अमेरिकाले उत्तर कोरियामा पहिला आक्रमण त गरोस् अनि चीनले...

एजेन्सी । अमेरिका र उत्तर कोरिया युद्धको संघारमा रहेका छन् । पछिल्लो मिडिया रिपोर्टका अनुसार अमेरिका र दक्षिण कोरिया मिलेर उत्तर कोरियामा आक्रमण गर्ने योजना बनाइरहेका छन् ।

 

तर, उत्तर कोरियाले पनि अमेरिका अधिन क्षेत्र ग्वाममा यसै साता आक्रमण गर्ने बताएको मिडिया रिपोर्टमा उल्लेख छ । यसैबीच चीनले आफ्नो जबाफ अमेरिकालाई दिएको छ । चीनले अमेरिकालाई चेतावनी दिदै भनेको छ,‘यदी उत्तर कोरियाले अमेरिकामाथि पहिलो आक्रमण गरेमामात्र चीन तटस्थ बस्नेछ ।’


चीनबाट प्रकाशित ग्लोबल टाइम्सको सम्पादकियमा भनिएको छ,‘यदी अमेरिकाले उत्तर कोरिया विरुद्ध आक्रमण गरेमा चीनले युद्ध रोक्ने उदेश्यले किमको पक्ष लिनेछ ।’


तर, अमेरिकी भुमिमा उत्तर कोरियाले सुरुवाती आक्रमण गरेको खण्डमा चीन तटस्थ बस्नेछ ।


उत्तर कोरिया र अमेरिकाबीच तनाव बढिरहेको बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भनेका छन्,‘मेरो आगो र रिस किमलाई त्यति कडा कठिन भएको छैन ।’


आणविक हतियारको युद्धको चर्चा चलिरहँदा चीनले आफु कुन पक्षमा हुने प्रष्ट बताएको छ ।


द ग्लोबल टाइम्सले भनेको छ,‘चीनले प्रष्ट रुपमा सबैलाई जानकारी गराउँछ कि उत्तर कोरियाले अमेरिकाको भुमिमा मिसाइल हानेमा र अमेरिकाले प्रतिक्रिया दिएमा चीन तटस्थ रहनेछ ।’


‘यदी अमेरिका र दक्षिण कोरियाले आक्रमण गरेमा, उत्तर कोरियाको शासन सत्ता फाल्न खोजेमा वा कोरियन पेनिनसुलाको राजनीतिक चरित्र परिवर्तन गर्न अवस्था आएमा चीनले यस समस्याको समाधानका लागि उनीहरुलाई रोक्नेछ ।’ ग्लोबल टाइम्सले भनेको छ,


‘चीनले कोरियन पेनिनसुलामा दुवै आणविक प्रसार र युद्ध हुन दिनेछैन । यसले कुनै पक्षलाई पनि सैन्य कारबाहीका लागि उक्साउने छैन । चीनलाई असर पार्ने वा यसको कुनै पनि सम्बन्धित क्षेत्रमा अधिकार पर्ने मामिलामा चीन चुप रहने छैन ।’


लामो समयदेखि चीन उत्तर कोरियाको मिल्ने छिमेकी देश हो भने प्रत्येक वर्ष अर्वौको ट्रेडिङ पार्टनर पनि हो । संयुक्त राष्ट्रसंघले नाकाबन्दी लगाएपछि यो सम्बन्ध झन् अति महत्वपुर्ण भएको समेत मानिन्छ ।


चीनले अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाका शासक किमलाई धेरै पटक फोन गरी शान्त रहन आग्रह गरेको मिडिया रिपोर्टमा उल्लेख छ ।


प्योङयाङले भने यसै साता अमेरिकी क्षेत्र ग्वाममा आक्रमण गर्ने बताइसकेको छ ।



Your Comment

थप समाचार

एनआरएन यूकेको सल्लाहकार परिषद बैठकमा आए यस्ता 'सल्लाह र सुझाव'

  • 2 hours ago
एनआरएन यूकेको सल्लाहकार परिषद बैठकमा आए यस्ता 'सल्लाह र सुझाव'

लण्डन । गैरआवासीय नेपाली संघ एनआरएन यूकेको सल्लाहकार परिषदको बैठक आइतबार फार्नबरोस्थित भिलेज होटेलमा सम्पन्न भएको छ । झण्डै दुई सय सल्लाहकार सहभागी बैठकमा विभिन्न सल्लाह तथा सुझावहरु संकलन गरिएको छ ।

ईनास युरोपस्तरीय नृत्य तथा गायन प्रतियोगिताका लागि बेलायतबाट छानिए ६ प्रतियोगी

  • 5 hours ago
ईनास युरोपस्तरीय नृत्य तथा गायन प्रतियोगिताका लागि बेलायतबाट छानिए ६ प्रतियोगी

शनिबार प्लमस्टिडमा सम्पन्न अडिसनबाट गायन तथा नृत्य दुवै विधामा ३ / ३ जना प्रतियोगी छनौट भएका छन् ।

नाइटोले खाेल्छ महिलाको यस्ताे राज

  • 11 hours ago
नाइटोले खाेल्छ महिलाको यस्ताे राज

एजेन्सी । महिलाको सुन्दरतामा मात्र होइन समुन्द्र शास्त्रमा पनि निक्कै महत्व छ नाइटो अर्थात नाभीको ।


Loading...

भिडियो

hamropatro

विचित्र विश्व

जब यी अमेरिकन राष्ट्रपतिहरु यस्ता विवादहरुमा फसेँ

जब यी अमेरिकन राष्ट्रपतिहरु यस्ता विवादहरुमा फसेँ

एजेन्सी । अमेरिकी राष्ट्रपतिहरु कतिपय राजनैतिक चर्चाभन्दा पनि सेक्स स्क्याण्डलका कारण चर्चामा आए । उनीहरुको यही चर्चाले कतिपय राष्ट्रपतिहरु आलोचित छन् । सेक्स स्क्याण्डलको रहस्य खुलेपछि