राजधानीबाट बाहिरिने पर्यटक सवारीलागि छुट्टै बसपार्क नहुँदा पर्यटकलाई सास्ती

  • मंगलबार, २६ भदौ, २०७५
  • 2 months ago
  • नेपाल

काठमाडौँ ।  राजधानीबाट बाहिरिने पर्यटक चढ्ने सवारी साधनका लागि छुट्टै बसपार्क नहुँदा पर्यटकले सास्ती व्यहोर्नुपरेको छ । 

 

व्यवस्थित बसपार्क नहुँदा दैनिक हजारौँ आन्तरिक तथा बाह्य पर्यटक ओहोरदोहोर गराउने तोकिएको सडक क्षेत्र पनि घाम लाग्दा धुलो र पानी पर्दा हिलो हुने समस्या रहेको छ । 

 

विगत तीन दशकदेखि कान्तिपथ सडकबाट चल्दै आएको पर्यटकीय बस असार १५ गतेदेखि सोह्रखुट्टे सडकबाट चल्दै आएको छ ।

 

 मेलम्ची खानेपानी आयोजनाले खानेपानीको लाइन बिच्छ्याउन सडक खनेर नपुर्दा पानी परेको बेला हिलोका कारण पर्यटकलाई बसमा चढ्न तथा ओर्लन समस्या परेको छ । 

 

टुरिष्ट बस एसोसियसन अफ नेपाल (टिवान) का अध्यक्ष प्रल्हाद लोहनी मुलुकमा पर्यटनको विकास गर्नका लागि पर्यटक चढ्ने सवारी साधनका लागि छुट्टै बसपार्क हुनुपर्ने बताउँछन् । 

 

“सरकारले सन् २०२० सम्म २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ, तर राजधानीमै पर्यटकका लागि भने छुट्टै बसपार्क नहुँदा समस्या परेको छ,”–उनी भन्छन् । 

 

मुलुकको पर्यटन विकास गर्न पर्याप्त पूर्वाधारको विकास गर्नुपर्ने आवश्यकता रहेको उहाँको भनाई छ । 

 

अध्यक्ष लोहनीले काठमाडौंको मुख्य क्षेत्र ठमेल पर्यटकको मुख्य गन्तव्य भएकाले त्यस क्षेत्र वरपर बसपार्क बनाउनका लागि कुरा गरेपनि सरकार र महानगरपालिकाले बेवास्ता गरेको गुनासो गर्नुभयो । 

 

सोह्रखुट्टेबाट बिहान पोखरा र चितवनका लागि पर्यटक बस छुट्ने समयमा सडकमा धेरै चापसमेत हुने गरेको छ । 

 

सरकारले पर्यटक बसपार्कलाई नयाँ बसपार्कमा स्थानान्तरण गर्न खोजेपनि व्यवसायीले पर्यटकलाई सेवा दिन ठमेल क्षेत्रवरपर नै बसपार्क हुनुपर्ने अडान लिएपछि क्षणिक समयका लागि सोह्रखुट्टे सडकमा सञ्चालन गर्न अनुमति दिएको हो । 

 

 

पर्यटनको विकासका लागि एशोसियशनले काठमाडौंदेखि लुम्बिनी, जनकपुर र बर्दियामा पनि बस सञ्चालन गर्न लागेपनि पार्किङका लागि पूर्वाधारको विकास नहुँदा समस्या परेको छ । 

 

राजधानीबाट देशका विभिन्न भागमा पर्यटक लैजान हाल सय हाराहारीका बसले यात्रुको सेवा दिइरहेका छन् । 

 

 


थप समाचार

नेसन्स लिगमा पोर्चुगल र पोल्याण्डले बराबरी खेले

  • 7 minutes ago
नेसन्स लिगमा पोर्चुगल र पोल्याण्डले बराबरी खेले

काठमाडौं । पोल्याण्डले पोर्चुगलसँग बराबरी खेलेको छ । मंगलबार राति सम्पन्न युईएफए नेसन्स लिग अन्तर्गत रसियामा सम्पन्न खेलमा पोल्याण्डले कमब्याक गर्दै पोर्चुगलसँग बराबरी खेलेको हो ।

मेलम्ची ठेकेदारलाई ३५ करोड क्षतिपुर्ति

  • 11 minutes ago
मेलम्ची ठेकेदारलाई ३५ करोड क्षतिपुर्ति

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाले ठेकेदार कम्पनीलाई ३५ करोड रुपैयाँ क्षतिपुर्ति भुक्तानी गर्नुपर्ने भएको छ ।

२२ बर्षीया युवती भारतीय शिक्षकद्धारा बलात्कृत !

  • 18 minutes ago
२२ बर्षीया युवती भारतीय शिक्षकद्धारा बलात्कृत !

काठमाडौं । विद्यार्थीलाई बलात्कार गरेको अभियोगमा प्रहरीले भारत कलकत्ताका ५४ बर्षीय बडिसतो गौतम भट्टचार्यलाई पक्राउ गरेको छ ।



भिडियो

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

मंगलबार जन्मनेहरुको स्वभाव कस्तो ?

मंगलबार जन्मनेहरुको स्वभाव कस्तो ?

मंगलबार जन्मेका व्यक्तिहरु निकै बहादुर, स्मार्ट र एक्टिभ हुने गर्दछन् । यी व्यक्तिहरु अरु मानिसहरुलाई सहयोग गर्न सधैँ तत्पर रहन्छन्, उनीहरुको स्वभाव परोपकारी किसिमको हुने गर्दछ । यी व्यक्तिहरु आफ्नो हरेक काम निकै गम्भीरताका साथ गर्ने गर्दछन् ।