IIMS College

ISMT

HUB Education

'ट्राउट’बाट मालामाल

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

मेलम्ची । हेलम्बु गाउँपालिकास्थित किउलका भण्डारी दाजुभाइलाई ‘ट्राउट’ माछापालनमा जुटेको हिजोजस्तै लाग्छ । वि.सं. २०७० फागुनमा ‘ट्राउट रेन्बो’ प्रजातिको माछापालन थाल्दा उनीहरुले धेरै समस्या र असफलता भोग्नुप¥यो । ढुसीका कारण उत्पादित भुरा मर्ने, स्वच्छ पानीको व्यवस्थापन नजान्दा झण्डै एक वर्ष उनीहरुको व्यवसाय सिकाइमा बित्यो ।

 

विस्तारै माछापालनमा ‘सिक्दै, गर्दै’ को पाँच वर्षको अनुभवपछि भण्डारी दाजुभाइ अब्बल बनिसकेका छन् । माछापालनबाट रु. ५० लाखसम्म आम्दानी गरिरहेका उनीहरुले माछापालनका लागि भण्डारी ‘रेन्बो ट्राउट रिर्सच सेन्टर’ नै खोलिसकेका छन् । 

 

‘यहाँ वार्षिक दुई लाख भुरा उत्पादन हुन्छ, माछापालनबारे सिक्न आउने गर्छन्’, उत्तममणि भण्डारीले भने, ‘बजारयोग्य माछाका लागि दुई वर्षको समय कुर्नुपर्ने हुन्छ ।’ पाँच रोपनी जग्गा पोखरी बनाएर गरिएको माछापालनमा वार्षिक १० टनसम्म माछा उत्पादन हुने गरेको भण्डारीले बताए ।

 

‘गएको वर्ष ७० लाख बराबरको माछा बिक्री गरियो’, उत्तममणिले भने । सुरु गर्दा भालेपोथी छनोट, अण्डा निर्चोने, ‘स्पोन’ सङ्कलनजस्ता धेरै चरण पार गरिसकेपछि मात्रै माछालाई सुरक्षित भुरा बनाउन सकिने भण्डारीले बताए ।

 

‘माछा मर्नुको प्रमुख कारण ढुसी र अयोग्य पानीले गर्दा हो’, उनले भने । त्यसैले प्लान फिल्टर राखेर माछालाई स्वथ्यकर राखिन्छ । ‘एका’, ‘एभिलेन्स,’ ‘फिङ्गरलेन्स’ हुँदै एउटा अण्डारुपी माछालाई प्वाँखले फिट्ने गरिन्छ । दुई, हप्तामा अण्डा निचोरिसकेपछि केलाएर राखिन्छ । ‘आइडेग’ र ढुसीलाई पन्छाएर तीन हप्तापिच्छै जाँच गरेर बल्ल १२-१८ महिनाको कुराइपछि माछाले भुराको रुप लिन्छ ।

 

‘प्रत्येक कात्तिक महिनामा सूचि बनाएर काम गर्ने गर्छौं’, किउलमा दुई वर्षदेखि ‘ट्राउट’ माछापालन गरिरहेकी माया तामाङले भनिन् । परिपक्व भएका माछा र अन्यलाई गणनात्मकरुपमा अलग छुट्याइने गरिएको उनले बताइन् । ‘यहाँ उत्पादित माछा यहीका रिसोर्ट, होटेलदेखि राजधानीसम्म पुग्ने गर्छ’, माछाबाट वार्षिक रु. ३० लाख आम्दानी हुने भएपछि उत्साहकासाथ जुटिरहेको मायाको भनाइ थियो ।

 

माछालाई स्वस्थ्य राख्नका लागि नूनपानीको घोल बनाएर खुवाइने गरिएको छ । जसले बजारमा लैजाने बेला नबनेसम्म फुर्तिलो बनाइराखोस् भन्ने लक्ष्य हुन्छ । ट्राउट माछाको माग बजारमा सधैँ बढिरहने भएपछि भण्डारी र मायाजस्ता उद्यमी हेलम्बुभर भेटिन थालेका छन् । अन्यभन्दा राम्रो आम्दानी हुने भएपछि माछापालनप्रति कृषकको आकर्षण बढ्दो छ ।

 

जिल्लाको भोटेकोशी गाउँपालिकाको तातोपानीदेखि हेलम्बु, मेलम्ची नगरक्षेत्रमा व्यावसायिकरुपमा ‘रेन्बो ट्राउट’ माछापालन हुने गरेको छ । जिल्लाभर १० वटा ट्राउट माछा फार्म रहेको र त्यसले वार्षिक १६ टनसम्म माछा उत्पादन गर्ने गरेको तथ्याङ्क छ ।


थप समाचार

बाँस्कोटाविरुद्ध अख्तियारमा उजुरी

  • 4 minutes ago
बाँस्कोटाविरुद्ध अख्तियारमा उजुरी

काठमाडौं । कमिसन बार्गेनिङ गरेको अडियो टेप सार्वजनिक भएर सूचना, सञ्चार तथा प्रविधिमन्त्री पदबाट राजीनामा दिएका गोकुलप्रसाद बाँस्कोटाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । ब

काश्मिर सडक दुर्घटनामा ९ जनाको मृत्यु, ५ घाइते

  • 8 minutes ago
काश्मिर सडक दुर्घटनामा ९ जनाको मृत्यु, ५ घाइते

एजेन्सी । भारतको नियन्त्रणमा रहेको काश्मिरमा शनिबार भएको बस दुर्घटनामा परी नौ जनाको मृत्यु भएको छ ।

टर्कीमा भूकम्प

  • 14 minutes ago
टर्कीमा भूकम्प

एजेन्सी । अमेरिकी भौगर्भिक सर्भेले टर्कीको सराएलाई केन्द्रविन्दु बनाएर आइतबार बिहान ५.७ म्याग्नीच्यूडको भूकम्प गएको जनाएको छ ।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

किन खुल्छ मध्यरातिमा निन्द्रा ? यी हुन् ५ कारण

किन खुल्छ मध्यरातिमा निन्द्रा ? यी हुन् ५ कारण

एजेन्सी । के तपाई राति सुतेपछि हरेक दिन एउटै समयमा ब्युझिने गर्नुहुन्छ रु चाइनिज मान्यता अनुसार यो कुनै अदृश्य शक्तिको इशारा हुनसक्छ । वा कुनै शक्तिको प्रभाव हुनसक्छ । कुनै – कुनै मानिसले हरेक राति एउटै समयमा ब्यूझिँने नियम बनाएका हुन्छन् भने त्यसलाई सामान्य मान्न सकिन्छ ।

विचित्र विश्व

कोरोना भाइरसः हङकङमा रहेको एउटा सुपर मार्केटबाट लुटेराहरले चोरे सबै ट्वाइलेट पेपर्स

कोरोना भाइरसः हङकङमा रहेको एउटा सुपर मार्केटबाट लुटेराहरले चोरे सबै ट्वाइलेट पेपर्स

एजेन्सीः कोरोना भाइरसका कारण हालसम्म झण्डै साढे २४ सयजना भन्दा बढीको मृत्यु भइसकेको छ भने संक्रमितहरुको संख्या ७८ हजारभन्दा बढी रहेका छन् । चीनभर यो भाइरस नियन्त्रणका लागि प्रयास जारी रहेको छ । वैज्ञानिकहरु यो भाइरस नियन्त्रणका लागि भ्याक्सिन बनाउन संघर्षरत रहेका छन् ।