चुवानी अभियान तीव्रताका साथ

राजविराज, कात्तिक ,२८ । यही अगामी मंसिर २१ गते दोस्रो चरणमा हुनलागेको प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनका लागि सप्तरीका राजनीतिक दल अहिले चुनावी प्रचारप्रसार सक्रिय छन् । निर्वाचन नजिकिँदै जाँदा विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता अहिले शहरी तथा ग्रामीण क्षेत्रको चुनावी अभियानमा लागेको राजनीतिक दलका कार्यकार्ताको भनाइ छ ।

 

जिल्लाका मुख्य राजनीतिक दल नेपाली काँग्रेस, नेकापा एमाले रमाओवादी केन्द्र संयुक्त वाम गठबन्धन, राजपा –संघीय फोरम गठबन्धन र राष्ट्रिय प्रजातत्र पार्टी र स्वतन्त्र उम्मेदवारलगायतका विभिन्न पार्टीका नेता तथा कार्यकर्ता चुनावी प्रचारप्रसारमा लागेका हुन् । जिल्लामा स्वतन्त्रसहित १५२ उम्मेदवार अहिले चुनावी मैदानमा छन् ।

 

चुनावी मैदानमा होमिएका विभिन्न राजनीतिक दलमध्ये नेपाली काँग्रेस, नेकपा एमाले रमाओवादी केन्द्र सम्मिलित वाम गठबन्धन र राजपा–फोरम नेपालको गठबन्धनका नेता तथा कार्यकता र उम्मेदवार गाउँगाउँमा भोट माग्न व्यस्त छन् ।

 

वाम गठबन्धनले चुनवी अभियानलाई त्रिव्रता दिएको नेकपा एमालेका जिल्ला अध्यक्ष गोविन्द न्योपानेले बताए। सप्तरी क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्यका लागि नेकपा एमाले र माओवादी केन्द्रको वाम गठबन्धाबाट अशोक मण्डल, राजपा –फोरम गठबन्धनबाट डा सूर्यनारायण यादव र नेपाली काँग्रेसबाट रामदेद शाह उम्मेदवार हुन् ।

 

त्यस्तै मधेसवादी दलका नेता तथा कार्यकर्ता गाउँघरमा चुनावी अभियानमा लागेको सप्तरी क्षेत्र नं २ ख बाट राजपाको तर्फ प्रदेशसभा सदस्यका उम्मेदवारी दिएका मनिसकुमार सुमनले बताए ।खासगरी युवालाई चुनावी प्रचारप्रसारमा लागाइएको र उनीहरुले गाउँदेखि शहरका हरेका ठाउँमा चुनाव प्रचारप्रसार अभियानलाई तीव्रता दिएको उहाँले जानकारी दिए । यस्तै वाम गठबन्धनले पनि सप्तरी क्षेत्र नं २ मा चुनावी अभियानलाई तीव्रता दिएको छ ।

 

यस क्षेत्रमा वाम गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य एवं पूर्वमन्त्री उमेशकुमार यादव र फोरम –राजपा गठबन्धनको तर्फबाट फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव प्रतिनिधिसभा सदस्यका लागि चुनावी मैदानमा छन् ।उनी दुवैजनालाई चुनावमा जिताउनुपर्ने अभियानमा वाम गठबन्धन र गठबन्धनका कार्यकर्ता चुनावी प्रचारप्रसारमा जुटेका छन् ।

 

त्यस्तै सप्तरी क्षेत्र नं २ मा आफ्नो पार्टीबाट टिकट नपाएका स्वतन्त्र उम्मेदवार लक्ष्मण यादव र जयप्रकास ठाकुरले पनि चुनावी अभियानलाई तीव्रता दिएको उम्मेदवार ठाकुरले बताए । उनीहरू दुवैजनालाई राजपा पार्टीबाट टिकट नदिएपछि अहिले स्वतन्त्र उम्मेदवार बनेका हुन्। ठाकुर प्रतिनिधिसभा २ र यादव प्रदेशसभा २ को ख बाट चुनावी मैदानमा प्रतिस्पर्धी बनेका छ



Your Comment

थप समाचार

बुद्ध फाउण्डेसनले आइतबार वीलवीचमा बुद्धसम्बन्धी प्रवचन आयोजना गर्दै

  • 4 hours ago
बुद्ध फाउण्डेसनले आइतबार वीलवीचमा बुद्धसम्बन्धी प्रवचन आयोजना गर्दै

लण्डन । बुद्ध फाउण्डेसन यूकेले लण्डनमा बुद्धसम्बन्धी एक प्रवचन कार्यक्रम आयोजना गर्ने भएको छ । त्यस अवसरमा विद्याधर आचार्य महायोगी श्रीधर राणा रिम्पोचेले प्रवचन दिनेछन् ।

बेलायतमा भिसा नभएका आप्रवासीहरुको रामकहानी

  • 4 hours ago
बेलायतमा भिसा नभएका आप्रवासीहरुको रामकहानी

अस्पतालमा प्रवेशाज्ञा देखाउन नसक्दा एउटा गर्भवति महिलाले करिब ५५ सय देखि ६ हजार पाउण्ड सम्मको बिल तिर्नुपर्ने बाध्यता छ । कति महिलाहरु पैसा तिर्ने डरले जोखिम मोलेरै भएपनि घरमै सुत्केरी भएका घट्ना पनि

समानुपातिकतर्फ प्रदेशसभामा चितवनबाट को–को भए निर्वाचित ?

  • 7 hours ago
समानुपातिकतर्फ प्रदेशसभामा चितवनबाट को–को भए निर्वाचित ?

काठमाण्डौ, माघ ४ । निर्वाचन आयोगले गत मङ्सिर २० र २१ गते सम्पन्न प्रदेशसभा सदस्य निर्वाचनको समानुपातकितर्फको विजयी उम्मेदवारको सूचीमा चितवनबाट ७ ज


Loading...

भिडियो

hamropatro

नेपाल

साँफे-मार्तडी राजमार्ग तीन दिन बन्द

साँफे-मार्तडी राजमार्ग तीन दिन बन्द

बाजुरा, माघ ४ । साँफे–मार्तडी राजमार्ग अन्तर्गतको बूढीगंगा नगरपालिका–१, अम्कोटेमा रहेको सडकखण्ड आजदेखि तीन दिनका लागि सडक बन्द हुने भएको छ । 

जीवनशैली

उनले तपार्इंलार्इ मन पराउछिन कि पराउदिनन् ? यस्ता छन् पत्ता लगाउने १० सुत्र

उनले तपार्इंलार्इ मन पराउछिन कि पराउदिनन् ? यस्ता छन् पत्ता लगाउने १० सुत्र

काठमाडाैं । धेरैजसो पुरुषहरु महिलाको भावना बुझ्न निकै कठिन हुने बताउँछन् । यसो हुँदा हुँदै पनि माया प्रेममा रहेकाहरु भने एकअर्का प्रति नजिक हुन विभिन्न लक्षण र प्रतिक्रियाहरु व्यक्त गर्ने गर्छन ।