जमिनको नूनःखानीवालाहरुलाई कामको मारामार

ह्याम्प्टन कोर्नर्स, ६ फागुन । सडकमा छर्ने नून (रोड सल्ट) उत्पादन गर्ने संयुक्त राज्य अमेरिकाको एउटा ठूलो कम्पनीका कामदार खानीको सुरुङ्गभित्र धमाधम काम गर्दै अमेरिकाका बढी से बढी सडक अझै हिउँले ढाकून भनी परमेश्वरसँग पुकारा पनि गरिरहेका छन् ।

 

कारण जति बढी हिउँ प¥यो त्यत्ति नै बढी रोड सल्टको माग आउँछ र मारामार काम गरे बापत आफ्नो खल्ती पनि टनाटन नगदले भरिन्छ ।

 

बाक्लो हिउँ परेपछि सडक यातायात अवरुद्ध हुने र यस्तो अवस्थामा हिउँले ढाकेको ठाउँभरी रोड सल्ट छर्नु नै तत्काल हिउँ पगाली यातायात खुलाउने सजिलो र कम खर्चिलो उपाय हो ।

 

यसैले गर्दा हिउँ पर्नासाथ स्थानीय नगरपालिकाले नून आपूर्ति गर्न खानीवालालाई ठूलो परिमाणमा अर्डर गर्छन् । अनि सुरु हुन्छ खानीका मजदूरहरुको हर्ष र फूर्ति ।

 

न्युयोर्क राज्यको माथिल्लो खण्डमा अवस्थित अमेरिकन रक सल्ट कम्पनीको जगजगी यस वर्ष निकै माथि उठ्यो ।

 

यस कम्पनीले, परापूर्व कालमा समुद्र रहेको तर अन्दाजी चालीस करोड वर्ष अघि सो समुद्र सुकेर लवण मरुभूमिमा परिणत भएको क्षेत्रमा सरकारी स्वीकृति प्राप्त गरी नून उत्खनन् तथा उत्पादन उद्योग सञ्चालन गर्दै आएको छ ।

 

नून उत्खनन् गर्दा हिजोआज यो क्षेत्र यति गहिरो भएर गएको छ कि हाल यसको गहिराई इम्पायर स्टेट बिल्डिङ्को उचाई बराबर छ ।

 

यस खानीको वार्षिक औसत ४३ लाख टनसम्म नून प्रसोधन र उत्पादन गर्ने क्षमता रहेकामा गत बर्ष त्यत्तिबिध्न हिउँ नपरेकाले कम परिमाणमा मात्र उत्पादन ग¥्यो । तर, यस वर्ष यस कम्पनीलाई कामको मारामार चाप परेको छ ।

 

अमेरिकाको कतिपय ठाउँमा अझै हिउँ पग्लि नसकेकाले नूनको बढ्दो माग निरन्तर चलिरहेको छ र यहाँ कामगर्ने मजदूर पनि दङ्गदास छन् । तीनसय पचास जना मजदूर कार्यरत यस कम्पनीमा काममा व्यस्त रहनुपर्ने एउटा हिउँद ऋतुभरी प्रति ब्यक्ति औसत कमाइ पनि असी हजार अमेरिकी डलरभन्दा बढी नै रहने गरेको बताइन्छ । रासस/एपी



Your Comment

थप समाचार

दुई कोरियाका नेताका लागि हटलाइन सेवा सुरु

  • 38 minutes ago
दुई कोरियाका नेताका लागि हटलाइन सेवा सुरु

सोल । दक्षिण कोरिया र उत्तर कोरियाका नेताका लागि शुक्रबार हटलाइन सेवा सुरु गरिएको छ । 

अाेली र प्रचण्डबीच दाेस्राे दिनकाे छलफल सकियाे, भाेली पनि भेटघाट हुने

  • 44 minutes ago
अाेली र प्रचण्डबीच दाेस्राे दिनकाे छलफल सकियाे, भाेली पनि भेटघाट हुने

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच पार्टी एकताको विषय टुंग्याउने विषयमा शुक्रबार पनि छलफल भएको

२२ वर्षको आर्सनल बसाईंपछि आर्सिनी वेङ्गरले यसै सिजनको अन्त्यमा क्लब छोड्ने

  • 2 hours ago
२२ वर्षको आर्सनल बसाईंपछि आर्सिनी वेङ्गरले यसै सिजनको अन्त्यमा क्लब छोड्ने

एजेन्सी । अन्ततः आर्सिनी वेङ्गरको २२ वर्ष लामो आर्सनल बसाई यसै सिजनबाट अन्त्य हुने भएको छ । सन् १९९६ देखि निरन्तर रुपमा आर्सनलको प्रशिक्षकको भूमिका निर्वाह गर्दै आएका वेङ्गर आर्सनलको व्यस्थापक भएपछि १


Loading...
The British College

भिडियो

hamropatro

जीवनशैली

अम्बानीकी छोरी : यति सानै उमेरमा ४ करोड भन्दा बढी कमाउँछिन्

अम्बानीकी छोरी : यति सानै उमेरमा ४ करोड भन्दा बढी कमाउँछिन्

एजेन्सी । रिलायन्स र जियोको बोर्ड मिटिङमा आफ्नो दमदार प्रस्तुती दिएकी एसियाकै धनि मुकेश अम्बानीकी छोरी ईशा अम्बानी छिट्टै बलिउडमा देखिने भएकी छिन् । उनी फिल्म प्रोड्युसरको रुपमा बलिउडमा प्रवेश गर्न लागेकी हुन् ।

विचित्र विश्व

२७ वर्ष काटेपछि बुढीकन्ये !

२७ वर्ष काटेपछि बुढीकन्ये !

एजेन्सी । २७ वर्षभन्दा उमेर कटेका युवतीलाई चिनीयाँ समाजमा ‘बुढी कन्या’ भनेर हैरान पार्छ । समयमै विवाह गर्नुपर्ने राय बाड्ने यहाँको समाज उमेर उकालो लाग्ने बित्तिकै छानेर छाडिएकी वा कुनै गम्भिर समस्या भएकी भन्नेसम्म शंका गर्छ ।