पूर्व–पश्चिम रेलमार्गः के भइरहेको छ काम, कहिले हुन्छ पूरा ?

  • आइतबार, २४ भदौ, २०७५
  • 2 months ago
  • नेपाल

काठमाडौं । सरकारले विभिन्न २१ ओटा आयोजनालाई राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत गरेको छ । लुम्बिनी क्षेत्रविकास कोषदेखि उत्तर–दक्षिण रेलमार्गसम्मलाई सरकारले राष्ट्रिय गौरवका आयोजना मानेको छ । विभिन्न जलविद्युत अयोजनादेखि पूर्वाधार विकासलाई राष्ट्रिय गौरवका आयोजना मानेर भइरहेको काम अपेक्षकृत दु्रत गतिमा हुन सकिरहेको छ । समृद्धिको ठूला कुरा गरे पनि राष्ट्रिय गौरवका आयोजना सम्पन्न गर्न भइरहेका प्रयत्नहरु पर्याप्त छैन । गौरवका आयोजनामा सूचीकृतमध्ये एक हो, पूर्व–पश्चिम रेलमार्ग । 

 

आयोजनाः मेची–महाकाली रेलमार्ग 

कुल लम्बाईः ९४५ किलोमिटर 

डिजाईन स्पिडः २०० किलोमिटर प्रतिघण्टा

कुल लागतः करिब ६ खर्ब रुपैयाँ

प्रतिकिलोमिटर लागतः ७० करोड रुपैयाँ

 

आयोजनाको पृष्ठभूमी 

सन् २००८: आयोजनाको स्थापना

सन् २००९: सम्भाव्यता अध्ययन

सन् २०१०: नेपाल सरकार र भारत सरकारबीच ५ ठाउँमा क्रस बोर्डर निर्माणको समझदारी 

 

अहिलेसम्म भएका काम

१. काँकडभिट्टा–बर्दिबास–सिमरा–तम्सारिया–बुटवल ६३८ किलोमिटर खण्डको विस्तृत अध्ययन प्रतिवेदन तयार

२. बुटवल–गडडाचौकी खण्डको ४०९ किलोमिटर विस्तृत अध्ययन प्रतिवेदनको प्रारम्भिक प्रतिवेदन प्राप्त 

३. काठमाडौं–बीरगञ्ज लिंक रेलमार्गको पूर्वसम्भाव्यता अध्ययनको लागि भारतीय परामर्शदाताबाट कार्य भइरहेको 

४. बर्दिबास–सिमरा खण्डको १०८ किलोमिटरमध्ये ३० किलोमिटर क्षेत्रमा ट्रयाक बेड निर्माण जारी 

५. २५ किलोमिटर ट्रयाक बेड निर्माण सम्पन्न

६. ६८ वटा कल्भर्ट र जनावर मार्ग निर्माण सम्पन्न

७. १३ वटा रब निर्माण सम्पन्न

८. २२५ मिटर लामो कालिन्जोर पुलको ९४ प्रतिशत निर्माण सम्पन्न 

९. १७५ मिटर लामो फुलजोर पुलको ४८ प्रतिशत निर्माण सम्पन्न 

१०. ८ वटा पुल निर्माणका लागि ठेक्का सम्झौता सम्पन

 

यसरी राष्ट्रिय गौरवको आयोजनामध्येको एकः पूर्व–पश्चिम रेलमार्ग निर्माणको काम भइरहेको छ । यद्यपि, अरु थुप्रै काम बाँकी नै छ ।  मेची–महाकाली रेल मार्गको बर्दिबास–निजगढ खण्डको मात्रै काम नेपाल सरकारले थालेको हो । कुल ६ खर्ब रुपैयाँ लागत लाग्ने अनुमान गरिएको यो रेलमार्गको प्रतिकिलोमिटर निर्माणका लागि ७० करोड रुपैयाँ लाग्नेछ । जुन रकम करिब नेपालको एक वर्षको बजेट बराबरको हो । त्यसैले नेपाल सरकारले यहीं अवस्थामा उक्त निर्माण समयमै सक्न असम्भवप्रायः छ । 

 

सन् २००८ मा आयोजना स्थापना भएदेखि अहिलेसम्म १० वर्ष बितिसक्यो । तर कार्यप्रगति उत्साहप्रद छैन । यद्यपि, पछिल्ला वर्षहरुमा भने आयोजना निर्माणको कामले केही गति लिएको छ । वन क्षेत्रमा आयोजना निर्माण स्वीकृतिमा ढिलाई, जग्गा अधिग्रहण, रेखांकन तथा मुआब्जा निर्धारणमा समस्या, दक्ष जनशक्तिको अभाव तथा निर्माण सामग्रीको सहज उपलब्धता नहुनुजस्ता समस्याहरूका कारण पनि निर्माण कार्य तिब्र गतिमा बढ्न नसकेको हो । यद्यपि, पछिल्लो वर्षहरुमा भएको कार्यप्रगतिले केही आशा भने अवश्य जगाएको छ । 

 


थप समाचार

संरक्षित वन्यजन्तुकाे दाह्रासहित ६ जना पक्राउ

  • 5 hours ago
संरक्षित वन्यजन्तुकाे दाह्रासहित ६ जना पक्राउ

काठमाडौं । संरक्षित वन्यजन्तुको दाह्रासहित प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।

संस्कृति संरक्षण नभए देश खतरामा : सभामुख महरा

  • 5 hours ago
संस्कृति संरक्षण नभए देश खतरामा : सभामुख महरा

दमौली । सभामुख कृष्णबहादुर महराले संस्कृति संरक्षण नभए देश खतरामा पर्ने बताएका छन् । नेपाल आदिवासी जनजाति महासङ्घ तनहुँको आयोजनामा आजदेखि दमौलीमा शुरु तेस्रो जनजाति सांस्कृतिक तथा पर्यटन महोत

बच्चा जन्मिनेबित्तिकै गाउँपालिकाले सहकारीमा ५ हजार जम्मा गरिदिने

  • 5 hours ago
बच्चा जन्मिनेबित्तिकै गाउँपालिकाले सहकारीमा ५ हजार जम्मा गरिदिने

दुल्लु । दैलेखको गुराँस गाउँपालिकाले बालमैत्री गाउँपालिका बनाउने कार्यक्रम अघि सारेको छ ।



भिडियो

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

यसरी बस्दै नबस्नुहोस्...

यसरी बस्दै नबस्नुहोस्...

हरेकको आफ्नो आफ्नो बस्ने तरिका हुन्छ । प्राय जसो मानिसहरु लेग क्रस गरेर बस्ने गर्छन् । यो बस्ने तरिकाले शरिरलाई हानी गर्छ । लेग क्रस गरेर बस्नाले तपाईलाई बिमारी समेत बनाउन सक्छ । यसरी बस्नाले शरिरमा यस्ता हानीहरु हुने गर्छ ।

विचित्र विश्व

विश्वकै खतरनाक मार्गहरु

विश्वकै खतरनाक मार्गहरु

संसारमा यस्ता धेरै ठाउँहरु रहेका छन् जसको मार्ग आश्चर्य चकित पार्ने तथा खतरनाक खालका रहेका छन् । आज पनि यी मार्गहरु मानिसहरुले प्रयोग गर्ने गरेका छन् ।