बेलायत र नेपालबीचको व्यापार तथा लगानी सम्बन्धबारे लण्डन दूतावासमा सेमिनार हुने

  • सोमबार, २९ असोज, २०७५
  • 7 months ago
  • युके

 

लण्डन । बेलायत र नेपालबीचको लगानी तथा  व्यापार  सम्बन्ध अभिवृद्धि गर्ने उद्धेश्यमा लण्डनस्थित नेपाली दूतावासमा एक सेमिनार आयोजना हुने भएको छ । 

 

ब्रिटेन नेपाल चेम्बर अफ कमर्ससंगको सहकार्यमा आउंदो नोभेम्बर महिनाको १३ तारिख उक्त कार्यक्रम गरिने भएको हो । 

 

लण्डन दूतावासले यसअघि पनि 'नेपाल डेभलपमेन्ट कन्फरेन्स' शीर्षकमा नेपालको विकाससंग सम्बन्धित फरक फरक विषयमा अन्तरक्रियात्मक कार्यक्रमका दुई श्रृंखला आयोजना गरिसकेको छ । सोहि कन्फरेन्सको तेस्रो श्रृंखला लगानी तथा व्यापारमा केन्द्रित गरेर आयोजना गर्न लागिएको हो । 

 

व्यापार तथा लगानीसम्बन्धी यो कार्यक्रममा नेपालमा लगानी तथा व्यापारको क्षेत्रमा संलग्न रहंदै आएका नेपाली तथा बेलायती व्यवसायी, लगानीकर्ता, विज्ञहरु र ईच्छुक लगानीकर्ता लगायतको सहभागिता रहने जनाइएको छ । 

 

कार्यक्रममा नेपालमा लगानी तथा व्यापारको अनुभव लिइसकेका व्यवसायीहरुको अनुभव, लगानी तथा व्यापारको लागि अहिलेको वर्तमान अवस्था , राज्यको तर्फबाट उपलब्ध वातावरण , अवसर, चुनौती  लगायतका विषयमा प्रिजेन्टेसनहरु पनि गराइनेछन् । 

 

ब्रिटेन नेपाल चेम्बर अफ कमर्स अध्यक्ष राजन कंडेलले बेलायत र नेपालको व्यापार तथ लगानी सम्बन्धलाई अझै बढि मजबुद र व्यापक गर्ने लक्ष्यमा कार्यक्रम आयोजना गर्न लागिएको बताए । नेपालमा व्यापार तथा लगानीको सोंच बनाएका ईच्छुक लगानीकर्ताहरुको लागि कार्यक्रम झन बढि फलदायी बन्ने उनको विश्वास छ । 

 

 


थप समाचार

प्रहरीले गोली हानेर पक्राउ गरेकाे ‘डाँका काले’को वीर अस्पतालमा उपचार हुँदै

  • 6 minutes ago
प्रहरीले गोली हानेर पक्राउ गरेकाे ‘डाँका काले’को वीर अस्पतालमा उपचार हुँदै

काठमाडौँ । प्रहरीले सर्वाधिक खोजीको सूचिमा रहेका ‘डाँका काले’ भनिने विष्णु तामाङलाई गोली हाने नियन्त्रणमा लिएको छ । सोमबार बिहान प्रहरीले काठमाडौँको टोखाबाट गोली हानेर प्रहरीले नियन्त्रणमा लिएको हो ।

मेसीले पाए पीचीची अवार्ड, गोल्डेन बुट पाउने सम्भावना पनि बलियो

  • 24 minutes ago
मेसीले पाए पीचीची अवार्ड, गोल्डेन बुट पाउने सम्भावना पनि बलियो

काठमाडौँ । बार्सिलोनाका स्टार खेलाडी लियोनल मेसी घरेलु लिग ला लिगाको उच्च गोलकर्ता बन्दै पीचीची अवार्ड पाएका छन् । उनले लिगको सबै खेल सक्दा कूल ३६ गोल गरे ।

महिनावारीका बेला पेट दुखेमा...

  • 1 hour ago
महिनावारीका बेला पेट दुखेमा...

महिनावारीका समयमा महिलामा सामान्य ढाड वा पेट दुख्ने, थकान महसुस हुने आदिजस्ता समस्या हुनुलाई स्वाभाविकै मानिन्छ । तर, कतिपय किशोरीमा सहनै नसक्ने गरी तल्लो पेट दुख्ने गर्छ । यो भने समस्या हो ।



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

महिनावारीका बेला पेट दुखेमा...

महिनावारीका बेला पेट दुखेमा...

महिनावारीका समयमा महिलामा सामान्य ढाड वा पेट दुख्ने, थकान महसुस हुने आदिजस्ता समस्या हुनुलाई स्वाभाविकै मानिन्छ । तर, कतिपय किशोरीमा सहनै नसक्ने गरी तल्लो पेट दुख्ने गर्छ । यो भने समस्या हो ।