‘अ माक्र्सिस्ट लभर !’

 

उसँगको सम्बन्ध गाँसिएको ४३० दिन र १२ घण्टा पछि सम्बन्ध भत्कियो । प्रेमको असमायिक निधन सँगै मेरो मुटुमा अजङ्ग प्रहार महसुस भयो । उ काठमाडौंकी रैथाने थिई । म आप्रवासी । हामी व्यवहार र रुचीमा ठ्याक्कै बिपरित थियौँ । जीवनस्तर उसको सम्भ्रान्त थियो । उसलाई साहित्य÷आइत्य मतलब थिएन । राजनीति÷साजनीति त ‘मस्ट इरिटेटिङ थिङ्ग्स’, कुरै नमिल्ने ।

 

हामीबिचको सबैभन्दा ठूलो पर्खाल नै रुची र जीवनस्तर बन्यो । (एक्चुअल्ली सि वाज माई सेकेन्ड गर्लफ्रेन्ड विफोर दि थर्ड)

उसले २०६७ सालको भ्यालेनटाइन डे को मात्र ३ दिन अगाडी ताज्जुब लाग्दो ब्रेक अप दिई । तपाइँ सोच्न पनि सक्नु हुन्न, संसारमा यति उदेक लाग्दो ब्रेक पनि हुन सक्छ !

 

आसन्न भ्यालेनटाइनडे यति सारकास्टीक रुपमा देखा पर्नु आफैँमा दुःखद कुरा हो । त्यसपछिका केहिदिनहरु म भुमिगत रहेँ । कतै निस्कन मन लागेन । मन धुम्मधुम्ती एकोहोरिएको थियो ।

 

केही दिनदेखिको चर्को भोक, घरबेटीको अनावश्यक कचकच र हल्ला, म दिक्किएको थिएँ । ओछ्यानभरी छरिएका थिए किताब अनि फिल्मका केही सिडीहरु, सायद नब आगन्तुकको अगाडी आफुलाई पढन्ते साबित गर्ने त्यो भन्दा ठूलो ‘स्टन्ट’ के हुन सक्थ्यो ! खैर, बियोगको ह्याङओभर मेट्ने क्रुर कसरत चलिनैरहेको थियो ।

 

साथी–भाईसँग त्यस्तो भेटघाट भइरहँदैनथ्यो । घरसँगको सम्पर्कबाट विमुख भएको महिनौं नाघ्थ्यो । खालिल जिब्रान र नित्ज्सेको पुर्ववत् प्रभावमा परिसकेको म अलि क्रुर थिएँ । जिब्रानले भनेजस्तो सन्तानहरु धनुबाट खुस्किएका बाण हुन् । पारिवारीक मोहबाट फुत्किने भरपुर प्रयासमा जिब्रान एकमात्र पथप्रदर्शक थियो मेरो लागि । उ साथी भयो । “द प्रोफेट” पकेटबाट भित्र बसिरह्यो ।

 

कोठाभित्रको एक्लो बसाई, जङ्क फुडसँगको लगातार समागम । लगभग म बिरक्तिएको जस्तो देखिन्छु त्यतिखेर । जीवनमा प्रेम नहुनु, जीवनकै सुन्दर आयामबाट विमुख हुनु हो । जीवन प्रेमले विरक्तिनु फेरि जीवनको कुरुप आयाममा संलग्न हुनु हो । साँचो भन्दा म विरक्तिएको थिएँ । पुँजीवादी अर्थतन्त्रको टाउको टेकिहिँड्ने प्रेमबिरुद्ध धारणा राख्दा राख्दै म स्वयं त्यति विघ्न विरक्तिउँला मैले सोचेकै थिइन ।

 

मलाई तडकभडक ब्यक्तित्वको अभिष्सा थियो भित्र भित्रै, तर मसँग आवश्यक पैसा थिएन । र जो तडकभडक देखिन्थे (ठ्याक्कै अर्कैकी भइसकेकी मेरी पुर्व प्रेमिका जस्तो) त्यसताकादेखि मैले त्यस्तो ब्यक्तित्वभित्र सम्भ्रान्त बर्गीय गन्ध देख्न थालेँ । म आलोचना गर्न थालेँ । म भित्र त्यति क्रुर बर्गीय मानसिकता कसरी प्रवेश ग¥यो, म आफैँ हैरान हुन्छु । (तपाईँ यो मान्नै सक्नुहुन्न, माने पनि तपाईँ मेरो विचलित विचारमाथि प्रश्न गर्नुहुन्छ ।)

 

ईन्ट्रेस्टिङ कुरा त यता छ । मलाई सार्बजनिक यातायातमा कुनै मजदुर मसँगै टाँस्सिएर यात्रा ग¥यो भने अस्ह्य हुन्थ्यो, मलाई गन्हाउँथ्यो । कुनै पसिनाले भिजेको कामदार मसँगै प¥यो भने म हिच्कीचाउँथे उ सँगै बस्न, आँखा तर्थेँ । फेरि म पुँजीबादी बजारको मापदण्ड अनुरुप त्यस्तो कुलिन देखिने पनि होइन । तैपनि मलाई खेतमा काम गर्दै गरेको मजदुरको जीउभरीको हिलो कहिल्यै मन परेन ।

 

जुन दिन मैले काठमाडौंमा सजिएका महँगा सामानहरु खरिद गर्न सकिन, त्यसदिनदेखि ति पसलहरुमा ओइरिएका हरेकमान्छेहरु पुँजीवादी अर्थतन्त्र टिकाउने खतरनाक उपभोक्ताबादी देख्न थालेँ । म विवशताबश साम्यवादी भएँ । म बाध्य भएर चे ग्वेभारा प्रिन्टेड टिसर्ट किन्न थालेँ, र जो यस्ता टिसर्ट लगाउँदैनन् म उपहास गर्न थालेँ । तपाईँ पत्याउन्न पनि सक्नुहुन्न कि म त्यति ‘कमिना माक्र्सवादी’ कसरी भएँ ! म मेरा विवशताहरुले सिर्जित ग्लानी र कुण्ठा बोकेर माक्र्सवादको झण्डा बोकी हिँड्थेँ । (तपाँई पक्कै पनि अहिले जिब्रो टोकिरहनुभएको होला, कृपया नटोक्नोस् किनकी मलाई त्यतिबेला हरेक कुरा पचिसकेको थियो ।) मेरो धारणा थियो—गैरमाक्र्सवादी सबै प्रतिकृयाबादी ।

 

कथा लामै छ, धैर्य गर्नोस् एकछिन् । यति महत्वपुर्ण समयको एउटा हिस्सा फजुलमा छाडिदिनोस् । अँ !
एकैछिन मात्रै हो । अहिले म त्यतिबेलाको मेरो उमेर, धारणा, मेरो त्यो उत्तेजना खोजिरहेको छु । तर उसको मृत्यु भैसकेको छ, यदी सम्भव हुँदो हो, म उसँग बार्ता गर्न चाहान्थेँ, उसले अँगालेको त्यो तात्कालिन धारणासँग । उ लोप भयो र विकासक्रमको बारम्बारको अदलबदलपछि म मात्र बाँकिरहेँ । यो ‘न्यारेटर’ पनि त्यति बाँच्नेवाला छैन, आफ्नै अक्षरसँगै मेटिसकेको छ यो ।

 

कुरा बेग्लै छ । त्यसताकाको मेरो एउटा मात्र काम थियो, दिनदिनभर डुलिहिँड्ने । पुरै पैदल । किनकी म सँग गाडी फेरिरहने पैसा पनि थिएन । “फादर्स प्रोपर्टी युटिलाइजेसन् कम्पनी” को अनर जस्तो थियो प्राफेसन । किनकी मान्छेले गर्ने प्रोपर्टी अनुसारको खर्च हो । ब्यक्तिगत विरासत भनेको कुण्ठा, ग्लनी, वितृष्णा त्यही त हो । तपाँइले फादर्स प्रोपर्टी पनि बिचार गर्नुभो होला । कोही भेटिइहाल्यो भने एउटै उत्तर हुन्थ्यो, ‘पैदल यात्रा गर्नु, स्वाथ्यको लागि फाइदाजनक छ ।’


त्यसताका मलाई ठूला अपार्टमेन्ट हाउसबाट निस्कने सुन्दरीहरु खुबै मनपथ्र्यो । तर अभ्यस्त सम्पर्कको लागि जीवनस्तर बाधक बन्थ्यो । म उनीहरुको सम्झनामा खुब हस्तमैथुन गर्थेँ । तर धारणा हुन्थ्यो, प्रेममा बर्ग जिवित छ । जब धनी बाउहरुको कोकाकोला फिगर छोरीहरु आफ्नो बनाउन नसक्ने स्थितिमा पुग्थेँ, तब म प्रेममा बर्ग छ भन्दै जोडजोडले बहस गर्थेँ । तपाँई हाँस्दै हुनुहुन्छ मलाई थाहा छ । तपाँइको मनोविज्ञानमा मभित्रको चित्र ‘नेगेटिभ’ छ, तर तपाँँइलाई थाहा नहुन पनि सक्छ, परिस्थितिले कस्तो मान्छे निर्माण गर्छ ? अर्थतन्त्रको चपेटामा परेको परिस्थिति आगो बन्छ कालान्तरमा ।
कोही जन्मसिद्ध ज्यानमारा हुँदैन । प्रत्येक ब्यक्तिको मनोविज्ञानभित्र ब्याप्त सौन्दर्य चिन्तन यही समाजबाटै निर्माण भएको हो र हरेक यही समाजको विविध चिन्तनका उपज हुन् । पक्कै पनि तपाइँले विवेचना गर्नु भैसक्यो, सायद अब म मौन हुनुपर्छ, तर यो मेरो तत्कालिन अस्तित्वमाथिको डिफेन्स होइन । जो मृत छ, उसमाथि डिफेन्सको अर्थ छैन ।


क्रमश.. साथीहरु छुट्टिन थाले । म एक्लो हुन थालेँ । त्यसताका दिनहरुमा म नैराश्य मुद्रामा भेटिन्थेँ । जब कुनै चित्रकार भेट्थेँ चित्रकार बनुँ जस्तो लाग्थ्यो । भ्यान गग र पाब्लो पिकासोका तस्बिरहरु प्रोफाइल पिक्चर राख्थेँ । कुनै दर्शन पढ्थेँ मेरो जीवनको ध्येय नै दार्शनिक बन्नु झैँ लाग्थ्यो, बर्षौँसम्म दाह्री, कपाल जिङ्रिङ्ग पारिदिन्थेँ । राम्रा गायकको गीत सुन्थेँ र रातभर रियाज गरिबस्थेँ । फिल्म हेर्थेँ र कलाकार बन्ने दौडमा एक्टीङ क्लासको खोजीमा दौडन्थेँ । जब मानिस कुनै सपनाबाट भत्कन्छ, उ टुक्रा–टुक्रामा विभाजित हुन्छ । उ सम्भावनाविहिन उजाड मात्र देख्छ संसार । उसको लागि जीन्दगी कुनै वियोगग्रस्त मरभूमी हो ।


जीवन वर्तमानका रसिला मोहहरुमा रल्लिएर बित्न थाल्यो । अध्ययनको सिङ्गै अध्यायनै छुट्यो । कलेज नजानको लागि मेरो अगाडि घघडान इन्सिपरेसन थियो, स्टिब जब्स र बिल गेट्स । उद्देलित जीवनको क्षतीपुर्तिका लागि कोठाका भित्ताभरी गजधुम्म भएर बसेका थिए कार्लमाक्र्स । जीवन त्यसैगरी बित्यो ।


तपाइँ अहिले हल्का लिइरहनुभएको छ, मलाई थाहा छ । मलाई त्यतिबेला समयले अप्रत्याशित योरकर फ्याँक्यो, सुरक्षाकवचको निम्ति जीवनको ब्याटले हेलिकप्टर सर्ट मार्न खोजेको थिएँ, सपनाको स्टम नमज्जासँग ढल्यो । छाडिदिउँ यो कुरा, म चुरो कुरामा जाँदैछु ।


मानिस बेमज्जाले लड्छ । अझ जुन कुराप्रतिको होसियारी मनमा वर्ता हुन्छ, अन्ततः त्यही होसियारी अनुत्तिर्ण साबित भैदिन्छ । अझ भनौं म फेरि लडेँ ।

 

दोस्रो प्रेमको निधनपश्चातको २ वर्ष पछि फेरि म प्रेममा फसेँ । उद्धिग्न जीवनमा वसन्तका खुसीका किरणहरु जस्तो उ टुप्लुक्क आइपुगिई ! ठ्याक्कै भन्दा जीवनको प्रेम पुस्तिकामा तेस्रो प्रेमिकाको रुपमा उसको नाम लेखियो ।

 


उ निकै चञ्चल थिई, उस्तै जिद्दी पनि । उसको पनि रहर ठूलो थियो, सपनाहरु ठूला थिए, उसको जीन्दगी रहस्यात्मक थियो । उ रहस्य नै बनेर आई । जीवनमा यसरी प्रवेश गरी कि स्वयं लत बनिदिई । म अब युद्ध गर्न थालेको थिएँ । म यस समयको ट्रयाजिक फेजमा जब बच्चा थिएँ जवान बन्नको निम्ति आफैँसँग युद्ध गर्थेँ । त्यतिबेला जवान बन्ने अभिप्सामा मेरो रगरगमा युद्धको चर्को मानसिकता ब्याप्त थियो । त्यसरी नै त्यतिबेला त्यो लत छुट्ने डरमा स्वयं डर सँग युद्ध गर्न थालेँ । उसलाई नगुमाउनको लागि म सिङ्गै वियोग सँगै युद्ध गर्न थालेँ । यो युद्ध कुनै भुगोल, राष्ट्रियता, जात–सम्प्रदाय केहीको लागि थिएन, यो युद्ध नितान्त ब्यक्तिगत थियो । जब मानिसभित्र “वनरसिप” को भावना फुर्कन थाल्छ उसले हरेक कुराको स्वामित्व खोज्न थाल्छ । कुनै वेला बच्चा रहँदा म जवानीको स्वामित्व प्राप्त गर्न चाहान्थेँ । जसको जवानीको तेस्रो प्रेमको दौरानमा थिएँ, उसको जीवनको स्वामित्व मैले प्राप्त गर्न खोजेँ । म स्वामित्वको लागि बौलाउन थालेँ । मेरो बुझाईको माक्र्सवाद क्रमश विचलित भइरह्यो तर म त्यसैको जगमा उभिएको नाटक गरिरहन्थेँ ।

 


उ मेरो अजीवको लत थिई । प्रेम अन्जानमै लत बनिदिदिएको थियो । औपचारिक प्रेमका जोडिएको केही हप्तामै उसले भेट्न बोलाई । त्यो पनि दरवारमार्गको महङ्गो रेस्टुराँमा । रित्तिएको खल्तिको आवाज कस्तो हुन्छ, मैले त्यस दिन सुनेँ । दरवारमार्गका महङ्गा रेस्टुराँभित्र छिर्ने रहरले मलाई भित्रभित्रै कुत्कुताइरहेको हुन्थ्यो, तर गर्लफेन्डसँगको पहिलो भेट यती भुक्का भएर रेष्टुराँभित्र छिर्नु कती ताज्जुब लाग्दो कुरा हो ।


(तपाईँ जिब्रो टोकिरहनुभएको होला ।¬¬) त्यति असमञ्जस्यता मलाई कहिल्यै भएको थिएन । आखिरमा बिल उसैले तिरी, अर्कोपटक मैले तिर्ने सर्तमा । त्यसपछिका दिनहरुमा उसले बारम्बार उसले रेष्टुराँभित्र डेटको अफर गरिरही, म भागिरहेँ । उसको रोजाई महङ्गा रेष्टुँरा र महङ्गा स्थानहरुमा मात्र पुग्न थाल्यो । उसका प्रत्येक रोजाई मेरो जीवनको लागि तगारो बन्न थाल्यो ।

 

त्यसपछि मलाई उसका प्रस्ताबहरु विकृत पुँजिबादी मनोविज्ञान जस्तो लाग्न थाल्यो । ति रेष्टुँराहरु दलाल पुँजीपतिहरुको वैभवको कारखाना जस्तो लाग्न थाल्यो । मलाई अवस्थाले त्यो सिङ्गो दरबारमार्ग नै युद्धपछिको जीर्ण भौतिक संरचना जस्तो प्रतित हुन थाल्यो ।


पहिला जसरी उसँगको वियोगको डरले आफैँसँग युद्ध गरिरहेको हुन्थेँ । पछि म मिलनको डरले युद्ध गर्न थालेँ । मेरो मष्तिष्कमा उ स्वयं बजारीय उपभोक्तावादी झैँ प्रस्तुत हुन्थी । जब म उसलाई सोही स्थानहरुमा पु¥याउन नसक्ने निष्कर्षमा पुगेँ । त्यसपछिका ति दिनहरुमा मैले स्वयं उसका रहरहरुमा पनि वर्ग देख्न थालेँ । (तर मनभित्र भने सम्भ्रान्तबर्गीय स्त्रीहरुसँग प्रेम गर्ने अभिप्सा उस्तै थियो ।) मेरो निम्ति बाधक आर्थिक हैसियत त बनेको थियो । तपाइँ सोच्नोस् एकछिन एक बेरोजगार युवा कतिञ्जेल महङ्गो जीवनशैली थेग्न सक्छ ? म पुन हारेँ, बस् त्यस परिस्थितिले मेरो मुटु निचोर्यो मैले उसलाई छाडिदिएँ ।


यो ब्रेक अप पनि २०६९ सालको भ्यालेनटाइन डे भन्दा मात्र ३ तिन दिन अघि भएको थियो सायद । हरेक भ्यालेन्टाइन डे यति कुरुप, यति उराठ हुनु कति नमिठो संयोग थियो जीन्दगीको । तपार्इँ सम्झनोस्, कस्तो महसुस हुन्छ भ्यालेनटाइन डे भन्दा केही दिन मात्र अघि बिछोडिँदा ?


म झन्–झन् क्रुर माक्र्सवादीको रुपमा देखिन थालेँ । माक्र्सवादै नबुझी आफ्नो अस्तित्वको डिफेन्सको निम्ति माक्र्सवादी हुनु कति ब्यर्थको कुरा थियो ? तर म बनिरहेँ । उसलाई बिर्साउने बाटो आखिर त्यही थियो, म त्यसैको आडमा हिँडिरहेँ । आज पनि म यस तथाकथित फिक्सन लेख्न बसिरहँदा तेस्रो प्रेमको ब्रेकअपको तीन वर्ष पुगेको छ । र मेरो तत्कालिन ‘आइडोलोजी’को लहडको मुुकुुन्डो कतै खसिसकेको छ ।


अँ ! छाडिदिनोस्, म उसलाई अब त्यस्तो कुुनै बाहानामा सम्झन चाहन्न । म त्यस उमेर÷अस्तित्वलाई बिर्सन चाहान्छुु तत्काल । सायद यो “टाइम स्पेस” मा कहीँ–कतै छैन त्योे अराजक प्रेमी र अराजक प्रेम । अब म थाकिसकेको छुु ।


Loading...

Your Comment


भिडियो


Related Post

hamropatro

नेपाल

प्रधानमन्त्री चीन जानुअघि आएका चिनीयाँ रक्षामन्त्रीले के कुरा गरे दाहालसँग ?

प्रधानमन्त्री चीन जानुअघि आएका चिनीयाँ रक्षामन्त्रीले के कुरा गरे दाहालसँग ?

काठमाडौंं, चैत्र १० । प्रधानमन्त्री र चीनका रक्षामन्त्री जनरल चाङ वानक्वानबीच भेट भएको छ ।

 

नेपालको तीन दिने भ्रमणमा आएका चिनीयाँ रक्षामन्त्रीसँग बिहिबार दिउसो प्रधानमन्त्री निवास बालुवाटारमा शिष्टाचार भेट भएको हो । भेटका अवसरमा प्रधानमन्त्रीले नेपाल र चीनबीच लामो समयदेखि गहिरो आत्मीय सम्बन्ध रहँदै आएको बताउँदै यसखालका उच्चस्तरीय भ्रमणले सम्बन्ध अझ माथि उठाउने बताएका थिए ।

जीवनशैली

विवाह गर्न यस्ता ट्रेनिङ लिन्छन् जापानका युवाहरु

विवाह गर्न यस्ता ट्रेनिङ लिन्छन् जापानका युवाहरु

विवाह गर्नु एउटा ठुलो निर्णय लिनु हो । तर, कुनै ठाउँमा भने यो ठुलो मुस्किल समेत बन्ने गरेको छ । जापानका अविवाहित युवाहरु विवाह विवाहको लायक बन्न केही विशेष कुराहरु सिक्ने गर्छन् । जापानमा यो अचम्म लाग्दो परम्परालाई ‘इकुमेन’ भनिन्छ ।

विचित्र विश्व

तापक्रम वृद्धिको असरले होचो हुनेछन् मानिसहरु !

तापक्रम वृद्धिको असरले होचो हुनेछन् मानिसहरु !

ग्लोबल वार्मिङको कारणले वातावरणमा पर्ने धेरै नकरात्मक असरहरुको बारेमा हामीले सुनेका छौं तर, यससँग सम्बन्धित एउटा नयाँ तथ्य अगाडी आएको छ ।