टोटनहमको मैदानमा जित निकाल्ने दाउमा म्यान्चेस्टर सिटी (प्रिभ्यू)
- मंगलबार, २६ चैत, २०७५
- 7 months ago
- खेल




च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेग अन्तर्गत आज दुई इंग्लिस क्लब टोटनहम र म्यान्चेस्टर सिटीबीच प्रतिस्पर्धा हुँदैछ । टोटनहमको घरेलु मैदान टोटनहम हट्सपर रंगशालामा हुने खेल नेपाली समयअनुसार राति पौने १ बजे सुरु हुनेछ ।
घरेलु लिग
म्यान्चेस्टर सिटीलाई घरेलु लिग प्रिमियर लिगको उपाधि दावेदारको रुपमा हेरिएको छ । लिगको ३२ खेल सकिँदा सिटीले २६ खेलमा जित, २ खेलमा बराबरी तथा ४ खेलमा हार व्यहोरेर ८० अंक जोडेको छ । लिगमा एक खेल बढी खेलेको लिभरपुलको ८२ अंक छ ।
उता टोटनहमले भने ‘टप फोर’ फिनिस गर्नको लागि प्रयास जारी राखेको छ । टोटनहमले खेलको ३२ खेलमध्ये २१ खेलमा जित, १ खेलमा बराबरी तथा १० खेलमा हार व्यहोरेर ६४ अंक जोडेको छ । हाल आर्सनल लिगको चौथो स्थानमा छ । टोटनहमभन्दा अघि चेल्सी रहेको छ ।
जारी च्याम्पियन्स लिगको प्रदर्शन
टोटनहम
टोटनहम च्याम्पियन्स लिगको समूह ‘बी’को उपविजेता बनेर अन्तिम १६ मा प्रवेश गरेको हो । टोटनहमले अन्तिम १६ मा जर्मन क्लब बोरुसिया डर्टमण्डलाई समग्रमा ४–० गोलले पराजित गरेको हो ।
म्यान्चेस्टर सिटी
म्यान्चेस्टर सिटी च्याम्पियन्स लिगको समूह ‘एफ’बाट समूह विजेता भएर अन्तिम १६ मा प्रवेश गरेको हो । म्यान्चेस्टर सिटीले अन्तिम १६ मा जर्मन क्लब साल्केलाई समग्रमा १०–० गोलले पराजित गरेको हो ।
पछिल्लो पाँच खेल
टोटनहमः
टोटनहमले खेलेको पछिल्लो पाँचखेलमध्ये दुई खेलमा जित हाँसिल गरेको छ । त्यस्तै एक खेलमा बराबरी तथा दुई खेलमा हार व्यहोरेको छ । टोटनहमले क्रिस्टल प्यालेसविरुद्ध २–० गोलको जित तथा बोरुसिया डर्टमण्डविरुद्ध १–० गोलको जित निकालेको थियो । त्यस्तै, आर्सनलविरुद्ध १–१ गोलको बराबरी तथा लिभरपुल तथा साउथह्याम्पटनविरुद्ध २–१ गोलको हार व्यहोरेको थियो ।
म्यान्चेस्टर सिटीः
म्यान्चेस्टर सिटीले खेलेको पछिल्लो पाँच खेलमध्ये सबै खेलमा जित निकालेको छ । सिटीले ब्राइटनविरुद्ध १–० गोल, कार्डिफ सिटीविरुद्ध २–० गोल, फुलहामविरुद्ध २–० गोल, स्वान्सीविरुद्ध ३–२ गोल तथा साल्केविरुद्ध ७–० गोलको शानदार जित निकालेको हो ।
प्लेयर्स टु वाच
सर्जियो अगुइरो (म्यान्चेस्टर सिटी)
सर्जियो अगुइरो म्यान्चेस्टर सिटीको मात्रै होइनन् प्रिमियर लिगकै उच्च गोलकर्ता हुन् । उनले जारी लिगमा १९ गोल गरिसकेका छन् । उनै स्टार खेलाडी आज टोटनहमविरुद्ध मुख्य खेलाडीको रुपमा उत्रदैछन् ।
त्यस्तै, सिटीका अन्य खेलाडीहरुमा लोरियो साने तथा रहेम स्टर्लिङ छन् । सानेको ९ एसिस्ट रहेको छ भने स्टर्लिङको पनि ९ एसिस्ट छ ।
ह्यारी केन (टोटनहम)
टोटनहमका खेलाडी ह्यारी केन पनि लिगको उच्च गोलकर्ताको सूचीमा छन् । उनले हालसम्म लिगमा १७ गोल गरिसकेका छन् । उनी पनि आज घरेलु मैदानमा मुख्य खेलाडीको रुपमा सिटीविरुद्ध उत्रदैछन् ।
त्यस्तै, टोटनहमका अर्का मुख्य खेलाडी हुन् क्रिस्टियन एरिक्सन । एरिक्सनले हालसम्म लिगमा ११ एसिस्ट गरिसकेका छन् ।
रेफ्री
बियोरन क्विपरर्स (नेदरल्याण्ड)
थप समाचार
आध्यात्मिक जागरण फैलाउन ओशो सिद्धार्थ औलिया नेपाल आउँदै
- 1 minute ago

काठमाडौं । आध्यात्मिक जागरण फैलाउन सद्गुरु ओशो सिद्धार्थ औलिया आगामी पुस पहिलो साता नेपाल आउनुहुने भएको छ । ओशोधारा सङ्घ नेपालको निमन्त्रणमा उनी आगामी पुस ५ गते नेपाल आउन लागेका हुन् ।
नेपाल बङ्गलादेशसँग पराजित, तुहियो स्वर्ण सपना
- 8 minutes ago

काठमाडौं । तेह्रौैँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत पुरुष क्रिकेट खेलमा नेपाल बङ्गलादेशको यु–२३ टोलीसँग पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा नेपाल बङ्गलादेश
म्यानचेस्टर डर्बीः कसले मार्ला बाजी
- 8 minutes ago

एजेन्सी । आज राति दुई चर्चित क्लब म्यानचेस्टर सिटी र म्यानचेस्टर युनाइटेड आमने सामने गर्दैछन् । लिगको तेस्रो स्थानमा रहेको म्यानचेस्टर सिटी र छैटौ स्थानमा रहेको म्यानुबीच निकै रोमाञ्चक खेल हुने अपेक्ष
प्रेम र यौन
महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।
जीवनशैली/स्वास्थ्य
याैनाङ्गकाे दुर्गन्ध हटाउने घरेलु विधि

एजेन्सी । याैनाङ्ग मानिसका अत्यन्तै गोप्य र संवेदनशील अंग हुन् । यही भएका कारण धेरै मानिस याैनाङ्गका बारेमा खुलेर कुरा गर्न रुचाउँदैनन् ।
विचित्र विश्व
विश्वको सबैभन्दा लामो खुट्टा भएकी महिला

एजेन्सी । विश्वमा विभिन्न कारणले मानिसहरु चर्चामा आउने गर्दछन् । मानिसहरु बनोट देखि लिएर आफ्ना प्रतिभाहरुले गर्दा उनीहरुलाई अरु भन्दा फरक र विशेष हुन्छन् ।