Techie IT
२०८१ वैशाख १३, बिहीबार
NepaliPatra logo
गृहपृष्ठअर्थनीति तथा कार्यक्रम राष्ट्रियसभाबाट बहुमतले पारित

नीति तथा कार्यक्रम राष्ट्रियसभाबाट बहुमतले पारित


काठमाडौँ। आगामी वर्षका लागि सरकारले ल्याएको नीति तथा कार्यक्रम राष्ट्रियसभाबाट बहुमतले पारित भएको छ। सरकारले संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममाथि मंगलबार राष्ट्रियसभामा सांसदहरुले उठाएका प्रश्नहरुको प्रधानमन्त्री पुष्पकमल दाहालले जवाफ दिएका छन्।

आइतबारदेखि सुरु भएको छलफलमा मंगलबार सांसदहरूले नीति तथा कार्यक्रममाथि आफ्ना धारणा राखेका थिए। जेठ ५ गते राष्ट्रपति रामचन्द्र पौडेलले संसद्‌को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको नीति तथा कार्यक्रम राष्ट्रियसभाबाट बहुमतले पारित भएको हो।

‘सम्माननीय राष्ट्रपतिबाट २०८० जेठ ५ गते शुक्रबारका दिन संघीय संसद्‌को दुवै सदनको संयुक्त बैठकमा गर्नुभएको सम्बोधनमा उल्लिखित आर्थिक वर्ष २०८०/८१ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गर्दछु,’ राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाले संसद्‌मा भने, ‘यो प्रस्तावको पक्षमा हुने सदस्यहरुले हुन्छ भन्नुहोला, विपक्षमा रहेका सदस्यहरुले हुन्न भन्नुहोला।’ यसरी राष्ट्रियसभामा अध्यक्ष तिमिल्सिनाले राष्ट्रियसभामा सरकारको नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गरेका थिए।

‘हुन्छ भन्ने माननीय सदस्यहरुको बहुमत भएकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गर्दछु।’

 




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

शेयर बजारमा २ अर्ब ५३ करोड रुपैयाँको कारोबार

काठमाडौँ । शेयर बजार परिसूचक नेप्से आज शून्य दशमलव १५ अङ्कले बढेर १ हजार ९६९ दशमलव १७ विन्दुमा पुगेको छ

नौ लाख घरधुरीमा जोडियो वर्ल्डलिंकको इन्टरनेट

काठमाडौँ । देशको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसनको इन्टरनेट जडान भएका घरपरिवारको सङ्ख्या नौ लाख नाघेको छ ।

सुनको भाउ तोलामा ५०० रुपैयाँले बढ्यो

काठमाडौँ । आज बुधबार सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला १

सुनको भाउ तोलामा २७ सयले घट्यो

काठमाडौँ । आज मंगलबार सुनको भाउ प्रतितोला २ हजार ७०० रुपैयाँ घटेको छ । अघिल्लो दिन पनि प्रतितोला ११ सय

मनाङमा एक वर्षमा २१ हजार पर्यटक भित्रिए

काठमाडौँ । हिमाली जिल्ला मनाङ आउने पर्यटक बढ्दै गएका छन् । विश्वकै १०औँ स्थानमा पर्ने जोखिमयुक्त पदमार्ग र मनास्लु पदयात्राको

शेयर बजार दोहोरो अङ्कले घट्यो

काठमाडौँ । आज सोमवार शेयर बजार दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १५ दशमलव ४१ अङ्कले

Techie IT