'टुरिजम विजनेश डाइरेक्टरी' बजारमा

  • शनिबार, ६ असोज, २०७५
  • 4 months ago
  • नेपाल

काठमाडौं । उपप्रधान तथा स्वास्थ्य एवं जनसंख्या मन्त्री उपेन्द्र यादवले नेपालमा पर्यटनको भविष्य व्यापक रहेको भन्दै सो ठाउँहरुको अनुगमन गरी अघि बढ्नुपर्ने बताएका छन् । शुक्रबार राजधानीमा गन्तव्य नेपाल गुप्रद्धारा प्रकाशित टुरिजम विजनेश डाइरेक्टरी २०१८-१९ को विमोचन गर्दै मन्त्री यादवले उक्त कुरा बताएका हुन् ।

 

उनले टुरिजम विजनेश डाइरेक्टरी प्रकाशन गरेर गन्तव्य नेपालले अत्यन्तै सह्रानिय  भूमिका निभाएको बताउँदै यो पर्यटन क्षेत्रको लागि उपयोगी किताब रहेको बताए । 

 

कार्यक्रममा नेपाली कांगे्रसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री अर्जुननरसिंह केसीले पर्यटनको विकासमा गन्तव्य नेपालको अनवरत लगाभ प्रशंसनीय रहेको बताउँदै पर्यटन विकास र विस्तारमा आफू र आफ्नो पार्टी जहिल्यै पनि तयार रहने बताएका छन् ।

 

नेपाल पर्यटन र्बोडका सञ्चालक समितिका सदस्य दिपक महतले पर्यटन बोर्डप्रति पर्यटन मन्त्रालयले गरेको हैकमवादी प्रवृतिको कटाक्ष गर्दै पर्यटन बोर्डले निजी क्षेत्रलाई बेवास्ता गरेको बताएका छन् । उनले मन्त्रालयले आफूहरुप्रति गरेको वाएसलाई गम्भीर रुपमा लिएको बताएका छन् । 

 

त्यसैगरी नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्टस् (नाट्टा) का अध्यक्ष सिएन पाण्डेले डाइरेक्टरी प्रकाशन अत्यन्तै सकारात्मक रहेको बताउँदै पर्यटन विकास प्रवद्र्धनको लागि सबैको हातेमालोले मात्र सम्भव रहेको बताए । 

 

गन्तव्य नेपाल ग्रुपका अध्यक्ष शिव अधिकारी (अविरल) ले ग्रुपको पर्यटन प्रबद्र्धनार्थ टुरिजम विजनेश डाइरेक्टरी प्रकाशनमा ल्याएको बताएको छ । उनले गन्तव्य नेपालको पर्यटन विकासको लागि अविछिन्न यात्रा जारी रहने बताउँदै सबैमा सहयोगको लागि आग्रहसमेत गरे । यो डाइरेक्टरी पर्यटन व्यवसायी र त्यससँग सरोकार राख्ने व्यवसायीहरुको व्यवसायलाई सहजीकरण गर्न निकालिएको बताए ।

 

कार्यक्रममा टुरिजम लाइफटाईम एचिपमेन्ट अर्वाड २०१८ बाट सामाजिक अभियन्ता तथा युवा पर्यटन व्यवासीका राजन थापालाई प्रदान गरिएको थियो । त्यस्तै टुरिष्ट भेहिकल एक्सिलेन्ट अवार्ड २०१८ बाट महालक्ष्मी भेहिकल सर्भिस प्रालिका प्रबन्ध निर्देशक रामहरी शर्मालाई प्रदान गरिएको थियो । 

 

उक्त कार्यक्रममा ज्वोलरी प्रमोशन अवार्ड २०१८ बाट साना जेम्स दरबार मार्गका सञ्चालक बर्कत उल्लाह,  गन्तव्य नेपाल ब्राण्ड एम्बास्डरबाट युवा व्यवसायी माधवप्रकाश सुवेदी, समाजिक अभियन्ता सम्मानबाट समाजसेवाीद्धय सरु ढुंगाना र सोमबहादुर तामाङलाई प्रदान गरिएको थियो ।

 

त्यसैगरी उत्कृष्ट पर्यटक पत्रकारीता अवार्ड २०१८ बाट नेपाल टेलिभिजनका निर्देशक राजु सिल्वाल, गोरखापत्र राष्ट्रिय दैनिकका सहसम्पादक शरदराज सुवेदी, राष्ट्रिय समाचार समितिका विकास लोहनी, राजधानी दैनिकका वरिष्ठ समाचारदाता मधुजंग पाण्डे, रातोपाटी डटकम समाचारदाता सुजन पन्त, नागरिक राष्ट्रिय दैनिक वरिष्ठ समाचारदाता नवराज अधिकारी, कान्तिपुर राष्ट्रिय दैनिकका समाचारदाता सुरज कुंवर, इमेज टेलिभिजनका वरिष्ठ समाचारदाता शंकर खनाल, मेघा टेलिभिजन समाचारदाता कल्पना मर्हजन, सगरमाथा टेलिभिजनका समाचारदाता श्रीकृष्ण सुवेदी प्रदान गरिएको थियो । 

 

त्यस्तै कार्यक्रममा वल्र्ड वाइड प्रोडक्सन प्रालिका कुमार चौलागाई र प्रेस तथा छापाखाना विधाअन्तर्गत शारदा प्रिन्ट्रिङ प्रेसका भीमप्रसाद सापकोटालाई अवार्ड प्रदान गरिएको थियो । 

 

 


थप समाचार

गोर्खा समस्या समाधानको लागि उच्चस्तरीय पहल गर्न संसदीय समितिको निर्देशन

  • 8 hours ago
गोर्खा समस्या समाधानको लागि उच्चस्तरीय पहल गर्न संसदीय समितिको निर्देशन

नेपालको स्वतन्त्रता, सार्वभौमिकता र स्वामित्वलाई सर्वोपरी राख्दै भूतपूर्व गोर्खाहरुले न्याय र समानताको लागि उठाएका मागहरु र औंल्याएका समस्याहरुको समाधान गर्न सरकारलाई समितिले सुझाएको छ ।

काभ्रेमा क्रसर अवैधानिक ठहर, कानुनतः भए स्राेत खुलाउन अल्टिमेटम

  • 9 hours ago
काभ्रेमा क्रसर अवैधानिक ठहर, कानुनतः भए स्राेत खुलाउन अल्टिमेटम

काभ्रेपलाञ्चोक । जिल्लास्तरीय अनुगमन तथा समन्वय समितिद्वारा गठित प्राविधिक उपसमितिले जिल्लामा सञ्चालित क्रसर (ढुङ्गा, गिट्टी, बालुवा प्रशोधन तथा उत्पादन उद्योग) अवैधानिक भएको ठहर गरी प्रतिवेदन आज अनुग

इन्टेक २०१९ मा भर्ती हुने ४ सय गोर्खा आइपुगे बेलायत (भिडियो)

  • 9 hours ago
इन्टेक २०१९ मा भर्ती हुने ४ सय गोर्खा आइपुगे बेलायत (भिडियो)

नयां भर्ती भएका गोर्खाहरु क्याटरिक आइपुग्दा उनीहरुलाई गोर्खा ब्रिगेडका कामाण्डिंग अधिकृतहरुले स्वागत गरे । हिन्दू परम्पराअनुसार पण्डितले रातो टिका र आशिर्वाद समेत प्रदान गरे ।



प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

तपाईलाई ‘ब्लड प्रेसर’ छ ? बिना औषधि कसरी नियन्त्रण गर्ने ?

तपाईलाई ‘ब्लड प्रेसर’ छ ? बिना औषधि कसरी नियन्त्रण गर्ने ?

काठमाडौं । साइलेन्ट किलरका रुपमा ब्लड प्रेसरलाई मानिन्छ । यसले बिना कुनै लक्षण तपाइँलाई भित्रभित्रै गम्भीर रोगको शिकार बनाउने गर्छ । यसमा ब्लड सर्कुलेशन कम वा उच्च हुने गर्छ ।