Techie IT
२०८० चैत्र १६, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठअर्थपूर्वाधार विकासमा सहयोग गर्न महासङ्घ अध्यक्ष ढकालको वित्त निगमलाई आग्रह

पूर्वाधार विकासमा सहयोग गर्न महासङ्घ अध्यक्ष ढकालको वित्त निगमलाई आग्रह


काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घले आर्थिक मन्दिको अवस्थाबाट अर्थतन्त्रको सुधारका साथै वित्तीय पहुँच वृद्धिका लागि सहयोग गर्न अन्तर्राष्ट्रिय वित्त निगमलाई आग्रह गरेको छ ।

साना तथा मझौला उद्यमको विकास, पर्यटन जलविद्युत् लगायतका पूर्वाधार विकास एवम् लगानी प्रवद्र्धनमा निगमको साथ र सहयोग आवश्यक रहेको महासङ्घको भनाइ छ ।

महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालसँग निगमका उपाध्यक्ष सुसन लनको आज भएको भेटमा उक्त आग्रह गरिएको हो । कोभिडपछिको तीव्र विस्तारको व्यवस्थापन गर्न नसक्दा मूलतः आफ्नै कारणले अहिले अर्थतन्त्रमा समस्या रहेको र निजी क्षेत्र सङ्कुचित हुँदा सरकार र सर्वसाधारण पनि मर्कामा परेको अध्यक्ष ढकालले बताए ।

निजी क्षेत्रले काम गर्न नपाउँदा राजस्व करिब १३ प्रतिशतले घटेको र चर्को मूल्यवृद्धिका कारण सर्वसाधारणको क्रियशक्ति पनि घटदै गएको उनको भनाइ छ । सो अवसरमा नेपालको तीन दिने भ्रमणमा रहेकी उपाध्यक्ष लनले निजी क्षेत्रको प्रवद्र्धनका लागि महासङ्घसँग सहकार्य गर्न आपूm तयार रहेको बताए ।

पछिल्लो समय निगमसँगको सहकार्यमा महासङ्घले अर्थतन्त्रमा निजी क्षेत्रको योगदान प्रतिवेदन र साना तथा मझौला उद्यमी सम्मेलन आयोजना गरेको थियो । महासङ्घले साना उद्यमीका लागि सुरु गर्न लागेको विकास केन्द्र र सीप विकास महत्वपूर्ण रहेको उपाध्यक्ष लनको भनाइ थियो । लनले निगममा आर्थिक सुधार, निजी क्षेत्र र लगानी प्रवद्र्धन लगायतका विषयको नेतृत्व गर्नुहुन्छ ।

भेटका क्रममा महासङ्घका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले अधिकांश उद्योग न्यून क्षमतामा सञ्चालित रहेकाले बजार चलायमान बनाउन आवश्यक रहेको बताइन् । महासङ्घका उपाध्यक्षद्वय हेमराज ढकाल र ज्योत्सना श्रेष्ठले कर प्रणालीको सुधार र नेपालको तुलनात्मक लाभ भएका वस्तुको प्रवद्र्धन आवश्यक रहेको बताए ।

महासङ्घ लगानी तथा अन्तर्राष्ट्रिय मामिला फोरमका सभापति मनोज पौडेलले लगानी विस्तारका बारेमा नीतिगत सुधार आवश्यक रहेको बताएको महासङ्घले जनाएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

आकासियो सुनको मूल्य

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड राखेको छ । तोलामा २ हजार १०० रुपैयाँले बढेको छ । नेपाल

भारतबाट ५ सय ५४ मेगावाट बिजुली आयातका लागि सम्झौता

काठमाडौँ । नेपालले भारतबाट पाँच सय ५४ मेगावाट बिजुली आयातका लागि सम्झौता गरेको छ । नेपाल र भारतबीचको बिजुली आयात

गरिमा विकास बैंकको सिइओमा माधव प्रसाद उपाध्याय

काठमाडौँ । गरिमा विकास बैंकको सिइओमा गरिमा विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा माधव प्रसाद उपाध्याय नियुक्त हुने भएका

ग्लोबल आइएमई बैंक र आईएफसीबीच जोखिम व्यवस्थापन, लैङ्गिक तथा जलवायु…

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेड र विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बिच जोखिम व्यवस्थापन, जलवायु वित्त

शेयर बजारमा सामान्य वृद्धि

काठमाडौँ । आज शेयर बजार सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ४ दशमलव ७८ अङ्कले बढेर दुई

मुक्तिनाथ विकास बैंकद्वारा कञ्चनपुरको कृष्णपुरमा वृक्षारोपण

काठमाडौँ । मुक्तिनाथ विकास बैंक लिमिटेडले कञ्चनपुरको कृष्णपुरमा वृक्षारोपण गरेको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत करिब १५० वटा कागतीका विरुवा

Techie IT