IIMS College

ISMT

HUB Education

भ्रमण वर्षको प्रवद्र्धनका लागि वेबसाइट तथा समाचार पोर्टल सार्वजनिक

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

काठमाडौँ । भ्रमण वर्षको प्रभावकारी प्रवद्र्धनका लागि नेपाल भ्रमण वर्ष २०२० सचिवालयले आधिकारिक वेबसाइट, समाचार पोर्टल तथा सामाजिक सञ्जाल सार्वजनिक गरिएको छ ।

 

उक्त वेबसाइट तथा सामाजिक सञ्जालको एक कार्यक्रमकाबीच शुभारम्भ गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले भ्रमण वर्षको प्रचारप्रसारमा यसबाट थप गुणात्मक सहयोग पुग्ने विश्वास व्यक्त गरे । 

 

भ्रमण वर्ष अभियानका गतिविधि द्रुत गतिमा अघि बढेको सन्दर्भमा भ्रमण वर्षसम्बन्धी सम्पूर्ण सूचना तथा जानकारीलाई सहजरुपमा ग्रहण गर्न वेबसाइट तथा सामाजिक सञ्जाल उपयोगी हुने उनले उल्लेख गरे । 

 

त्यहाँ राष्ट्रपति, प्रधानमन्त्री, संवैधानिक निकायका प्रमुख, विभिन्न राजनीतिक दलका नेता, चर्चित सेलीब्रेटी, आरोही, ख्यातिप्राप्त खेलाडी, प्रतिष्ठित व्यवसायी आदिको सन्देश समेटिने उनको भनाइ थियो । 

 

नेपालमा घुम्न कहाँ जाने, प्राकृतिक, भौगोलिक, सांस्कृतिक, धार्मिक तथा अध्ययन अनुसन्धानका हिसाबले कुन क्षेत्रमा जानेजस्ता सूचनालाई भ्रमण वर्षको साइटमा राखिनेछ । 

 

पर्यटनमन्त्री भट्टराईले भ्रमण वर्ष सरकार या कुनै अमुक व्यक्ति तथा राजनीतिक दलको मात्र नभई आम नेपालीको सरोकार भएको विषय हो भन्दै यसलाई सफल बनाउन साझा अभियानका रुपमा लाग्नुपर्नेमा जोड दिए । 

 

पर्यटन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले नजिकिएको भ्रमण वर्ष अभियानलाई प्रभावकारीरुपमा प्रवद्र्धन गर्न वेबसाइट र सामाजिक सञ्जालले सहयोग पुग्ने धारणा राखे । 

 

भ्रमण वर्ष अभियानका राष्ट्रिय कार्यक्रम संयोजक सुरज वैद्यले अभियानलाई प्रभावकारीरुपमा अघि बढाउन सचिवालय पूर्ण क्षमताका साथ लागिपरेको बताए । वेबसाइटमा समाचार सन्देश मात्र नभई किन नेपाल भ्रमण गर्नुपर्छ भन्ने अन्तरवार्तासहितका सामग्री राखिनेछ । भ्रमण वर्ष कार्यक्रम कार्यान्वयन उपसमितिका अध्यक्षसमेत रहनुभएका सचिव अधिकारीले देशभरका गन्तव्यबाट आएका भिडियोलाई छनोट गरी उत्कृष्टलाई पारिश्रमिकको व्यवस्थासमेत मिलाउन सचिवालयलाई निर्देशन दिए । 

 

भ्रमण वर्षका औपचारिक वेबसाइटमा www.visitnepal2020.com तथा भ्रमण वर्षको औपचारिक समाचार पोर्टल www.visitnepal2020.com रहेका छन् । 

 

त्यस्तै सामाजिक सञ्जाल फेसबुक, ट्वीटर, इन्स्टाग्राम र लिंकङइनका औपचारिक ह्याण्डल सार्वजनिक गरिएको छ । facebook-@nepallifexperiences, instagram-@visitnepalyear2020_official,twitter-@vny2020official,linkedin-@visitnepal2020-secretariat रहेको छ ।

 

नेपाललाई विश्व पर्यटन बजारमा गुणस्तरीय पर्यटकीय गन्तब्यका रुपमा विकास र प्रवद्र्धन गर्दै सन् २०२० मा कम्तीमा २० लाख विदेशी पर्यटक भित्र्याउन, पर्यटक खर्च दर बढाउन, पर्यटकको बसाई लम्ब्याउन र थप सुखद बनाउन सहयोग गर्ने उद्देश्यले भ्रमण वर्ष अभियानअन्तर्गत विभिन्न कार्यक्रम अघि बढाइएको भ्रमण वर्ष सचिवालयले विज्ञप्तिमा उल्लेख गरेको छ ।

 

भ्रमण वर्षले सन् २०२० मा हाल १२ दिनको पर्यटकको बसाई अवधिलाई लम्ब्याएर १५ दिन पु¥याउने र प्रति पर्यटक खर्च दैनिक ६५ डलर पु¥याउने लक्ष्य लिइएको छ । कूल गार्हस्थ उत्पादनमा पर्यटन क्षेत्रको योगदान पाँच प्रतिशत पु¥याउने तथा विदेशी मुद्रा आर्जनमा पर्यटन क्षेत्रको योगदान आठ प्रतिशत पु¥याउने लक्ष्य राखिएको छ ।

 


थप समाचार

एशियाकै ठूलो शिला शालिग्राम संरक्षण अभावमा जीर्ण, यस्तो छ धार्मिक महत्व

  • 9 minutes ago
एशियाकै ठूलो शिला शालिग्राम संरक्षण अभावमा जीर्ण, यस्तो छ धार्मिक महत्व

तम्घास । एशियाकै सबैभन्दा ठूलो शिला शालिग्राम संरक्षणको अभावमा जीर्ण बन्दै गएको छ । गुल्मी, अर्घाखाँची र पर्वतको सङ्गमस्थल कालीगण्डकी नदीमा रहेको शिला शालिग्राम संरक्षणको अभावमा जीर्ण बन्दै गएको हो ।

राष्ट्रपति भण्डारी स्वदेश फिर्ता

  • 14 minutes ago
राष्ट्रपति भण्डारी स्वदेश फिर्ता

टोकियो । राष्ट्रपति विद्यादेवी भण्डारी जापान सरकारको मैत्रीपूर्ण निमन्त्रणामा सम्राट नोरुहितोको गद्दी आरोहणको विशेष समारोहमा सहभागी भई आज बिहान टोकियोको हानेबा विमानस्थलबाट स्वदेशतर्फ प्रस्थान गरेकी छ

अब अविवाहित एकल महिलालाई पनि भत्ता दिइने

  • 18 minutes ago
अब अविवाहित एकल महिलालाई पनि भत्ता दिइने

दिपायल । जिल्लाको दिपायल सिलगढी नगरपालिकाले ५० वर्षसम्म विवाह नगरी बसेका अविवाहित एकल महिलालाई भत्ता दिने भएको छ । विवाह नगरी एकल जीवन बिताइरहेका नगरभित्रका महिलालाई नगरपालिकाले भत्ता दिने निर्णय गरेक



प्रेम र यौन

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

आजकल जिन्दगीमा सेक्स यस्तो रोमाञ्चक विषय बनेको छ कि जोकोही यसको बारेमा खुलेर जान्न चाहान्छ । सेक्सलाई लिएर मनमा धेरै नकारात्मक कुराहरु पनि हुने गर्छन् । जुनका कारण पनि मानिसहरु जिन्दगीमा खुसी देखिदैनन् ।

जीवनशैली/स्वास्थ्य

यस्ता छन् अभिनेत्री आलिया भट्टको फिटनेस सुुत्र...

यस्ता छन् अभिनेत्री आलिया भट्टको फिटनेस सुुत्र...

बलिउड अभिनेत्री आलिया भट्ट आफ्नो सुन्दरता र अभिनयका कारण सँधै चर्चामा रहँदै आएकी छन् । पछिल्लो समय उनी अभिनेता रणवीर कपुरसँगको रिलेशनसीप र फिल्मका कारण चर्चामा छन् । उनले आफू फिट रहनका लागि खानपान र ब्यायममा विशेष ध्यान दिन्छन् ।

विचित्र विश्व

रुखसँग बिहे गर्ने महिला

रुखसँग बिहे गर्ने महिला

एजेन्सी । रुख–बिरुवाप्रति जागरुकता पैदा गर्न र त्यसको संरक्षणको लागि शनिबार पर्यावरण संरक्षक तथा समाजसेवी केट कङ्निंघमले एल्डर प्रजातिको एक रुखसँग बिहे गरेकी छिन् ।