IIMS College

ISMT

HUB Education

टोकियो विमानस्थलको सुरक्षा रोबोटले गर्ने !

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

टोकियो । जापानको नारिता विमानस्थलमा सुरक्षाका लागि रोबोटको प्रयोग गरिने भएको छ । 

 

जापानको चिबा प्रिफेक्चरको छिमेकमा रहेको नारिता विमानस्थल मध्य टोकियोमा पर्दछ । यस विमानस्थलमा सुरक्षा प्रयोजनका लागि रोबोटको प्रयोग गरिने भएको अधिकारीहरुले जनाएका छन् । 

 

यस प्रयोजनका लागि चार ओटा रोबोट परिचालन गरिने छ । स्थानीय सञ्चारमाध्यमहरुले जनाएअनुसार ती रोबोट १.२० मीटर उचाईका छन् । 

 

ती रोबोटमा ३६० डिग्रीको हिसाबमा निगरानी गर्ने क्यामेरा जडान गरिने छ । ती क्यामेराले सुरक्षाको राम्रो निगरानी राख्ने बताइएको छ ।

 

रोबोटबाट सुरक्षा निगरानी बढाइने यस प्रणाली यही जुन ३ तारिखबाट शुरुआत गरिने उक्त विमानस्थल प्रशासनले बिहीबार विज्ञप्ति प्रकाशन गरी जानकारी दिएको हो ।

 

सन् २०२० मा जापानमा ओलम्पिक खेलकूद हुदैछ । त्यस समयमा निकै धेरै विदेशीहरुको आगमन हुने र सुरक्षाकर्मीरुको पनि आवश्यकता हुनेछ । त्यतिन्जेल पनि यस विमानस्थलमा रोबोटकै प्रयोग गरिने अधिकारीहरुले जानकारी दिएका छन् ।

 

विमानस्थल प्रशासनले दिएको जानकारी अनुसार उक्त विमानस्थलको टर्मिनल १ मा दुई ओटा र टर्मिनल २ मा दुई ओटा रोबोटको जडान गरिने जनाइएको छ । 

जापानले कामदारहरुको संख्या कटौती गर्ने नीति लिइरहेको छ । जसका कारण यसअघि पनि जापानका विभिन्न क्षेत्रमा र विशेषगरी सामान ढुवानी र यातायातमा रोबोटको प्रयोग गरि सकिएको छ ।

 

यसरी कामदार कटौतीको जापानी नीतिलाई अहिलेको रोबोटले पनि प्रबद्र्धन गर्ने अनुमान गरिएको पनि एक समाचारमा जनाइएको छ । 


थप समाचार

सलमान खानको एउटा यस्तो रहस्य !

  • 16 seconds ago
सलमान खानको एउटा यस्तो रहस्य !

एजेन्सी । बलिउड अभिनेता प्राय जसो कालो कपडामा देखिन्छन् । प्राय जसो जिन्स र टिसर्टमा देखिने उनको यो बानीबारे उनका डिजाइनरले खुलासा गरेका छन् ।

अष्ट्रेलियाका एक अजबगजबका अर्वपति !

  • 3 minutes ago
अष्ट्रेलियाका एक अजबगजबका अर्वपति !

एजेन्सी । अष्ट्रेलिायका एक अर्वपतिले सामाजिक सञ्जालमा एउटा जागिरको विज्ञापन जारी गरेका छन् । मैथ्यु लेपर नाम गरेका यी अर्वपति यस्तो पर्सनल असिस्टेन्ट चाहन्छन् जो उनीसँग हरपल रहुन् ।

अमेरिकाको मेरिल्याण्डमा अन्तराष्ट्रिय चलचित्र महोत्सव हुँदै

  • 10 minutes ago
अमेरिकाको मेरिल्याण्डमा अन्तराष्ट्रिय चलचित्र महोत्सव हुँदै

वासिङ्गटन डीसी । नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको चौथो संस्करण २०२० जुन २६ देखि २८ सम्म आयोजना हुने भएको छ । अमेरिकाको मेरिल्याण्ड राज्यमा स्थापित गैरनाफामुलक संस्था नेपाल(अमेरिका फिल



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

यस्तो रहेको छ तपाईको विहीबारको भाग्य–मंसिर २६ गते

यस्तो रहेको छ तपाईको विहीबारको भाग्य–मंसिर २६ गते

वि.सं.२०७६ साल मंसिर २६ गते । बिहीबार । ईश्वी सन् २०१९ डिसेम्बर १२ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४१ । काठमाडौंमा सूर्योदय ०६ बजेर ४५ मिनेट, सूर्यास्त बेलुकी ०५ बजेर ०७ मिनेट ।