Techie IT
२०८१ वैशाख १२, बुधबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जन‘कबीर सिंह’ फिल्म गर्न चाहँदैन्थे शाहिद कपुर, कसरी राजी भए ?

‘कबीर सिंह’ फिल्म गर्न चाहँदैन्थे शाहिद कपुर, कसरी राजी भए ?


एजेन्सी । सन् २०१९ मा रिलिज भएको शाहिद कपूरको फिल्म कबीर सिंह ब्लकबस्टर भएको थियो । यो उनको करियरको सबैभन्दा ठूलो फिल्म हो ।

हालै एक अन्तर्वार्तामा उनले पहिले यो फिल्म गर्न इन्कार गरेको बताएका थिए । तर, उनकी श्रीमती मीरा राजपूतले उनलाई प्रेरित गरेको र त्यसपछिमात्रै उनी फिल्मका लागि राजी भएका थिए ।

कबीर सिंह दक्षिण अभिनेता विजय देवरकोंडाको फिल्म अर्जुन रेड्डीको हिन्दी रिमेक हो।

निर्माताहरू यसको रिमेक गर्न चाहन्थे । सोही क्रममा उक्त फिल्म गर्न शाहिदलाई प्रस्ताव आएको थियो ।

शाहिदले भने, ‘त्यसपछि जब मीरा र मैले यो फिल्म हेर्यौँ, हामीलाई यो फिल्म निकै राम्रो लाग्यो । यी सबै कुरा यस फिल्ममा देखिएका छन्, जुन फिल्ममा कल्पना पनि गर्न सकिँदैन।’

शाहिद कपुरले पहिले यो फिल्म अस्वीकार गर्ने बताएका थिए । जसरी विजयले आफ्नो क्यारेक्टर राम्रोसँग निभाएका थिए, त्यो भूमिका आफूले निभाउन नसक्ने उनलाई लागेको थियो ।

शाहिदले भने, पहिले मीराले उनलाई करिब ५ मिनेटसम्म हेरिन् र भनिन्, ‘तिमी यो फिल्म गर । यो फिल्म तिम्रो लागि एकदम सही छ। अहिलेसम्म मानिसहरुले तिमीलाई मायाले भरिएको फिल्ममा देखेका छन् । फ्यानरूले तिमीलाई जटिल पात्रमा पनि हेर्न मन पराउँछन्।’

शाहिदले मीराको बुझाउने तरिका एकदमै सरल रहेको बताए, त्यसपछि उनले यो फिल्म गरे । यो फिल्ममा शाहिद कपूरसँग कियारा आडवाणी देखिएकी थिइन् । दुवैको जोडी पर्दामा निकै बलियो थियो । दुवैलाई फ्यानले निकै मन पराएका थिए ।

 




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

कृष्ण विकको ‘निरमाया’ सार्वजनिक

काठमाडौँ । गायक कृष्ण विकले नयाँ गीत ‘निरमाया’ सार्वजनिक गरेका छन् । गीतमा विकले गायिका स्मिता दाहालसँग स्वर दिएका छन्

‘बलिदान’मा दिव्य देव अनुबन्धित

काठमाडौँ । आसुसेन फिल्मस्‌को मेगा प्रोजेक्ट चलचित्र ‘बलिदान’मा अभिनेता दिव्य देव अनुबन्धित भएका छन् । शनिवार औपचारिक सम्झौता गर्दै उनलाई

बिपिन कार्कीको फरक भूमिका रहेको ‘एक भगवत् र एक गीता’…

काठमाडाैँ । कलाकार बिपिन कार्कीको फरक अवतारका कारण निकै चर्चा बटुलेको चलचित्र ‘एक भगवत् र एक गीता’ भिडियोपसल एपमा रिलिज

‘फर्की फर्की’को ट्रेलर सार्वजनिक

काठमाडौँ । नेपाली कथानक चलचित्र ‘फर्की फर्की’को ट्रेलर सार्वजनिक भएको छ । आज सार्वजनिक गरिएको ट्रेलर अनमोल केसीमा केन्द्रित छ

‘द रेड सुटकेस’ वैदेशिक रोजगारको अन्त्यको क्रान्ति होः श्रममन्त्री अर्याल

काठमाडौँ । नयाँ वर्षको अवसर पारेर ३० चैतबाट प्रदर्शनमा आएको चलचित्र ‘द रेड सुटकेस’ले यतिबेला दर्शकले रुचाएका छन् । यो

इराकमा सांगीतिक धमाका मच्चाउँदै राजेशपायल

काठमाडौँ । नेपालीमा उखानै छ, ‘जहाँ पुग्दैन रवि, त्यहाँ पुग्छन् कवि’ । कवि लक्षित यो भनाइलाई सार मान्दै ‘जहाँ नेपाली,

Techie IT