Techie IT
२०८० चैत्र १५, बिहीबार
NepaliPatra logo
गृहपृष्ठखेलनेपालले यूएईलाई ७ विकेटले हरायो

नेपालले यूएईलाई ७ विकेटले हरायो


काठमाडौँ। नेपालले यूएईलाई ७ विकेटले पराजित गरेको छ। त्रिदेशीय टी– २० सिरिजअन्तर्गत शृङ्खलाको पहिलो खेलमा यूएईले नेपाललाई पराजित गरेको हो।

मुलपानी मैदानमा नेपालले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको युएईले २० ओभरमा ७ विकेटको क्षतिमा १४० रन जोडेको थियो। जवाफी ब्याटिङ गरेको नेपालले १८.५ ओभरमा ३ विकेट गुमाउँदै जित दर्ता गरेको हो।

नेपालको लागि कप्तान रोहित पौडेलले अर्धशतक बनाए। उनले ४० बलको सामना गर्दै अविजित रहँदै ५१ रन जोडे। दीपेन्द्र सिंह ऐरी पनि अविजित रहँदै ३४ रन जोडे। त्यस्तै, मोहम्मद वासिमबाट आउट भएका आशिफ शेखले २३ रन, निलान्स केश्वानीबाट आउट भएका कुशल भुर्तेलले १४ रन तथा अली नासिरबाट आउट भएका कुशल मल्लले ११ रन जोडे।

यसअघि ब्याटिङ गरेको युएईका लागि बासिल हमीदले अर्धशतक प्रहार गरे। उनले १ चौका र ४ छक्का प्रहार गरेर ५१ रन जोडे। यस्तै, अली नासीरले ३२ रन जोडे। ५२–४ को अवस्थाबाट यी दुईले पाँचौँ विकेटका लागि ५६ रनको साझेदारी गरे। कप्तान मुहम्मद वसिमले १७ र आसिफ खानले १५ रन बनाए।

बलिङमा नेपालका करण केसीले ३ विकेट लिए। उनले ४ ओभरमा १९ रन खर्चिए। यस्तै गुल्सन झाले २ विकेट लिए। उनले ३ ओभरमा ११ रन खर्चिए। अभिनास र सोमपाल कामीले १–१ विकेट लिन सफल भए।

 




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बीचको खेल रद्द

काठमाडौँ । नेपाल ए र आयरल्याण्ड ए बीचको टी-२० सिरिजको पहिलो खेल रद्ध भएको छ । लगातारको बर्षाका कारण मैदान

नेपालले महिला एसिया कप क्रिकेट खेल्ने

काठमाडौँ । नेपालको महिला राष्ट्रिय क्रिकेट टोलीले एसीसी महिला एसिया कप खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का अनुसार

बहराइनसँग नेपाल ३-० ले पराजित

काठमाडौँ । नेपाल फिफा विश्वकप तथा एएफसी एसियन कप छनोटअन्तर्गत बहराइनसँग पराजित भएको छ । गएराती सम्पन्न खेलमा बहराइनले नेपाललाई

आयरल्यान्ड ‘ए’ माथि नेपालको लगातार दोस्रो जित

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले टी–२० आई खेलमा आयरल्याण्ड वुल्भ्सको ‘ए’ टोलीविरुद्ध लगातार दोस्रो जित निकालेको छ । नेपालले

नेपालले आयरल्याण्ड ‘ए’ लाई दियो १९९ रनको लक्ष्य

काठमाडौँ । नेपाले आयरल्याण्ड वुल्भ्सको ‘ए’ टोलीलाई जितका लागि १९९ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस

आयरल्यान्ड वुल्भ्समाथि नेपालको जित

काठमाडौँ । पहिलो टी–२० खेलमा आयरल्यान्डको ए क्रिकेट टिम आयरल्यान्ड्स वुल्भ्समाथि नेपाली राष्ट्रिय क्रिकेट टिमले जित हात पारेको छ ।

Techie IT