घरघरै पुगेर उपचार दिन थाल्यो नगरपालिकाले

रत्ननगर ।  चितवनको रत्ननगर नगरपालिका वडा नं ५ झुवानीकी ९२ वर्षीया खड्गकुमारी ढुंगाना यतिखेर दङ्ग छन् । जनप्रतिनिधिसहित स्वास्थ्यकर्मीको टोलीले आज घरमै उपचार दिन आएपछि उनी खुशी भएकी हुन् । 

 

अघिल्लो वर्ष स्थानीय तहको चुनावका बेला वृद्धवृद्धालाई सहयोग गर्लान् र देशलाई सम्हालान् भन्ठानेर उनले सकिनसकी गएर भोट हालेकी हुन्। भोट हालेर फर्कने बित्तिकै उनलाई उच्च रक्तचापले ढाल्यो । निको बनाउन अस्पताल राखिए तर, व्यथा झन् बल्झियो । 

 

“लौ अब बाँचिंदैन झै लाग्या’थ्यो, अस्पतालले पनि अब सकिन्न, घरै लैजानू भनेर पठाए,” बुहारी भवानीले घटना सम्झँदै भने, “घरमै राखेर औषधिमुलो ग¥यौं । अहिले शरीर फि¥यो ।” खड्गकुमारीले अर्को जुनी पाएकामा खुशी भएको ढुंगानाको परिवार आज अकस्मात् घरमै सरकार (स्थानीय तहका जनप्रतिनिधि) आइपुग्दा रोमाञ्चित नै भए । औषधिसहितको चिकित्सक र स्वास्थ्यकर्मीको टोली उहाँको घर पुगेको थियो । 

 

“पोहर भोट हालेको हो, आज घरमै सांसद–मेयर आए, घरमै आएर सोधखोज गर्ला भन्ने त सुइँको थिएन,” वृद्धा खड्गकुमारीले दङ्ग पर्दै भने । भोट हालेकाले जितेको अनुभव समेत उनले सुनाए । आफ्नै स्वास्थ्यको ख्याल गर्न आएको देखेर उनी गद्गद् थिए । 

 

“तपाईंहरु आउनुभयो, गजब भो बाबु, अब ओल्लार–पल्लार हिंड्न पाए हुन्थ्यो,” प्रदेश नं ३ की सांसद कञ्चन खनाल, रत्ननगर नगरपालिकाका प्रमुख नारायण वन, उपप्रमुख विमला दवाडीसामु आशावादी देखिएकी खड्गकुमारीले भने । 

 

उनी यसो भनिरहँदा वडाध्यक्ष कृष्ण महतो उपचारको बन्दोबस्तमा थिए भने रत्ननगरका स्वास्थ्य सहायक शिवप्रसाद पौडेल र प्रयोगशाला सहायक सरोज देवकोटा चिनी र रक्तचाप जाँच्दै थिए । 

 

अहिले खड्गकुमारीका खुट्टा लुला भएका छन् । हिँड्डुल गर्न गा¥हो हुन्छ । रक्तचापको औषधि नियमित खानुहुन्छ । ह्वीलचियरको प्रतीक्षामा हुनुहुन्छ उनी । यताउता जाँदा परिवारले समाइदिनुपर्छ । उहाँलाई अस्पताल लान र लैजान बडो समस्या हुन्छ । अशक्त वृद्धवृद्धाले यसरी घरघरै उपचार पाउने हो भने सामान्य जनता धेरै खुशी हुनेछन् । यस्तो उदाहरणीय प्रयाश रत्ननगर नगरपालिकाले शुरु गरेको छ । 

 

रत्ननगर ५ झुवानीकै छिमेकी ९१ वर्षीय टंककुमारी रिजाल पनि बिरामी हुनुहुन्छ । चाउरिएका गाला उज्यालो पार्न उहाँलाई सकस हुन्छ । लठ्ठीको सहाराले हिँड्डुल गर्छन् । “के हुन्छ आमा रु” स्वास्थ्यकर्मी शिवप्रसाद पौडेलले सोधे । “पेट, छाती यसै भतभत हुन्छ,” साउतीको स्वरमा उनले जवाफ दिए । 

 

नापजाँच गर्दा उहाँमा रक्तचाप र चिनीको मात्रा सामान्य देखियो । उनलाई पनि नियमित रक्तचापकै औषधि खुवाउने गरिएको बुहारी नीलकुमारी रिजाल बताउँछन् । बिरामीले थला परेकाले उहाँलाई बच्चालाई खुवाउने जस्तो लिटो बनाएर, अनि भात तरकारी मिची नरम पारेर खुवाउने गरिएको छ । 

 

सन्तानब्बे वर्षका वृद्ध विष्णुप्रसाद रिजाल अझै ठमठम्ती हिँड्नुहुन्छ । “बेलाबेलामा रिंगटा लाग्ने भाउन्न हुने हुन्छ, दिसापिसाब सबै राम्रो छ, त्यही पनि पिसाब चाहीँ पोल्छ,” रिजालले स्थास्थ्यकर्मीसामु आफ्नो समस्या बताइदिए । 

 

यसरी गाउँमै जनप्रतिनिधि आउँदा उहाँपनि दङ्ग परे । “खासा लाग्यो, यसरी सेव ागर्न आएपछि धेरै आशा भरोसा हुन्छ,” रिजालले आफ्नो संक्षिप्त प्रतिक्रियामा भने । कतिपय वृद्धवृद्धा जनप्रतिनिधिहरु एक्कासी घर आएको देखेर नै दंग परे । कतिपय भने जाँच गर्न आउने थाहा पाएपछि नजीकैको झुवानी विद्यालयमा जम्मा भएका थिए । 

 

“अलिकति सुगर छ भन्या छ, घर खोज्दै खोज्दै आउँछन् रे,” स्वास्थ्य परीक्षणपछि घर जाँदै गर्दा ८० वर्षकी गंगादेवी लम्सालले भने । 

 

उनीहरु प्रतिनिधि पात्र मात्रै हुनुहुन्छ । चितवनको रत्ननगर नगरपालिकाले अहिले ८० वर्ष कटेका वृद्धवृद्धालाई घरघरै पुगेर स्वास्थ्य सेवा दिन थालेको छ । घरधुरी सर्वेक्षणमा रत्ननगरमा एकहजार ५० जना ८० वर्ष कटेका वृद्धवृद्धा छन् । उनीहरु हरेकलाई घरमै पुगेर स्वास्थ्य सेवा दिने नगरप्रमुख नारायण वनले बताए । 

 

“प्रारम्भिक सेवा घरमै हुन्छ, जटिल भए एम्बुलेन्समार्फत विशेषज्ञ चिकित्सककहाँ पु¥याउँछौं,” वनले भने, “यो अभियान अब दैनिक चल्छ ।” नगरपालिका विस्तारै समृद्ध हुँदै गएपछि भने उमेर हद घटाएर ७० वर्षमाथिकालाई पनि सेवा पु¥याउने सोच रत्ननगर नगरपालिकाले बनाएको छ । 

 

अहिले पनि कतिपय परिवारमा आफ्ना बुबाआमालाई वृद्धाश्रम लगेर छाड्ने चलन छ । कतिपयले हेलाँ गरेर घरमै राखेका छन् । यसरी जनप्रतिनिधिहरु घरघरै आएर सेवा दिनु अन्य स्थानीय तहका लागि समेत नमूमा हुने निर्विवाद छ । नेपाल सरकारको घरघरमा सिंहदरबार पु¥याउने लक्ष्य जनप्रतिनिधिहरुले यसरी अग्रसरता देखाइदिए सफल हुन्छ भन्ने उदाहरण हो रत्ननगर नगरपालिका । 

 

“गाउँगाउँमा, घरघरमा सरकार भनेको यही हो, राज्यको उद्देश्य पूरा गर्ने अभियान यही हो,” प्रदेशसभा सदस्य कञ्चन खनालले भन्नुभयो । वृद्धवृद्धाको अभिभावक बनेर नयाँ कार्यक्रमको थालनी गरेकामा उहाँले रत्ननगर नगरपालिकालाई धन्यवाद पनि दिए । 

 

रत्ननगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज ढुंगाना वृद्धवृद्धा र नयाँ पुस्ताबीच अनुभव आदानप्रदानका लागि ‘उहिलेका कुरा’ कार्यक्रमसमेत रत्ननगरले सञ्चालन गर्न लागेको बताउनुहुन्छ । रत्ननगरलाई नमूना नगर बनाउने सोच राखिएको छ । 

 

रत्ननगरले यति मात्रै होइन यहाँ बाँझो जमीन राख्नेमाथि कारवाही पनि थालेको छ । सार्वजनिक जग्गाको खोजी गरी संरक्षण कार्य अगाडि बढाइएको छ । सुरक्षित मातृत्व नगर बनाउने अभियानसमेत थालिएको छ । छाडा चौपाया राख्ने गौशाला बनाउने योजना पनि छ ।

 

 

रत्ननगर नगरपालिकाका उपप्रमुख दवाडी भन्नुहुन्छ, “हरेक जनप्रतिनिधि अब बुबाआमाका छोराछोरी बन्न सक्नुपर्छ । सुखदुःख साट्ने हुनुपर्छ ।”  

 

 


थप समाचार

नागरिकता विषय ठीक ढङ्गले सम्बोधन गर्नुपर्छ : गृहमन्त्री थापा

  • 8 hours ago
नागरिकता विषय ठीक ढङ्गले सम्बोधन गर्नुपर्छ : गृहमन्त्री थापा

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले नागरिकता राष्ट्रको पहिचान, नागरिकको समृद्धि एवं राष्ट्रिय सुरक्षा र स्वाधीनतासित जोडिएको प्रश्न भएकाले सुझबुझपूर्ण निर्णय आवश्यक रहेको बताएका छन् ।

पक्राउ पर्ने सूचना पाएपछि काठमाडाैंकाे जनसभामा विप्लव नअाउने

  • 8 hours ago
पक्राउ पर्ने सूचना पाएपछि काठमाडाैंकाे जनसभामा विप्लव नअाउने

काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा मंसिर ८ गते काठमाडौंमा गर्न लागेको जनसभा र प्रदर्शनलाई महासचिव विप्लवले सम्बोधन नगर्ने भएका छन् । महासचिव विप्लवलाई काठमाडौंमा उतारेर शक्ति

सशस्त्र प्रहरी बलकाे प्रवक्तामा सुरजकुमार श्रेष्ठ

  • 9 hours ago
सशस्त्र प्रहरी बलकाे प्रवक्तामा सुरजकुमार श्रेष्ठ

काठमाडौं । सशस्त्र प्रहरी बलमा प्रवक्ताको जिम्मेवारी सशस्त्र प्रहरी नायव महानिरीक्षक सुरजकुमार श्रेष्ठलाई दिइएको छ ।



भिडियो

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

यसरी घटाउनुस् मानसिक तनाव !

यसरी घटाउनुस् मानसिक तनाव !

के तपाईंलाई मानसिक तनावले सताउँछ रु यदि सताउँछ भने ध्यान दिनुहोस् तनाव कम गर्ने विभिन्न उपायहरु छन् । मनोचिकित्सकले सुझाएका यी हुन् मानसिक तनाव घटाउने ७ उपाय

विचित्र विश्व

अब उड्ने बाइक, अग्रिम बुकिङ समेत खुल्ला

अब उड्ने बाइक, अग्रिम बुकिङ समेत खुल्ला

एजेन्सी । तपाईले हालसम्म गुड्ने बाइकबारे थाहा पाउनु भएको थियो होला अब भने उड्ने बाइक पनि बजारमा आउन लागेको सुन्दा अचम्ममा पर्नु हुनेछ ।