लण्डनमा गाडीको ठक्करबाट ७६ वर्षीया नेपाली बृद्धाको मृत्यु

  • सोमबार, ४ बैशाख, २०७४
  • 6 months ago
  • युके
मृतक ७६ वर्षीया थकमति पुन

लण्डन । लण्डनको साउथ ह्यारोमा बस्दै आएकी एक ७६ वर्षीया नेपाली बृद्धाको सडक दुर्घटनामा मृत्यु भएको छ ।


शनिबार दिउंसो श्रीमानसंग आफ्नो घर नजिकै घुम्न भन्दै निस्किएकी थकमति पुनलाई बाटो क्रस गर्ने क्रममा गाडीले ठक्कर दिएको थियो ।

 

गाडीको ठक्करबाट गम्भीर घाइते पुनलाई एम्बुलेन्समा अस्पताल लैजाने क्रममा निधन भएको लण्डनस्थित मृतकका भाइ टिगबहादुर गर्बुजाले बताएका छन् ।


मृतकको शव अहिले लण्डनको नर्थविक पार्क हस्पिटलमा छ । पोस्मार्टमका लागि अझै केहि दिन लाग्ने र त्यसपछि शब नेपाल लैजाने तयारी छ ।

 

म्याग्दीको दग्नाममा स्थायी घर भएकी मृतक पुन भूपू गोर्खा श्रीमान चन्द्रबहादुर पुनसंग लण्डनमा बस्दै आएकी थिइन् । उनका ५ छोरी र १ छोरा सबै नेपालमा छन् ।



    Your Comment

    थप समाचार

    ७४ सिटका लागि डेढसय भन्दा बढी उम्मेदवार

    • 13 hours ago
    ७४ सिटका लागि डेढसय भन्दा बढी उम्मेदवार

    काठमाडौं, कात्तिक ५ । पहिलो चरणमा ३२ जिल्लामा प्रदेशसभाका ७४ सिटमा हुने चुनावका लागि आइतबार उम्मेदवारी दर्ता भएको छ । विभिन्न दल तथा स्वतन्त्र उम्मेदवारहरुले निर्वाधन कार्यालयमा

    आलमले केपी ओलीलाई हजुरबासँग तुलना गरेपछि...

    • 14 hours ago
    आलमले केपी ओलीलाई हजुरबासँग तुलना गरेपछि...

    काठमाडौं कात्तिक ५ । भक्तपुरको बोलकोटस्थित एमाले अध्यक्ष केपी ओलीको निवासमा भाईटीकाको भोलिपल्ट पनि तामझाम र रौनक उस्तै थियो । अर्थात्, आइतबार दिउसो ।

    प्रहरी झुक्याउने दीपक मनाङेले एमालेलाई पनि झुक्याए

    • 15 hours ago
    प्रहरी झुक्याउने दीपक मनाङेले एमालेलाई पनि झुक्याए

    काठमाडौं, कात्तिक ५ । गुन्डा नाइके दीपक मनाङेलाई मनाङबाट उम्मेदवार बनाउने नेकपा एमालेको निर्णयको चौतर्फी आलोचना भएपछि एमालेले मनाङेलाई उम्मेदवार नबनाउने भएको छ ।


    Loading...

    भिडियो

    hamropatro

    नेपाल

    म्हैपीमा गोली प्रहारबाट एक घाइते, शंकास्पद ५ जना पक्राउ

    म्हैपीमा गोली प्रहारबाट एक घाइते, शंकास्पद ५ जना पक्राउ

    काठमाडौं, कात्तिक ५ । नयाँ बसपार्क नजिकै म्हैपीमा आइतबार बिहान गोली प्रहारबाट कल्याण गुरुङ घाइते भएका छन् । घटनापछि घाइतेलाई उपचारका लागि महाराजगन्जस्थित शिक्षण अस्पताल लगिएको छ ।

    जीवनशैली

    कहिल्यै गर्न हुँदैंन नुहाउदा यी १० गल्ती

    कहिल्यै गर्न हुँदैंन नुहाउदा यी १० गल्ती

    नुहाउदा हामीले अक्सर कयौं गल्तीहरु गरिरहेका हुन्छौं । जसले हाम्रो छाला र कपाललाई असर गर्नुका साथै कयोैं स्वास्थ्य समस्याहरुको कारण बन्न सक्छ ।