क्यालगारी सवारी चालकको लागि उत्तम शहर, सबैभन्दा खत्तम भारतको मुम्बाई
- बिहीबार, २८ कार्तिक, २०७६
- 3 weeks ago
- अन्तर्राष्ट्रिय




एजेन्सी । सवारी चालकहरुको लागि सबैभन्दा उत्तम शहर क्यानडाको क्यालगारी परेको छ । त्यहाँको सवारी चालकहरुले पाउने सुविधा तथा सडकको अवस्थाको हिसावले उक्त शहर शीर्ष स्थानमा परेको हो ।
युरोपियन अटोमोटिभ ग्रुप ‘मिस्टर अटो’ले सार्वजनिक गरेको १०० शहरहरुको अध्ययन रिपोर्ट अनुसार क्यालगारीको सडक पूर्वाधार, सुरक्षा तथा खर्च अन्य शहरभन्दा राम्रो पाइएको हो । मिस्टर अटोले १५ वटा विभिन्न मापदण्डहरु, प्रतिव्यक्ति आए, सवारी गति, सडकमा सवारी सहजता, सुविधा, पार्किङ शुल्क, इन्धन शुल्क, सडक कर लगायतका कुरालाई हेरेर रिपोर्ट सार्वजनिक गरेको हो ।
क्यालगारीमा कुनै पनि अवरोधनबीना सँधै सवारी सहज तरिकाले चलाउन सकिन्छ । त्यस्तै, सवारीले जति माइलेज दिनुपर्नेहो त्यति नै जस्तो माइलेज उक्त शहरमा सवारी चलाउँदा पाइन्छ । क्यालगेरीका नागरिकले वार्षीक रुपमा झण्डै ६५ डलर सडक कर तिर्दै आएका छन् । प्रतिव्यक्ति आयको तुलना गर्ने हो भने यो सस्तो हो । क्यालगारीको वातावरण पनि स्वच्छ छ । क्यालगारीको सवारीले वातावरण निकै कम प्रदूषित बनाएको छ । उक्त शहरको सार्वजनिक सवारी, सडक गुणस्तर, आवश्यक पार्किङ, इन्धन भर्ने स्थान लगायत पनि राम्रो रहेको रिपोर्टमा उल्लेख छ ।
त्यस्तै, अन्य राम्रा शहरहरु
२. दुबई, संयुक्त अरब इमिरेट्स
३. ओट्टवा, क्यानडा
४. वर्न, स्विट्जरल्याण्ड
५. एल पासो, अमेरिका
६. भान्कुभर, क्यानडा
७. गुटेनवर्ग, स्विडेन
८. डसेलडर्फ, जर्मनी
९. बासेल, स्विजरल्याण्ड
१०. डर्टमण्ड, जर्मर्नी
तर, भारतको मुम्बाई भने सवारी चालकको लागि सबैभन्दा खराब शहर रहेको उक्त अनुसन्धानले देखाएको छ । मुम्बाईको भीड सबैभन्दा खराब रहेको छ । भीडकै कारण सवारीको गति थोरै हुन गइ सवारीले दिने माइलेज समेत कम दिने गरेको रिपोर्टमा उल्लेख छ । मुम्बाईको रोड केही राम्रो भए पनि साँघुरो सडक त्यसको बाधक बन्न पुगेको छ । मुम्बाईमा १५ वर्ष पुराना कारहरु पनि चलिरहेको हुँदा सवारी प्रदूषण पनि बढी छ ।
२. उलानबाटार, मंगोलिया
३. कोलकात्ता, भारत
४. लागोस, नाइजेरिया
५. कराची, पाकिस्तान
६. बोगोटा, कोलम्बिया
७. साउ पाउलो, ब्राजिल
८. मेक्सिको सिटी, मेक्सिको
९. रियो दी जेनेरियो, ब्राजिल
१०. मस्को, रसिया
थप समाचार
कपाल झर्नुकाे कारण यस्ताे हुनसक्छ
- 1 hour ago

एजेन्सी । पुरुषहरुको कपाल झर्नुको अर्को कारण वंशाणुगत कारण पनि भएको मानिन्छ ।
सय मिटर ब्याक स्ट्रोकमा गौरिका सिंह रजतमै सीमित
- 1 hour ago

काठमाडौँ । बिहीबार र शुक्रबार पौडीबाट दुई स्वर्ण जितेकी गौरिका सिंहले शनिबार रजत पदक जितेकी छन् ।
मुलुक विकास र समृद्धितर्फ लम्केको छ : उपप्रधानमन्त्री पोखरेल
- 1 hour ago

काठमाडौँ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सरकार मुलुकको विकास र समृद्धितर्फ लम्केको बताएका छन् । वन्डर्स नेपालले निर्माण गर्न लागेको दक्षिण एशियाकै सबैभन्दा पहिलो स्काई वाक टावरको आज
प्रेम र यौन
महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।
जीवनशैली/स्वास्थ्य
कपाल झर्नुकाे कारण यस्ताे हुनसक्छ

एजेन्सी । पुरुषहरुको कपाल झर्नुको अर्को कारण वंशाणुगत कारण पनि भएको मानिन्छ ।
विचित्र विश्व
विश्वकै ठूला १० सपिङ मल, चीनमा मात्रै चार वटा

एजेन्सी । विश्वमा किनमेल गर्नका लागि ‘सपिङ मल’ लोकप्रिय बन्दै गएको छ । सन् २००८ को मन्दीपछि विश्वव्यापी अर्थतन्त्रको सुधार पनि क्रमशः बलियो हुँदै गएको छ, जसले उपभोक्ताहरूको क्रय क्षमता पनि बढ्ने सम्भावना उच्च बनेको छ ।