प्रवर्द्धन

  • 11 minutes ago
भण्डारीको  पहलमा स्कटल्याण्डमा नेपाल भ्रमण वर्ष प्रवर्द्धन

लण्डन । नेपाल भ्रमण वर्षको प्रवर्द्धनका लागि स्कटल्याण्डमा एक विशेष कार्यक्रम गरिएको छ ।

'राजनीति गरिन्छ, जुवा खेलिन्न '

  • 20 minutes ago
'राजनीति गरिन्छ, जुवा खेलिन्न '

काठमाडौँ । संविधान संशोधनका लागि सत्ताधारी दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले भित्रभित्रै गरेको गृहकार्य यतिबेला छताछुल्ल भएको छ । केही शिर्ष नेताहरुले यसको खुलेरै आलोचना र विरोध गरेका छन् ।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

हाम्रो शरीरलाई दैनिक कति मात्रामा क्याल्सियम आवश्यक पर्छ ?

हाम्रो शरीरलाई दैनिक कति मात्रामा क्याल्सियम आवश्यक पर्छ ?

काठमाडौं । विशेषगरि क्याल्सियम हाम्रो शरीरका हड्डीमा पाइन्छ । यसको मुख्य कामहड्डीलाई मजबूत पार्नु हो । क्याल्सियमको कारणले गर्दा नै मुटु, मांसपेशी, रगत तथा स्नायुकोषहरुले पनि शरीरमा स्वस्थ रुपमा काम गरिरहेका हुन्छन् ।

विचित्र विश्व

जन्मिए लगत्तै रिसाएकी यी बच्ची

जन्मिए लगत्तै रिसाएकी यी बच्ची

एजेन्सी । सामाजिक सञ्जालमा एउटा भर्खर जन्मिएको बच्चीको तस्बिर भाइरल भइराखेको छ । कारण उनले जन्मिए लगत्तै देखाएको रिस । उनको यही रिस देखाएको तस्बिर विश्वभर भाइरल भएको छ ।