अनौठो शिशु, जसलाई २५ वर्ष फ्रिजमा राखेर जन्माइयो

एजेन्सी । मानव शरिरमा भ्रुण सामान्यतः ९ महिनापछि बच्चाको रुपमा जन्म लिन्छ । तर अत्याधुनिक प्रविधिको सहायतामा वर्षौँसम्म ‘फ्रिज’ गरिराखेको भ्रुणलाई पनि शिशुको रुपमा जन्माउन सकिँदो रहेछ ।

 

अमेरिकाको एक विश्वविद्यालयमा गरिएको यस्तो प्रयोगले विश्व इतिहासमै एउटा रेकर्ड राखेको छ । सन् १९९२ अक्टोबरमा अर्थात् २५ वर्षअघि विकसित भ्रुणलाई शिशुको रुपमा जन्माइएको छ । डेढ महिनाअघि जन्म भएको शिशुको नाम एम्मा ह्रेन गिब्सन राखिएको छ ।

 

टेनेसी विश्वविद्यालयका अनुसन्धानकर्ताहरुको प्रयासमा यस्तो सम्भव भएको बताइएको छ । उनीहरुका अनुसार इतिहासमै सबभन्दा लामो समय फ्रिजमा राखिएको भ्रुण हो यो ।

 

२५ वर्षदेखि फ्रिज गरिएको भ्रुण (अहिलेकी एम्मा) लाई १ वर्षअघि मात्रै टिना गिब्सनको गर्भमा राखिएको थियो । टिनाले एम्मालाई जन्माएपछि खुसी हुँदै आफूलाई धन्य महसुश गरेकी छन् ।

 

२५ वर्षदेखि प्रयोगशालामा राखिएको उक्त भ्रुणलाई कसैले पनि नअपनाएको अवस्थामा टिनाले आफ्नो छोरीको रुपमा जन्माउन चाहेपछि अन्ततः एम्माकी आमा टिना बनेकी हुन् ।

 

यति लामो समयसम्म फ्रिजमा राखेर पनि जन्माइएकी एम्मा स्वस्थ भएको चिकित्सकहरुले बतौका छन् । डेढ महिने एम्माको शरिरको तौल २ किलो ९ सय ग्राम छ भने २० इन्च उचाइ छ ।

 

यसरी बच्चा जन्माउने विधिलाई ‘आईभिएफ’ विधि भनिन्छ । पछिल्लो समय यस्ता प्रयोग धेरै भए पनि यति लामो समयसम्म फ्रिज गरिएको भ्रुणलाई भने जन्माइएको पहिलो घटना हो ।

 

थुप्रै आलोचनाका बीच यस्ता प्रयोग हुँदैआएका छन् । सबैभन्दा पहिलो पटक सन् १९७८ मा सफलतापूर्वक रुपमा लुईस ब्राउन नामका शिशुलाई यही विधिबाट जन्माइएपछि ‘आईभिएफ’ विधिको प्रयोग बढेको हो ।

 



Your Comment

थप समाचार

अलकायदाको कब्जामा रहेकाे हवाई अखडा सिरियाली सेनाले लिए नियन्त्रणमा

  • 8 minutes ago
अलकायदाको कब्जामा रहेकाे हवाई अखडा सिरियाली सेनाले लिए नियन्त्रणमा

सिरिया, माघ ७ । सिरियाली सरकारी सेनाले रणनीतिक महत्वको इदलिबस्थित अबु अल–दुहुर हवाई अखडालाई शनिबार पूर्ण नियन्त्रणमा लिएको सिरियाको सैन्य स्रोतले जनाएको छ । 

काबुलको पाँचतारे होटलमा आक्रमण हुँदा ६ जनाको मृत्यु, एक सयकाे उद्धार

  • 16 minutes ago
काबुलको पाँचतारे होटलमा आक्रमण हुँदा ६ जनाको मृत्यु, एक सयकाे उद्धार

काबुल, माघ ७ । अफगानिस्तानको राजधानी काबुलमा रहेको एक पाँचतारे होटलमा तालिबानीहरुले आत्मघाती आक्रमण गर्दा कम्तीमा ६ जनाको ज्यान गएको छ ।

मनै झस्काउने माओवादी जनयुद्धका दुर्लभ तस्वीरहरु (फोटो फिचर)

  • 1 hour ago
 मनै झस्काउने माओवादी जनयुद्धका दुर्लभ तस्वीरहरु (फोटो फिचर)

काठमाण्डौ, माघ ७ । नयाँ जनवादी राज्यसत्ताको स्थापना गर्ने जनयुद्धमा होमीएको माओवादीले बिद्रोह गरेको थियो । तत्कालिन प्रधानमन्त्रि शेरबहादुर देउवाले माओवादीका माग सम्बोध


Loading...

भिडियो

hamropatro

नेपाल

गोरखाको पस्लाङ चौतारामा द्रव्य शाहको शालिक स्थापना

गोरखाको पस्लाङ चौतारामा द्रव्य शाहको शालिक स्थापना

गोरखा, माघ ७ । गोरखा राज्य आक्रमण पछि राज्याभिषेक गरिएको पश्लाङ चौतारोमा तत्कालिन राजा द्रव्य शाहको शालिक निर्माण गरिएको छ ।

जीवनशैली

पिसाब 'इन्फेक्सन' छ ? लौकाको जुस खानुहाेस्

पिसाब 'इन्फेक्सन' छ ? लौकाको जुस खानुहाेस्

एजेन्सी । मानिसहरु बिहानै उठ्नेबितिकै चिया वा कफी पिउने गर्दछन् । यो पहिलेदेखीनै चल्दै आएको चलन हो ।

विचित्र विश्व

यो देश, जहाँ एउटीमात्र विवाह गरे जन्मकैदको सजाय हुन्छ !

यो देश, जहाँ एउटीमात्र विवाह गरे जन्मकैदको सजाय हुन्छ !

विश्वभर केही यस्ता देशहरु रहेका छन् जहाँ अजब गजब नियम कानुनहरु रहेका छन् । नेपालमा एकभन्दा बढी विवाहलाइै गैरकानुनी मानिन्छ । नेपालमा कानुनको पालना गर्दै मानिसहरु एउटा विवाह गर्नेछन् ।