Techie IT
२०८१ वैशाख ८, शनिबार
NepaliPatra logo
गृहपृष्ठखेलसाफ च्याम्पियनसिपः नेपाल कुवेतसँग पराजित

साफ च्याम्पियनसिपः नेपाल कुवेतसँग पराजित


काठमाडौँ । नेपालले साफ च्याम्पियनसिप फुटबल–२०२३ को हारबाट सुरुवात गरेको छ । भारतको बैंगलोरस्थित श्री कान्तिरभा रंगशालामा भएको उद्घाटन खेलमा नेपाल ३–१ गोलले पराजित भएको हो ।

कुवेतको जितमा खलिद हजिया, सबाइब अलखादी र मोहम्मद अबदुल्लाहले गोल गरे । नेपालका अन्जन विस्टले एक गोल फर्काए । खेलको २३ औं मिनेटमा हजियाले गोल गर्दै कुवेतलाई सुरुवाती अग्रता दिलाएका थिए । उनले कर्नरबाट आएको बललाई हेडरमार्फत गोल गरेका हुन्

यस्तै, ४१ औं मिनेटमा अलखादीले गोल गर्दै कुवेतको अग्रता दोब्बर पारे । नेपालका डिफेन्डर बिमल पाण्डेलाई डी–बक्सभित्र बीट गर्दै उनले सुन्दर गोल गरे । ६५ औं मिनेटमा अबदुल्लाहले गोल गर्दै कुवेतलाई ३–० ले अघि बढाए । उनले पेनाल्टीमार्फत गोल गरेका हुन् । क्रस आएको बलले नेपालका अनन्त तामाङलाई हातमा लागेपछि कुवेतले पेनाल्टी पाएको थियो ।

यता, ६८ औं मिनेटमा अन्जनले गोल गर्दै नेपाललाई १–३ को अवस्थामा ल्याए । अन्जनको यो नेपालका लागि १२ औं गोल हो । समूह ‘ए’मा रहेको नेपालले अब २४ जुन आयोजक तथा डिफेन्डिङ च्याम्पियन भारत र २७ जुनमा पाकिस्तानसँग खेल्नेछ ।

नेपालको समूहमा भारत, कुवेत र पाकिस्तान रहेका छन् । त्यस्तै समूह ‘बी’मा लेवनान, बंगलादेश, माल्दिभ्स र भुटान रहेका छन् । प्रत्येक समूहको शिर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । फाइनल खेल ४ जुलाईमा हुनेछ ।

 

 




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

एसीसी प्रिमियर कपकाे सेमिफाइनलमा नेपाल यूएईसँग ६ विकेटले पराजित

काठमाडाैँ । एसीसी प्रिमियर कप क्रिकेटकाे सेमिफाइनलमा नेपाल यूएईसँग पराजित भएकाे छ । आज भएकाे खेलमा यूएईले नेपाललाई ६ विकेटले

एसीसी प्रिमियर कपमा यूएईसँग टस हारेपछि ब्याटिङ गर्दै नेपाल

काठमाडौँ । एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा नेपालले टस हार्दै ब्याटिङ गरेको छ । ओमानको अल अमिरातमा यूएईका कप्तानले बलिङ

एसीसी प्रिमियर कपमा नेपाल र युएई भिड्दै

काठमाडौँ । ओमानमा जारी एसिसि प्रिमियर कपअन्तर्गत आज सेमिफाइनल हुँदैछ । जसअन्तर्गत नेपाल र युएईबीच प्रतिष्पर्धा हुँदैछ । दुई देश

एन्फा उपाध्यक्ष दावा लामा छुटे

काठमाडौँ । लागू औषध मुद्दामा फरार रहेको भन्दै पक्राउ परेका अखिल नेपाल फुटबल संघ (एन्फा) उपाध्यक्ष दावा लामा छुटेका छन्

अपराजित रहँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

काठमाडौँ । नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको छ । साउदी अरेवियालाई ६ विकेटले हराउँदै नेपालले सेमिफाइनलमा स्थान बनाएको

एन्फा उपाध्यक्ष दावा लामा पक्राउ

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन् । लामा बुधवार पक्राउ परेका हुन्

Techie IT