IIMS College

ISMT

HUB Education

पर्यटनको सम्भाव्यता र भ्रमण वर्षको उत्साह

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

विश्व सौन्दर्यलाई एकै स्थानमा सजाएर राखेको विश्वको कुनै देश छ भने त्यो हो नेपाल । हिमाल छ, पहाड, उपत्यका, छाँगा, छहरा, नदी, ताल तलैया या त उपत्यकाको प्राकृतिक गरिमा छ । कसैले सोचेर भन्दो हो– समुद्र छैन । संसार रच्नेवालाले सोचेर रचेका रहेछन् किनकि सुनामीको खतरालाई नेपालभित्र नै राख्न चाहेनछन् । तर फेरि पानीको अभावको कमी औँल्याउलान् भन्ने सोचेर विश्वको दोस्रो जलस्रोतको मुलुक बनाउन भ्याएछन् रच्नेवालाले । नेपालको भूगोलले नेपाली सम्भाव्यताको कायलाई शिरोपर गरेको छ । विश्वका दिग्दारी यान्त्रिकता र व्यवस्तताले वाक्क लाग्दो मनलाई एकछिन लोभ्याउने खुबी राख्छ नेपालले । यान्त्रिक चिच्याहट र कृत्रिमताको अतिवादिताले गाँजेको विश्वको समाजलाई सौन्दर्यताको सुगन्ध छर्न चाहन्छ । शान्तिप्रिय सौन्दर्यको छहरा र पाखासँग वन्यजन्तुको रम्यता छ, पुष्प सुगन्धको अलौकिक सुवासता छ । हिमाल, पहाड, तराई र उपत्यकाका सौन्दर्य निधिलाई छातीमा सजाएर पर्यटन उद्योगको सम्भाव्तालाई स्पष्ट सजाएको छ । प्राकृतिक, सामाजिक, सांस्कृतिक, धार्मिक, ऐतिहासिक, भाषिक, कलात्मक अभिव्यञ्जनामा विविधतालाई सजाएको नेपालसँग विश्व पर्यटन बजार आकर्षणको खुबी छ । वातावरणीय सजावटदेखि वन र वन्यजन्तुको रक्षादेखि आय आर्जनका साथमा जलवायु परिवर्तनको न्यूनीकरणमा विशेष कदम चाल्ने नेपाली सम्भाव्यता प्रशस्तै छ । एक पन्था दो काजलाई सञ्चालन गर्ने चातुर्यता बनिबनाउ छ । यसर्थ हरेक दिन पर्यटन उत्सव मनाउने क्षमतालाई शिरोधार्य गर्ने हाम्रो देश स्पष्ट नीति र योजनाको मार्गमा लम्कन नसक्दा पीडित छ । विडम्बना यति भएर पनि आजसम्म गरिबीको रेखामुनि दुःखित छ ।  

 

अर्थतन्त्र विकासको मुख्य काय पर्यटन सुधार हो तर यहाँका रैथाने ज्ञान, कला, संस्कृति, सांस्कृतिक कौशल विकास लगायतका विषयमा ध्यान नदिए हामी अधुरा बन्छौँ । हामीले ‘अतिथि देवो भवः’ भनेर आफ्नो संस्कृतिलाई बलिदानी दिनतिर ढल्कियौँ भने त्यो राष्ट्रियता मार्ने कुकृत्य हुन जान्छ । नेपाल पर्यटकीय सम्भाव्यतालाई छातिभरी बोकेर ‘प्रभावकारी व्यवस्थापन गर्ने’ तथा ‘लगानी गर्ने’ दुईवटा समस्याको अभावमा तड्पेको मुलुक हो । हिमाल आरोहण, धार्मिक यात्रा, पदयात्रा, जलाशय अवलोकन, हिमश्रृङ्खला र औषधीको अथाह मनोरम्यतामा नेपाल विविधताको सङ्गम हो । वीरताको गाथा, इतिहासको गरिमा, बुद्धको देश, राजर्षि जनक, महर्षि वेदव्यासको गरिमा, सीताको आदर्शता र उच्च सम्मानका पौराणिक गरिमाले लाखौँ स्वदेशी विदेशी पर्यटकलाई विभिन्न बहानाले बोलाउँछ । शान्तिभूमिको गरिमा अनि क्रान्तिभूमिको सह्राहनालाई बोकेर पर्यटकीय आचरणलाई होमस्टे भन्दै सजाउन थालेको देखिन्छ ।

 

पर्यटन विकासको सन्दर्भलाई गाँसेर संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यस ‘नेपाल भ्रमण वर्ष २०२०’ का रूपमा मनाउने जोडतोडका साथ तयारी गरिरहेको छ । मन्त्री योगेशकमार भट्टराईले कार्यभार सम्हालेको छोटो समयमै अर्बौँको राजश्व विकास तथा १० लाखलाई रोजगारी दिलाउने परिकल्पनासहित एक वर्षे कार्ययोजना तयार पारी द्रुततर गतिमा कार्यक्रम गर्दै आएका छन् । मूलतः ज्येष्ठ नागरिकलाई हवाइ यात्रामा छुट दिने, पर्यटन विकासमा ठोस कार्यक्रम गर्नेदेखि देश विदेशमा भ्रमण वर्ष सफलताको अभ्यासमा विशेष पहल गरिरहेको देखिन्छ । त्यसो त सन् २०१७ तिरै २०२५ सम्ममा २५ लाख विदेशी पर्यटक भिœयाउने लक्ष्य लिइएको देखिन्छ । फलतः आर्थिक समृद्धिका क्षेत्रमा यो भ्रमण वर्ष एउटा उदाहरणीय कदम हुने नै छ । यद्यपि पर्यटन विकासका कार्ययोजनाको क्रममा भ्रष्टाचारको सिकार बन्ने, बनाइने, आफ्ना कमजोरीले आलोचित हुने कुनै पनि कार्यप्रति पूर्व सचेतना र चनाखो हुनुपर्ने कुरामा पनि दुई मत रहन्न । भ्रमण वर्षको सफलतासँगै नेपालका हजारौँ जनताले रोजगार पाउने आशा तुनिन्छ । जनता युवा मन्त्रीसँग आशाको भावनाले सद्भाव पस्कन कञ्जुस्याइँ गरिरहेको छैन । अझ यही भ्रमण वर्षमा नै भारतबाट ५ लाख र चीनबाट २० लाख नागरिक नेपालमा पर्यटकीय लक्ष्यका साथ आउने प्रक्षेपणले नेपालले पर्यटन विकास र नेपालको छिमेकीलाई आफ्नो देशको प्रचार गर्ने अभिष्ट राखेको छ ।

 

भ्रमण वर्षको सफलता

 

 

हाम्रो देशले आजसम्म लक्ष्यसम्म पुगेर भ्रमण वर्ष या त पर्यटन वर्ष जे नाम दिएर लक्ष्य राखेको छ, त्यसमा पाइला टेक्न सकेन । के त सबै एक भएर लागेमा सफल भइन्न र ? कि हामीले पनि गपैm मात्र त गरिरहेका छैनौँ ? सोच्नुपर्छ, समय सारै मूल्यवान् छ । नेपालले पहिलो पटक ‘नेपाल भ्रमण वर्ष १९९८’ भनेर पाँच लाख पर्यटक विदेशी पर्यटक भित्र्याउने  लक्ष्य लिएकोमा ४ लाख, ६३ हजार, ६ सय ८४ जनालाई स्वागत ग¥यो । सन् १९९९ मा ४ लाख, ९१ हजार ५ सय ४ जना, ‘नेपाल पर्यटन वर्ष २०११’ मा ७ लाख ३६ हजार २ सय १५ जना, ‘नेपाल पर्यटन वर्ष/लुम्बिनी भ्रमण वर्ष २०१२’ मा ८ लाख ३० हजार ९२ जना,  नेपाल पर्यटन वर्ष २०१५ मा ५ लाख ३८ हजार ९ यस ७० जना विदेशी पर्यटकलाई भित्र्याएको थियो । यो वर्षलाई नाकाबन्दी, भूकम्प, बाढी आदि प्रकोपको समस्याले झापड हान्यो । २०२० सम्ममा २० लाख पर्यटकलाई नेपाल भित्र्याउने लक्ष्यसँग गाँसेर हेर्दा २०१८ सम्ममा ११ लाख ७७ हजार विदेशी पर्यटक नेपालमा भित्रिए, जुन लक्ष्यभन्दा धेरै थोरै हो ।

 

भ्रमण वर्षको सफलतासँग संघ, प्रदेश र स्थानीय तहको अपनत्व आवश्यक छ । सम्भाव्यता पहिचान र स्पष्ट योजनाको कार्यान्वयन झनै आवश्यक हुन्छ । सुरक्षा निकायदेखि राज्यका सबै नागरिक समुदायले पर्वका रूपमा लिन सक्नुपर्छ । यद्यपि हाम्रो नेपालमा हिँड्ने गोरुको पुच्छर निमोठ्ने पुरानो सरुवा रोगले काम गर्न चाहनेलाई पनि दोषको पगरी भिराएर विफल पार्ने नियतिले प्रहार गरिरहन्छ । तर हाम्रो देशले, सबै सरकारी निकायले, निजी संघ–संस्थाले, सरोकारवालाले आ–आफ्ना क्षेत्रका सम्भाव्यता पहिचान गर्ने गरी जागरुकता देखाउनुपर्छ । यदि सबैले आ–आफ्नो क्षेत्रबाट कदम चलाउने, देश–विदेशका सबैले जाँगर चलाउने हो भने अनि राजनीतिक खेमा र स्वार्थभन्दा माथि उठेर लाग्ने हो भने नेपालले ठूलो आयआर्जनको जग बसाउन सक्छ । चाहे बजेट व्यवस्थापन होस् या त अन्य प्राविधिक पक्षमा सक्रिय सहभागिता जनाउनुपर्छ । नत्र समय बितेपछि निधार हात राखेर झोक्राउनुपर्ने विवसता आउन सक्छ । यतिखेर हातेमालो गरेर सबै तह र तप्काले एउटै स्वर बोलौँ नत्र जब भयो राति अनि बूढी ताती हुनेछ । अझ बढी दुःखको कुरो मर्ने बेलाको हरियो काँक्रो बन्यो भने त्यसका दोषी पनि पर्यटनमन्त्री मात्र नभएर हामी सबै नेपाली जनता हुनुपर्छ ।

 

नेपालमा राम्रो काम गर्नेको खाँचो छ । जनताले राजनीतिक वितृष्णाका कारण विभिन्न अवस्थामा विकल्पको परिकल्पना गर्नु सुशासन र समृद्धिको आभास हुन नसक्नु हो । निगमको विकास र भ्रमण वर्ष २०२० लाई विश्वभर सञ्चार गर्नेदेखि त्रिभुवन विमानस्थलको सुधार लगायतका पर्यटन मन्त्रालयका एकवर्षे कार्ययोजनाले तोकेको समयावधिलाई सम्पन्न गर्ने गरी निःस्वार्थ सेवालाई प्रवाह गर्नुपर्छ । विश्वभरि डिजिटल मार्केटिङदेखि प्रचाप्रसार तथा बुटिक विमानस्थल निर्माणार्थ खटेका भट्टराईले रोजगारीको सिर्जना, गरिबी निवारण तथा समावेशी विकासको जगमा आर्थिक विकासको चाखलाग्दो योजना तथा कार्यान्वयनका पक्षमा पहलकदमी गरिरहेको देखिन्छ । सालाखाला हिसाबलाई हेर्दा नेपालमा वर्षेनी करिब ५ लाख पर्यटकहरू भ्रमण गर्नका लागि नेपाल आएको देखिन्छ । फलतः नेपालको अर्थतन्त्र विकासार्थ प्रदान गर्ने रोजगारीमध्ये करिब २० प्रतिशत सहयोग पुग्नुले पनि यो शुभकार्य केवल पर्यटन मन्त्रालयको मात्र जिम्मेवारी र दायित्व होइन । सबै आम जनता, सरकार या त सबैले समान स्तरमा रहेर जुट्नुपर्छ । 

 

दायित्वबोध

 

नेपालले हवाइ चाप र ट्राफिक व्यवस्थापन, इन्धन मूल्यमा छिमेकीसँग समझदारी, कम पार्किङ शुल्क व्यवस्थापन, ट्रली, सञ्चार, शौचालय, सरसफाइ व्यवस्थापनदेखि अनलाइन भिसा र टिकटको सुलभ प्रबन्ध गर्न सक्नुपर्छ । सुनकाण्डका घटना घटेका छन् तसर्थ सिसिटिभिको राम्रो प्रबन्ध, पार्किङमा भएको आडम्बरीपनालाई सुधारेर काठमाडौँ लगायतका अन्य शहरमा फोहोर व्यवस्थापनका पक्षमा समेत ध्यान दिइनैपर्छ । साँच्चैभन्दा काठमाडौँमा घुम्न आएका आन्तरिक या बाह्य पर्यटकलाई राम्रोसँग चर्पीको सुविधा हुँदैन । लाजमर्दो कुरा तर सत्य हो । 

 

आन्तरिक र बाह्य कक्षमा भिडभाड हुन्छ । यसमा अन्तर्राष्ट्रिय मापदण्ड विकासार्थ सभा, सम्मेलन र छुट्टै अध्यागमन काउन्टर खोल्नेदेखि विमानस्थलमा सेवारत कर्मचारीलाई आवश्यक सकारात्मक सोचसहितको सेवा विकासमूलक तालिम दिने विशेष योजनालाई सम्मान गर्नैपर्छ । पर्यटक केयरमा स्वास्थ्य, स्वागत, प्रेमभाव या त सहज परिवेशको कल्पना हुनुपर्छ । अतः पर्यटकले भ्रमण गर्नु भनेको घुम्नु मात्रै होइन आपूmले घुमेर अरूलाई पठाउनु पनि हो । 

 

वर्तमान अवस्थामा राजनैतिक र प्राकृतिक समस्याभन्दा बढी प्राविधिक जटिलता छन् । नेपालले हवाइ चाप र ट्राफिक व्यवस्थापन, इन्धन मूल्यमा छिमेकीसँग समझदारी, कम पार्किङ शुल्क व्यवस्थापन, ट्रली, सञ्चार, शौचालय, सरसफाइ व्यवस्थापनदेखि अनलाइन भिसा र टिकटको सुलभ प्रबन्ध गर्न सक्नुपर्छ । वाइडबडीदेखि सुनकाण्डका घटना विमानस्थलभित्रै घटे । आज पार्किङमा आडम्बरीपना छन्, मुलुकका शहरी क्षेत्रका फोहोर व्यवस्थापनका चुनौतीदेखि आन्तरिक र बाह्य पर्यटन विकासका लागि तत्कालीन र दीर्घकालीन योजना कार्यान्वयनका विषय सहज छैनन् । 

 

अध्ययनलाई हेर्दा हाल नेपालमा १५ वटा पाँचतारे होटल छन् । करिब २५ लाख पर्यटकलाई सेवा दिने गरी नेपालमा ६ सय ६० वटा तारे तथा पर्यटकीय होटल छन् । यसर्थ लक्ष्यसम्म पुग्नलाई लाभांश वितरण गर्नेदेखि मातहतका निकायलाई सबल बनाउनु पर्ने देखिन्छ । आवश्यक पूर्वाधार र जनशक्ति विकासदेखि ट्राभल तथा टुरिजमलाई प्रभावकारी नबनाई समस्या सुल्झाउन गाह्रो छ । नेपालमा ६० सिरिजका जहाज त ग्राउन्डेड छन् । सडक, विमानस्थल, होटलदेखि मूलतः पर्यटकीय गन्तव्य क्षेत्र सुधारका विषयमा ध्यान पु¥याउनु छ । नेपाली उड्डयनका विविध समस्याका कारण सन् २०१३ देखि युरोपले नेपाललाई कालोसूचीबाट हटाउन अस्वीकार गरेको छ तर मन्त्री भट्टराईका अनुसार सरदर ६० प्रतिशतको मापदण्डमध्ये नेपालको ६६ दशमलव ५ रहेकाले अब उक्त समस्या हल हुनुपर्ने दाबी रहेको छ । यो खुसीको सङ्केत हो ।

 

हालैमा ३० पर्यटकीय गन्तव्यहरूको विकासार्थ सरकार कटिबद्ध छ । । खुला आकाशको नीतिसँग हवाइ सुरक्षा सम्बन्धी प्रतिवेदन २०१९ बाट पनि सुधारात्मक आधार तय भएको बुझिन्छ । मन्त्री भट्टराई काँधमा नेपाल वायुसेवा निगमको आजसम्मको जटिलतालाई सुधार गरी पोखरा र भैरहवा विमानस्थललाई प्रभावकारी सञ्चालन गर्न योग्य तुल्याउनु छ । उनले निजगढ मिानस्थललाई विदेशी लगानीमा सम्पन्न गर्ने आधार नपाए नेपालले आपैmँ गर्न सक्ने उद्घोष गरिसकेका छन् तर वन विनास हुने र प्रकृतिमाथि जटिलता थपिने विषय साँच्चै सोचनीय छ । 

 

सावधानीको खाँचो 

 

भ्रमण वर्षले नेपाली बजारका उत्पादनलाई, प्राकृतिक तथा सांस्कृतिक वैभवलाई विश्वबजारमा लैजान निजी तथा सरकारी सबै निकायले अपनत्वको भाव बोध गर्नुपर्छ । नयाँ गन्तव्य पहिचान गरी जनसचेतना, जनशक्ति व्यवस्थापन नगरिए समय र श्रम खर्चिने अनि बजेट उडाउने प्रपञ्चको खतराले लखेट्छ । हरेक वर्षलाई पर्यटन वर्ष बनाउन सक्ने खुबी भएको नेपालले आजसम्म यस विषयमा गहन विचार गर्न नसकेको देखिन्छ । विज्ञ र अनुभवी तथा जानकार व्यक्ति तथा निकायले अवसर नपाएर पनि नेपाल राजनीतिक भागबन्डे शैलीका दुराचारबाट सधैँ सङ्क्रमित छ । यसर्थ नीतिगत र कानुनी हैसियत बनाएर समयानुकूल नेपालीपनाको पर्यटनको विकासमा पर्ख र हेर होइन अघि बढ भन्ने भावमा जागृती चाहिन्छ ।    

 

हाल अन्तर्राष्ट्रिय मापदण्ड विकासार्थ सभा, सम्मेलन र छुट्टै अध्यागमन काउन्टर खोल्नेदेखि विमानस्थलमा सेवारत कर्मचारीलाई आवश्यक सकारात्मक सोचसहितको सेवा विकासमूलक तालिम दिने विशेष योजना रहेको बुझिन्छ । राजनीतिगत अन्तरविरोधले पर्यटन प्रशासन र संरचनाको गुदी नै सशक्त घाइते छ । कुरो, अरुले निक्र्योल गरेका चुनौती र सम्भावनाभन्दा विश्वबजारलाई हेरेर यहाँका सम्भाव्यता, अवस्था र कार्यान्वयन पक्षभित्रका नवीनतासँग गाँसिन्छ । 

 

मूलतः हिमाली, पहाडी क्षेत्र तथा तराई, उपत्यकाका धार्मिक, प्राकृतिक परिवेशलाई पर्यटकीय सौन्दर्य र गन्तव्य बनाउँदै जाने हो भने नेपालको आय आर्जनको आधार बलियो बन्छ । भूकम्पले थिल्थिल्याएका करिब दुई तिहाइ संरचनालाई पुनर्निर्माण गर्ने कार्यविना पर्यटन प्रवर्धन कार्य प्रभावकारी बन्न सक्दैन । यातायातका साधनको प्रभावकारी व्यवस्थापनको विपरीत जथाभावी चर्को भाडादर कायम गर्ने दलाल समूहलाई ठेगान नलगाए यो विषय आन्तरिक पर्यटन विकासको बाधक  बनिरहन्छ । आन्तरिक पर्यटनलाई उपेक्षा गरेर नेपालले निरन्तर अर्थतन्त्रलाई सबल तुल्याउने सपना बुन्न सक्दैन । 

लेखक भट्टराई, आदर्श बहुमुखी क्याम्पसका प्रध्यापक हुन्


थप समाचार

तीनै तहका सरकारबीच समन्वय अभावले समस्या

  • 15 seconds ago
तीनै तहका सरकारबीच समन्वय अभावले समस्या

पर्वत । मुुलुकमा रहेका तीनै तहका सरकारका बीचमा समन्वय नहुँदा जिल्लामा विकासले गति लिन नसकेको धारणा पर्वतमा आयोजित एक कार्यक्रमका सहभागीले व्यक्त गरेका छन् ।

बालबालिकासँग आफ्नो जन्मदिन मनाउँदै पायल घोष

  • 6 minutes ago
बालबालिकासँग आफ्नो जन्मदिन मनाउँदै पायल घोष

बलिउड अभिनेत्री पायल घोषले आज (बुधबार)का दिन मुम्बईमा एक एनजिओका बालबालिकाहरुसँग आफ्नो जन्मदिन मनाउँदै छिन् । उनले भनिन्–‘मेरो धेरै समय एनजिओका बाल बालिकाहरुसँग बित्नेछ । हामीले गेम खेल्नेछौं । धेरै क

ज्यान तथा अङ्गभङ्ग मुद्दामा फरार दुई अभियुक्त पक्राउ

  • 12 minutes ago
ज्यान तथा अङ्गभङ्ग मुद्दामा फरार दुई अभियुक्त पक्राउ

लहान । ज्यान मार्ने तथा कुटपिट अङ्गभङ्ग मुद्दामा फरार रहँदै आएका दुई अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहा नगरपालिका–२ का ४० वर्षीय जिबछ यादव र सिरहा नगरपालिका–३ का २० वर्षीय सतिष



प्रेम र यौन

यौन सम्पर्कबाट नै निको हुन्छन् यस्ता रोगहरु

यौन सम्पर्कबाट नै निको हुन्छन् यस्ता रोगहरु

एजेन्सी । मानिसमा शारीरिक सम्बन्धको बारेमा विभिन्न धारण रहेको हुन्छ । कसैले यसलाई राम्रो रुपमा लिन्छन् भने कसैले यसलाई निजि र गोप्य रुपमा राख्न चाहान्छन् ।

जीवनशैली/स्वास्थ्य

तुलसीको पात किन चपाउनुहुँदैन ?

तुलसीको पात किन चपाउनुहुँदैन ?

हिन्दू धर्ममा पवित्र मानिने अनेकौँ वस्तुहरूमध्ये तुलसीलाई सबैभन्दा पवित्र वृक्षको रूपमा लिइन्छ। साथै तुलसी त्रीमूर्तीदेव विष्णु भगवानको अवतार भएको पनि विष्णु पुराण र श्रीस्वस्थानीमा उल्लेखित छ।

विचित्र विश्व

दुर्लभ विश्व रेकर्ड !

दुर्लभ विश्व रेकर्ड  !

एजेन्सी । मानिसको इच्छा कहाँसम्म पुग्छ, यसको बारेमा कसैलाई थाहा हुँदैन । मानिसका अनौठा आकाङ्छाहरु हुन्छन् । यस्तै इच्छा, आकाङ्छा भएका एक व्यक्तिले अनौठो रेकर्ड राख्न सफल भएका छन् । उनी हुन् इंग्ल्यान्डको ब्रिस्टल शहरका निक बटर ।