नेपालमा रेल कुदाउन चीन आतुर

बेइजिङ । नेपालमा चिनियाँ रेलको चर्चा चल्छ । चीन पनि चाहन्छ– जतिसक्दो छिटो दुई देश रेलमार्गबाट जोडिऊन् । चिनियाँ विदेश मन्त्रालय एसिया मामिला निर्देशक झाङ झिसिन भन्छन्, ‘हामी नेपालको दक्षिण भेगसम्म रेलैजान आतुर छौं ।’ 

 

उनले काठमाडौंसम्म रेल पुर्‍याउन उच्च राजनीतिक तहमा छलफल भएर अध्ययन अघि बढेको जानकारी दिए । नेपालजस्तो भूपरिवेष्टित मुलुकलाई रेलले जोडेमा एउटा लिंक खुला हुने र विकल्प थप बलियो हुने चिनियाँ पक्षको आँकलन छ ।

 

चिनियाँ विदेश मन्त्रालयका अर्का वरिष्ठ अधिकारीले नेपाल, भारत, बंगलादेश, पाकिस्तान, म्यानमार, अफगानिस्तान,श्रीलंकालगायत मुलुकलाई एकअर्कामा जोड्न चीन सक्रिय रहेको बताए । ती अधिकारीले भने, ‘सबै मुलुकलाई बेल्ट एन्ड रोड इनिसियटिभ ९बीआरआई० मार्फत रेलले जोड्ने योजना छ ।’ यी मुलुकबीच सडक सञ्जाल, रेल र हवाई सञ्जाल जोड्न सके विश्वको नेतृत्व एसियाले गर्ने अवधारणा चीनको छ ।

 

चीनले हिमालपारिका मुलुकलाई रेलमार्गमा जोड्ने योजना तीव्र रूपमा अघि बढाएको छ । रेलमार्गसँग जोडिन चीनले दक्षिण एसिया, दक्षिणपूर्वी एसिया र अन्य मुलुकलाई यसअघि नै आग्रह गरिसकेको छ ।

 

यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा चन्द्रशेखर अधिकारीले लेखेका छन् । 


थप समाचार

'ट्रम्पका शब्दहरू बम हुन्, त्यसलै अमेरिका जलिरहेको छ '

  • 1 minute ago
'ट्रम्पका शब्दहरू बम हुन्, त्यसलै अमेरिका जलिरहेको छ '

एजेन्सी । पछिल्लो समय अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प निकै विवादमा रहेका छन् । अमेरिकालाई थप संकटमा धकेलेको आरोप उनीमाथि लागेको छ । उनले गरेका कार्यहरुभन्दा पनि उनले सार्वजनिक रुपमा बोलेका शब्दहरु

सिन्धुपाल्चोकमा क्वारेन्टाइन बसेर फर्केका एक पुरुषको मृत्यु

  • 10 minutes ago
सिन्धुपाल्चोकमा क्वारेन्टाइन बसेर फर्केका एक पुरुषको मृत्यु

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा क्वारेन्टाइन बसेर फर्केका एक पुरुषको मृत्यु भएको छ । चौतारा साँगाचोकगढी नगरपालिका– १३ का एक ६८ वर्षका पुरुषको शनिबारराति निधन भएको हो । उनी १४ दिन मेलचौर क्वारेन

दीपक बज्राचार्यको कोरोना गीत सार्वजनिक

  • 18 minutes ago
दीपक बज्राचार्यको कोरोना गीत सार्वजनिक

काठमाडौँ । । चर्चित गायक दीपक बज्राचार्यको 'कोरोना गीत' सार्वजनिक भएको छ । बज्राचार्यले युनिसेफ साउथ एसियाको सहकार्यमा कोरोना गीत तयार गरेका हुन् ।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

यसकारण फेसियल गर्नुपर्छ

यसकारण फेसियल गर्नुपर्छ

काठमाडौं । फेसियल अनुहारको मसाज हो । मसाजले ब्लड सर्कलेसनलाई सन्तुलित बनाउँछ । छाला र रक्तकोषहरु पनि सक्रिय हुन्छन् ।