उपत्यकाका अत्यावश्यक स्थानमा ट्राफिक लाइट राख्ने प्रक्रिया शुरु

  • बिहीबार, ३ माघ, २०७५
  • 1 month ago
  • नेपाल

काठमाडौँ । सरकारले काठमाडौँ उपत्यकाका अत्यावश्यक क्षेत्रमा ट्राफिक लाइट राख्ने प्रक्रिया अगाडि बढाएको छ । 

 

पहिलो चरणमा अत्यावश्यक देखिएका विभिन्न आठ स्थानमा लाइट राख्ने काम थालिएको र अन्य क्षेत्रमा प्राथमिकताको आधारमा बत्ती जडान गरिने विभागका प्रवक्ता मुक्ति गौतमले जानकारी दिए । गौतमका अनुसार पुतलीसडक, मित्रपार्क, गौशाला, पुरानो बानेश्वर, कालीमाटीलगायत क्षेत्रमा भने निर्माणको क्रम जारी रहेको छ । केही ठाउँमा नयाँ बत्ती राखिने र केही ठाउँमा पुनानै जडान भएकालाई मर्मत गरेर सञ्चालन गर्ने गौतमले बताए । 

 

उपत्यकाका अत्यावश्यक ३० देखि ३५ स्थनमा पहिलोचरणमा लाइट जडान गरिने विभागले जनाएको छ । अत्याधुनिक प्रविधिसहितको ‘इन्टेलिजेन्स ट्राफिक लाइट’का विषयमा समेत आवश्यक छलफल अगाडि बढाएको विभागले जनाएको छ । एक चरण ट्राफिक प्रहरी र सडक विभागका प्रतिनिधिबीच छलफल भएर यसका लागि प्रक्रिया अघि बढेको जानकारी दिँदै गौतमले यो प्रविधि उच्चस्तरको भएकाले केही वर्ष लाग्ने हुँदा तत्कालका लागि भने पुरानैलाई मर्मत गरेर वा सोही क्षमताका लाइट राख्न थालिएको जानकारी दिए । 

 

उपत्यकाको कुन कुन ठाउँमा ट्राफिक लाइट राख्ने हो सो विषयमा जानकारी माग गरेपछि महानगरीय ट्राफिक प्रहरी महाशाखाले प्राथमिकताको आधारमा लाइट राख्ने स्थान तय गरेर सडक विभागमा बुझाएको महाशाखाका प्रवक्ता एवं प्रहरी उपरीक्षक जयराज सापकोटाले जानकारी दिनुभयो । सडक विभागले तीन वर्ष अघि गरेको अध्ययन प्रतिवेदनलाई नै आधार मानेर प्राथमिकीकरण गरी मन्त्रालयमा पेश गरिएको उनको भनाइ छ । 

 

सडक विभागको प्रतिवेदनमा उपत्यकाको १३९ स्थानमा ट्राफिक लाइट राख्नुपर्ने उल्लेख छ । त्यसलाई प्राथमिकीकरण गरी पहिलो चरणमा अत्यावश्यक देखिएको मुख्य चोकको ३५ स्थानमा बत्ती राख्नुपर्ने आवश्यकता रहेको भनी लेखेर पठाएको महाशाखा प्रवक्ता सापकोटाले जानकारी दिए । 

 

दोस्रो चरणमा ३८ स्थान र तेस्रो चरणमा ७० स्थानमा बत्ती राख्ने निष्कर्षसहित प्रक्रिया अघि बढेको महाशाखाको भनाइ छ । “अब अत्याधुनिक ट्राफिक बत्ती राख्ने विषयमा प्रक्रिया शुरु भयो, सापकोटाले भने, “मन्त्रालयले यकिन गरेपछि वोलपत्र आह्वानतर्फ जान्छ ।” 

 

अहिले उपत्यकाको एक केही स्थानबाहेकका क्षेत्रमा ट्राफिक बत्ती छैन । जसका कारण ट्राफिक प्रहरीले हातको सङ्केतले यातायात आवागमनको व्यवस्थापन गर्दै आएको छ । दुईपट्टि प्रहरी बस्दा एक जनाले जान सङ्केत गर्ने र अर्कोले रोक्न सङ्केत गर्ने अवस्थासमेत दोहोरिने हुँदा मनवीय नियन्त्रणले दुर्घटनाको जोखिम बढ्छ । 

 

प्रहरीका अनुसार उपत्यकाका २० स्थानमा ट्राफिक लाइट जडान छ । 


थप समाचार

मिडल्याण्डमा एनआरएन यूकेको भोइस अफ नेपाल च्यारिटी कन्सर्टमा व्यापक सहभागिता

  • 9 hours ago
मिडल्याण्डमा एनआरएन यूकेको भोइस अफ नेपाल च्यारिटी कन्सर्टमा व्यापक सहभागिता

भोइस अफ नेपालका विजेतासहितका ७ प्रतियोगीहरुले प्रस्तुति गरेको उक्त कार्यक्रममा झण्डै ६ सय स्थानीय नेपालीहरु सहभागी भएको एनआरएन यूके उपाध्यक्ष एवम् च्यारिटी विभाग संयोजक प्रेम गाहा मगरले जनाएका छन् ।

मुस्लिम आयोगका प्रस्तावित अध्यक्षकाे कागजात संसदीय समितिले अध्ययन गर्ने

  • 9 hours ago
मुस्लिम आयोगका प्रस्तावित अध्यक्षकाे कागजात संसदीय समितिले अध्ययन गर्ने

काठमाडौँ । सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिले मुस्लिम आयोगका प्रस्तावित अध्यक्ष समिम अन्सारीको कागजात अध्ययन गर्ने निर्णय गरेको छ । समितिको सिंहदरबारमा बसेको बैठकले अन्सारीमाथि परेको उजुरीक

'नयाँ ढंगले अघि नबढे काँग्रेसकाे अस्तित्व संकटमा'

  • 9 hours ago
'नयाँ ढंगले अघि नबढे काँग्रेसकाे अस्तित्व संकटमा'

काठमाडौँ । नेपाली काङ्ग्रेसलाई नयाँ ढङ्गले अगाडि लैजान नसके पार्टीको अस्तित्व नै खतरामा पर्नसक्ने काङ्ग्रेस नेता एवं बुद्धिजीवीहरुले बताएका छन् । ६८औँ प्रजातन्त्र दिवसका अवसरमा आयोजना गरिएको ‘



प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

आफ्नो घरमा आउन नदिनुहोस् यस्ता चिज, जसले निम्त्याउँछ संकट र खतरा

आफ्नो घरमा आउन नदिनुहोस् यस्ता चिज, जसले निम्त्याउँछ संकट र खतरा

एजेन्सी । हिन्दु धर्ममा वास्तु शास्त्रलाई निकै मान्यता दिने गरिन्छ । तर पनि कहिले काहिँ हामी आफ्नो घरमा भइरहेका कति चीजहरुलाई वेवास्ता गरिरहेका हुन्छौ जसले तपाईलाई अन्त्यमा समस्यामा पार्न सक्छ ।