IIMS College

ISMT

HUB Education

पर्यटकलाई लक्षित गरी दन्त अस्पताल

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

चितवन ।  अमेरिका र युरोपलगायतका विकसित देशमा दाँतको उपचार महँगो हुने गर्दछ । 

 

ती देशमा दाँतको उपचार गर्ने पैसाले नेपालमा उपचारसँगै आकर्षक पर्यटकीय गन्तव्य नै घुमेर फर्किन पुग्ने दन्त चिकित्सक बताउँछन् । यसैलाई लक्षित गर्दै पर्यटकीय नगरी सौराहाको प्रवेशद्वार रत्ननगरमा दन्त अस्पताल स्थापना गरिएको छ । 

 

स्थानीय निकाय, पर्यटन व्यवसायी, उद्योगी व्यवसायीको सहयोगमा साइराम डेण्टल केयर नामबाट अस्पताल सञ्चालनमा ल्याइएको हो । सन् २००४ मा नारायणगढको शहीदचोकमा स्थापना गरिएको साइराम डेण्टलका सञ्चालक डा सरिता न्यौपानेले रत्ननगरमा सोही नामबाट दन्त अस्पताल शुरु गरेका हुन् । 

 

विदेशी पर्यटकका लागि दाँतको उपचार गर्ने प्रमुख उद्देश्य लिएर अस्पताल स्थापना गरिएको न्यौपानेले बताए । युरोप, अमेरिका, अष्ट्रेलिया, बेलायतजस्ता विकसित देशमा दाँतको उपचार अत्यधिक महँगो रहेको छ । 

 

ती देशमा दाँत झिक्नु पर्दा २५० देखि ४०० सय डलरसम्म पर्ने गर्छ । सोही काम नेपालमा रु चार÷पाँच हजारमा हुन्छ । 

 

डा न्यौपानेले भन्नुभयो, “नेपालमा १० हजारमा हुने दाँतको जरा भर्ने (आरसिटी) विकसित देशमा दुई हजार ५०० डलर खर्च हुन्छ । नेपालमा रु ७० हजारमा हुने दाँत प्रत्यारोपण ती देशमा पाँचदेखि सात हजार डलर खर्च हुन्छ ।” 

 

ती देशमा दाँत प्रत्यारोपण, आरसिटीलगायतका उपचार गर्ने खर्चले नेपालमा उपचार गरी पर्यटकीय ठाउँको भ्रमण गरेर जान सकिने डा न्यौपानेको दाबी छ । 

 

उनले अगाडि थप्नुभयो, “विकसित देशमा हुने दाँतको उपचारको गुणस्तर हामीले दिने गर्दछौँ ।” सो संस्थाले हालसम्म ३५ हजारभन्दा बढी बिरामीको उपचार गरिसकेको छ । पाँच हजारभन्दा बढीलाई विभिन्न ठाउँमा गएर निःशुल्क सेवा दिएको छ । 

 

दन्त उपचार एक दुई दिनमा नै गर्न सकिने भएकाले पर्यटकले लामो समय खर्चिनु नपर्ने चिकित्सकको भनाइ छ । न्यौपानेका अनुसार हाल नारायणगढमा रहेको साइराम डेण्टल केयरमा दैनिक दुई जना हाराहारी गैरआवासीय नेपाली उपचारलाई आउँछन् । 

 

विदेशका नेपालीको दाँत अस्पतालको मागबमोजिम सो अस्पतालले शाखा विस्तार गरेको हो । पहिलो चरणमा गैरआवासीय नेपालीलाई लक्षित गरिएको छ । 

 

दन्तरोग विशेषज्ञ एवं बकुलहर रत्ननगर अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा अजय न्यौपाने नेपालमा दन्त पर्यटन (डेण्टल टुरिजम) को सम्भावना धेरै रहेको बताउँछन् । 

 

प्रत्येक वर्ष १५ लाख अमेरिकी दाँतको उपचार गर्न देश बाहिर जाने गरेको बताउँदै उनले तिनीहरुलाई नेपालमा ल्याउन सकिने बताए । विकसित देशमा दाँतको बीमा नहुने हुँदा उपचार महँगो पर्ने गर्छ । 

 

कम्बोडिया, थाइल्याण्ड, भारतजस्ता देशले पर्यटक लक्षित दाँतको अस्पताल शुरु गरिसकेका छन् । उपचारका लागि प्रयोग गरिने सामग्री विकसित देश र नेपालमा एउटै भए पनि नेपालमा सस्तो जनशक्ति, न्यून सरकारी करलगायतका कारण उपचार सस्तो पर्ने डा न्यौपानेको भनाइ छ । 

 

रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले घुम्न आउने पर्यटकले आफ्नो देशको भन्दा निकै कम खर्चमा यहाँ दाँतको उपचार गर्न पाउने बताए । 

 

वनले भने, “आफ्नो देशमा दाँतको उपचार गर्ने पैसाले नेपालमा घुमेर उपचार गरेर फर्किन पुग्दो रहेछ ।” यसले पर्यटकको बसाईलाई पनि लम्ब्याउने उनको भनाइ छ । 

 

क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष सुमन घिमिरेले होटल व्यवसायीले दिने सेवामध्ये पर्यटकका लागि दाँतको उपचार सेवा थप गर्दा उनीहरुको बसाइ लम्बिने र सङ्ख्या पनि थपिने बताए । 

 

 


थप समाचार

रुखसँग बिहे गर्ने महिला

  • 1 hour ago
रुखसँग बिहे गर्ने महिला

एजेन्सी । रुख–बिरुवाप्रति जागरुकता पैदा गर्न र त्यसको संरक्षणको लागि शनिबार पर्यावरण संरक्षक तथा समाजसेवी केट कङ्निंघमले एल्डर प्रजातिको एक रुखसँग बिहे गरेकी छिन् ।

काठले मात्र निर्मित २४ तले भवन कहाँ छ ? उक्त भवनबारे अनौठा तथ्यहरु

  • 1 hour ago
काठले मात्र निर्मित २४ तले भवन कहाँ छ ? उक्त भवनबारे अनौठा तथ्यहरु

एजेन्सी । कुनैपनि घर निर्माण गर्नका लागि सिमेन्ट, ईटा, ढुङ्गा, बालुवा लगायतका विभिन्न सामानहरु आवश्यक पर्दछ । तर एक यस्तो भवन निर्माण भएको छ जसलाई निर्माण गर्न त्यसको पिल्लरलाई छाडेर अन्य सबै प्रयोग क

सबैभन्दा बढी डिभोर्स हुने राष्ट्रहरु

  • 1 hour ago
सबैभन्दा बढी डिभोर्स हुने राष्ट्रहरु

एजेन्सी । पछिल्लो समय डिभोर्स हुने जोडीहरुको सख्ंया अत्याधिक बढेको छ । नेपालमा पनि दैनिक रुपमा सयौँ श्रीमान श्रीमतीहरु डिभोर्स लिइराखेको खबर बाहिर आइरहेको छ ।



प्रेम र यौन

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

आजकल जिन्दगीमा सेक्स यस्तो रोमाञ्चक विषय बनेको छ कि जोकोही यसको बारेमा खुलेर जान्न चाहान्छ । सेक्सलाई लिएर मनमा धेरै नकारात्मक कुराहरु पनि हुने गर्छन् । जुनका कारण पनि मानिसहरु जिन्दगीमा खुसी देखिदैनन् ।

जीवनशैली/स्वास्थ्य

उच्च रक्तचापको समस्या भएमा केरा अमृत समान, यस्ता छन् फाइदाहरु

उच्च रक्तचापको समस्या भएमा केरा अमृत समान, यस्ता छन् फाइदाहरु

केरा एउटा यस्तो फल हो, जुन केवल खानमा मात्र स्वादिष्ट नभइ सस्तो र स्वास्थ्यको लागि पनि फाइदाजनक छ । एक अनुसन्धानले आफ्नो डाइटमा केराको सेवन गर्दा उच्च रक्तचाप अथवा हाइपरटेनसका बिरामीका लागि फाइदा पुग्ने देखाएको छ ।

विचित्र विश्व

रुखसँग बिहे गर्ने महिला

रुखसँग बिहे गर्ने महिला

एजेन्सी । रुख–बिरुवाप्रति जागरुकता पैदा गर्न र त्यसको संरक्षणको लागि शनिबार पर्यावरण संरक्षक तथा समाजसेवी केट कङ्निंघमले एल्डर प्रजातिको एक रुखसँग बिहे गरेकी छिन् ।