अनन्त अम्बानीले १०८ किलो वजन घटाउन के के गरे त ?

१०८ किलो शरिरको वजन घटाउन सम्भब होला त ? सुन्दा पनि अचम्म लाग्न सक्ला । यदि मानिसमा दृढ इच्छाशक्ति भएमा सकिन्छ भनेर नै प्रमाणित गरिदिएका छन् एक २१ वर्षिय युवाले । डेढ वर्षभित्र १०८ किलो शरिरको तौल घटाएरे चौतर्फी चर्चाको पात्र बनेका छन् अनन्त अम्बानी ।


भारतका नामी उद्योगपति मुकेश अम्बानी र नीता अम्बानीकी कान्छा छोरा अनन्त अम्बानीको यस्तै एक तस्बिर सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । कांग्रेसका नेता राजिब शुक्लाले अनन्त अम्बानीसँगको तस्बिर शेयर गरेका छन् ।


अन्नत अम्बानीको २१ औ जन्मदिनमा शुक्लाले उनीसँग तस्बिर लिएका थिए । १८ महिनाभित्र १०८ किलो वजन घटाउनु कुनै चानेचुने कुरा होइन । त्यो पनि विना अप्रेशन । उनले डेढ वर्ष अघि आफ्नो वजन जसरी भएपनि घटाउने भनी कसम खाएका थिए ।


उनले अप्रेशनभन्दा पनि प्राकृतिक रुपमा मोटोपन घटाउने बाटो रोजे । उनले प्राकृतिक रुपमा तौल घटाउन सबै प्राकृतिक नियमको पालना गरे । उनी दैनिक २१ किलोमिटर हिड्ने गर्थे ।


दैनिक ५ देखि ६ धण्टा कसरत गरेका उनले योगा र ट्रेनिङमा पनि ध्यान दिए । उनले कडा कार्डियो कसरत गर्दै सुन्य सुगर र कम कार्बोहाइड्रेड भएको खाना खाएका थिए । उनले खानामा फ्याट र प्रोटिनलाई मूख्य ध्यान दिएका थिए । उनले आफ्नो वजन घट्दै  गएपछि आमा नीता अम्बानी धेरै खुसी भएको बताएकी छिन् ।


हाल लिएको फोटो र करिब दुई वर्ष अघि आइपिएलमा लिएको फोटोमा अनन्तको वजनमा आकाश जमिनको फरक देखिन्थ्यो ।


अनन्तको हाल चौतर्फी तारिफ गरिएको छ । उनले आफ्नो वजन घटाउन देखाएको दृण इच्छाशक्तिका कारण धेरै मोटा मानिसहरुको आइडियल बनेका छन् ।



Your Comment

थप समाचार

मोर्गेजसहित विभिन्न वित्तीय विषयमा लन्डनमा निशुल्क परामर्श दिंदै ए स्टार

  • 3 minutes ago
मोर्गेजसहित विभिन्न वित्तीय विषयमा लन्डनमा निशुल्क परामर्श दिंदै ए स्टार

यहि २५ नोभेम्बरका दिन हेज एण्ड हार्लिङटन कम्युनिटी सेन्टर, अलबर्ट रोडमा मोर्गेज, कर, कानुन, वील्स, स्टेट प्लानिङ आदि विषयमा विषयगत बिज्ञहरुद्धारा निशुल्क सचेतना तथा परामर्श कार्यक्रम गर्न लागिएको हो ।

जनवादी गायक खुसीराम पाख्रिनकाे निधन

  • 4 hours ago
जनवादी गायक खुसीराम पाख्रिनकाे निधन

चितवन, मंसिर ५ । जनगायक तथा पूर्व सांसद खुसीराम पाख्रिनकाे निधन भएकाे छ । वाम गठबन्धनको चितवनमा मंगलबार भएको कार्यक्रममा प्रकाश दाहालको श्रद्धान्जली सभामा गीत गाउँदा–गाउँदै उनी ढलेका&n

नेकपा विप्लव समूहका तीन कार्यकर्ता पक्राउ परे

  • 4 hours ago
नेकपा विप्लव समूहका तीन कार्यकर्ता पक्राउ परे

काभ्रे, मंसिर ५ । नेकपा विप्लव समूहका कार्यकर्ताहरु चुनाव विरोधी गतिविधिमा संलग्न भइरहँदा काभ्रेस्थित यसका तीन जना कार्यकर्ताहरुलाई प्रहरीले पक्रा


Loading...

भिडियो

hamropatro

नेपाल

नेकपा विप्लव समूहका तीन कार्यकर्ता पक्राउ परे

नेकपा विप्लव समूहका तीन कार्यकर्ता पक्राउ परे

काभ्रे, मंसिर ५ । नेकपा विप्लव समूहका कार्यकर्ताहरु चुनाव विरोधी गतिविधिमा संलग्न भइरहँदा काभ्रेस्थित यसका तीन जना कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

जीवनशैली

तपाईको निधारका यी ७ रेखा, जसले बताउँछ तपाईकाे भविष्य

तपाईको निधारका यी ७ रेखा, जसले बताउँछ तपाईकाे भविष्य

एजेन्सी । समुद्र शास्त्रको अनुसार तपाईको निधारका ७ रेखाले तपाईको भविष्य बताउने विश्वास गरिन्छ । शास्त्रको अनुसार शारीरिक अंगको आधारमा मानिसको व्यक्तित्व र सोचको जानकारी पत्ता लगाउन सकिन्छ ।