युवा अब विदेश जानु नपर्ने : ज्ञान र सीपलाई स्वदेशमा उपयोग

  • मंगलबार, २८ कार्तिक, २०७४
  • 5 months ago
  • नेपाल

पोखरा, कात्तिक , २८ । कानून, न्याय तथा संसदीय मामिला मन्त्री एवं कास्की क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार यज्ञबहादुर थापाले जनताका आवश्यकताका आधारमा विकास निर्माणलाई प्राथमिकता दिइने बताएका छन् ।

 

काँग्रेसले पोखराको लेखनाथ महानगरपालिका– २९ मा स्थापित चुनाव प्रचारप्रसार कार्यालयको आज उद्घाटन गर्दै उनले समाजको तल्लो तहबाटै विकास भएमा मात्र सर्वसाधारणले त्यसको प्रत्यक्ष अनुभूति गर्न सक्ने बताए ।

 

जनताको जीवनस्तर वृद्धि गर्ने खालका कार्यक्रमलाई काँग्रेसले अघि बढाउँदै आएको बताउँदै उनले युवालाई सिर्जनात्मक बनाउँदै उनीहरूका ज्ञान र सीपलाई स्वदेशमा नै उपयोग गर्ने वातावरण तयार गरिने विश्वास दिलाएका छन् ।

 

काँग्रेसका केन्द्रीय सदस्य एवं कास्की क्षेत्र नं १ प्रदेशकका उम्मेदवार जीवन परियारले नेपाली जनताको लामो समयको संघर्षबाट प्राप्त संविधान र लोकतन्त्रको रक्षा एवं समृद्ध नेपाल निर्माणका लागि काँग्रेसलाई जिताउनुपर्नेमा जोड दिए ।



    Your Comment

    थप समाचार

    दुई कोरियाका नेताका लागि हटलाइन सेवा सुरु

    • 33 minutes ago
    दुई कोरियाका नेताका लागि हटलाइन सेवा सुरु

    सोल । दक्षिण कोरिया र उत्तर कोरियाका नेताका लागि शुक्रबार हटलाइन सेवा सुरु गरिएको छ । 

    अाेली र प्रचण्डबीच दाेस्राे दिनकाे छलफल सकियाे, भाेली पनि भेटघाट हुने

    • 40 minutes ago
    अाेली र प्रचण्डबीच दाेस्राे दिनकाे छलफल सकियाे, भाेली पनि भेटघाट हुने

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच पार्टी एकताको विषय टुंग्याउने विषयमा शुक्रबार पनि छलफल भएको

    २२ वर्षको आर्सनल बसाईंपछि आर्सिनी वेङ्गरले यसै सिजनको अन्त्यमा क्लब छोड्ने

    • 2 hours ago
    २२ वर्षको आर्सनल बसाईंपछि आर्सिनी वेङ्गरले यसै सिजनको अन्त्यमा क्लब छोड्ने

    एजेन्सी । अन्ततः आर्सिनी वेङ्गरको २२ वर्ष लामो आर्सनल बसाई यसै सिजनबाट अन्त्य हुने भएको छ । सन् १९९६ देखि निरन्तर रुपमा आर्सनलको प्रशिक्षकको भूमिका निर्वाह गर्दै आएका वेङ्गर आर्सनलको व्यस्थापक भएपछि १


    Loading...
    The British College

    भिडियो

    hamropatro

    जीवनशैली

    अम्बानीकी छोरी : यति सानै उमेरमा ४ करोड भन्दा बढी कमाउँछिन्

    अम्बानीकी छोरी : यति सानै उमेरमा ४ करोड भन्दा बढी कमाउँछिन्

    एजेन्सी । रिलायन्स र जियोको बोर्ड मिटिङमा आफ्नो दमदार प्रस्तुती दिएकी एसियाकै धनि मुकेश अम्बानीकी छोरी ईशा अम्बानी छिट्टै बलिउडमा देखिने भएकी छिन् । उनी फिल्म प्रोड्युसरको रुपमा बलिउडमा प्रवेश गर्न लागेकी हुन् ।

    विचित्र विश्व

    २७ वर्ष काटेपछि बुढीकन्ये !

    २७ वर्ष काटेपछि बुढीकन्ये !

    एजेन्सी । २७ वर्षभन्दा उमेर कटेका युवतीलाई चिनीयाँ समाजमा ‘बुढी कन्या’ भनेर हैरान पार्छ । समयमै विवाह गर्नुपर्ने राय बाड्ने यहाँको समाज उमेर उकालो लाग्ने बित्तिकै छानेर छाडिएकी वा कुनै गम्भिर समस्या भएकी भन्नेसम्म शंका गर्छ ।