कारवाहीमा परेका सवारी चालकलाई अनलाइनमार्फत राजश्व तिर्ने व्यवस्था

फाइल फाेटाे
Education Park

काठमाडौँ । ट्राफिक प्रहरीले सवारी नियम उल्लङ्घन गर्ने सवारी साधनलाई अनलाइनमार्फत राजश्व तिर्ने व्यवस्था ल्याउन लागेको छ ।

 

महानगरीय ट्राफिक प्रहरी महाशाखाले सवारी नियम उल्लङ्घन गरेवापत कारवाहीमा परेका सवारी चालकलाई सजिलोका लागि अनलाइनमार्फत राजश्व तिर्ने व्यवस्था गर्न लागेको हो । 

 

महाशाखाका प्रमुख, प्रहरी वरीष्ठ उपरीक्षक वसन्तकुमार पन्तले कारवाहीमा परेका चालकको सहजताका लागि साउनदेखि अनलाइनमार्फत राजश्व तिर्न पाउने व्यवस्था गर्न लागेको जानकारी दिए । 

 

उनले उपत्यकाको ट्राफिक व्यवस्थापन गर्दै नमूना राजधानी निर्माण गर्न समयसापेक्ष कानून, प्रविधिको प्रयोग, सडक सञ्जालको व्यवस्थित विस्तार, जनचेतना अभिवृद्धिमा महाशाखाले काम गर्ने बताए ।

 

‘हामी सबैको चाहना उपत्यकाको ट्राफिक व्यवस्थापनलाई सुधार गर्दै नमूना राजधानी निर्माण गर्नु हो, सोहीअनुसार महाशाखाले काम गर्दै जानेछ’, उनले भने । 

 

उनले उपत्यकाको ट्राफिक व्यवस्थालाई चुस्तदुरुस्त बनाउन भाडाका सवारी साधनमा ‘ड्रेस कोर्ड’, सबै चोकमा ट्राफिक लाइट सञ्चालन, ट्राफिक जानकारी सम्बन्धी मोबाइल एप्स, स्मार्ट पार्किङ, नमूना सडक निर्माणका लागि सम्बन्धित निकायसँग समन्वय गरेर अगाडि बढ्न लागेको जानकारी दिए ।  

 

महाशाखाले एक वर्षको अवधिमा विभिन्न कसुरमा तीन लाख ८४ हजार २०६ सवारी चालकलाई कारवाही गरेको छ । 

 

महाशाखाले मादकपदार्थ सेवन गरी सवारी साधन चलाउने २६ हजार ४०९, लेन अनुशासन उलङ्घन गर्ने ३२ हजार २७, अर्कोको नाममा लाइसेन्स लिन जाने १३, हर्नमा १२ हजार २७१, ह्वील लकमा दुई हजार ८७६, बढी भाडा लिने १० हजार ७८७, सिसिटिभीमा पाँच हजार ६०, सर्भिलेन्स सवारी साधन ९९५, मापसेमा २८ चालकलाई निलम्बन गरेको छ । 

 

ट्याक्सीमा छुटेको १६१ सामान फेला पारेर सम्बन्धित धनीलाई बुझाएको महाशाखाले जनाएको छ । यस्तै, महाशाखाले चैत २१ गतेदेखि शुरु गरेकोे तीन महीने उपत्यकाको ट्राफिक व्यवस्थापन तथा प्रदूषण नियन्त्रण कार्ययोजनाअन्तर्गत ११ स्थानमा जेब्राक्रसिङ निर्माण, तीन स्थानमा स्टपलाइन निर्माण, दुई हजार ७५ सवारी प्रदूषण जाँच, पाँच स्थानमा करिडोर निर्माण सम्पन्न गरेको छ । 

 

महाशाखाले एक वर्षकोे अवधिमा राम्रो काम गर्ने ६१ प्रहरीलाई पुरस्कार प्रदान गरेको छ भने प्रहरी आचरण विपरीत काम गर्ने ५२ प्रहरीलाई कारवाही गरेको छ । (रासस)


थप समाचार

सरकारलाई विफल पार्न घेराबन्दी गरियाे : मन्त्री जमरकट्टेल

  • 1 hour ago
सरकारलाई विफल पार्न घेराबन्दी गरियाे : मन्त्री जमरकट्टेल

हेँटौडा । प्रदेश नं. ३ का आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकट्टेलले अहिले सरकारले गरेका कामको गलत तरिकाले व्याख्या भइरहेको बताएका छन् । नेपाल दूरसञ्चार राष्ट्रिय कर्मचारी सङ्गठनको

असार २६ गतेदेखि भृकुटीमण्डपमा इक्यानको १३ औं शैक्षिक मेला सुरू हुने

  • 1 hour ago
असार २६ गतेदेखि  भृकुटीमण्डपमा इक्यानको १३ औं शैक्षिक मेला सुरू हुने

काठमाडौं । आउँदो अषाढ २६ देखि २९ गतेसम्म भृकुटीमण्डपमा इक्यानको १३ औं शैक्षिक मेला आयोजना हुने भएको छ । शैक्षिक परामर्श संघ नेपालले विगत १२ वर्षदेखि लगातार रुपमा हरेक वर्ष वृहत शैक्षिक मेलाको आयोजन गर

तपाईको भाग्यमा सरकारी जागिर छ कि छैन ? यसरी थाहा पाउनुहाेस्

  • 2 hours ago
तपाईको भाग्यमा सरकारी जागिर छ कि छैन ? यसरी थाहा पाउनुहाेस्

एजेन्सी । ज्योतिष शास्त्रको अनुसार हाम्रो हातमा यस्तो रेखा हुन्छ जसले सरकारी नोकरीको संकेत गर्ने गर्दछ । यी रेखालाई पढेर तपाई आफै पत्ता लगाउन सक्नुहुन्छ कि तपाईलाई सरकारी नोकरी मिल्छ कि मिल्दैन ।



प्रेम र यौन

यी हुन् विश्वका ५ चर्चित यौन बजार

यी हुन् विश्वका ५ चर्चित यौन बजार

पछिल्लो समय यौनलाई मानिसहरुले आधारभूत आवश्यकताको रुपमा लिँदै आएका छन् । सोही कारणले गर्दा कतिपय देशका सरकारहरुले नै अनुमति दिएर यौन बजार खुल्दै आएको छ । जसलाई हामी ‘रेड लाइट’ एरिया भन्छौं । यहाँ हामीले विश्वका चर्चित ५ यौन बजारको बारेमा जानकारी प्रस्तुत गरेका छौं ।

जीवनशैली/स्वास्थ्य

तपाईको भाग्यमा सरकारी जागिर छ कि छैन ? यसरी थाहा पाउनुहाेस्

तपाईको भाग्यमा सरकारी जागिर छ कि छैन ? यसरी थाहा पाउनुहाेस्

एजेन्सी । ज्योतिष शास्त्रको अनुसार हाम्रो हातमा यस्तो रेखा हुन्छ जसले सरकारी नोकरीको संकेत गर्ने गर्दछ । यी रेखालाई पढेर तपाई आफै पत्ता लगाउन सक्नुहुन्छ कि तपाईलाई सरकारी नोकरी मिल्छ कि मिल्दैन ।

विचित्र विश्व

अष्ट्रेलियामा एक पाइथनले गोही निलेपछि...

अष्ट्रेलियामा एक पाइथनले गोही निलेपछि...

एजेन्सी । अष्ट्रेलियामा एक पाइथनले गोही निलेको तस्बिरहरु सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । अष्ट्रेलियाको दोस्रो ठुलो पाइथनले एउटा सिंगो गोही निलेको तस्बिर भाइरल भएको हो । कायाकेर मार्टिन मुलरले यी तस्बिहरु खिचेका हुन् ।